Live
| मंगलबार, जेठ २६, २०८३
EN
arya newro
BiraKhabar
खेलकुद

बिराटनगरमा पहिलो रात्रिकालिन बिराट–गोल्डकप

2018 Mar 19 3:09 PM 40

विज्ञापन

Birat Cancer Hospital
बिराटनगरमा पहिलो रात्रिकालिन बिराट–गोल्डकप
ध्रुब कट्वाल विराटनगर । मोफसलमै पहिलो पटक विराट गोल्डकप फुटबल प्रतियोगिता दिवा र रात्रिकालीन (डे–नाईट) समयमा आयोजना गर्नका लागि तयारी थालिएको आयोजकले जनाएको छ । पाँचौं संस्करणको प्रतियोगिता अगामी चैत १७ देखि २६ गते सम्म हुनेछ । आयोजकले मोरगं ब्यापार संघको सभाहलमा पत्रकार सम्मेलन गर्दै मोफसलमा पहिलो पटक रात्रिकालीन फुटबल आयोजना गर्न लागिएको जनाएको छ । यस अघि दिवाकालीन समयमा मात्रै प्रतियोगिता हुँदै आएको थियो । गोल्डकप आयोजक समितिका अध्यक्ष नविन रिजालले रात्रिकालीन समयमा फ्लडलाइट म्याच खेलाउने जमर्को गरिएको जानकारी दिए । ‘यस पटक भिन्न तरिकाबाट रात्रिकालीन खेल खेलाउन लागिएको हो,’ उनले भने, ‘त्यसका लागि प्रतियोगिता आयोजना स्थल सहिद रंगशाला वरपर ६ वटा बत्ती जडान गर्दै पर्याप्त मात्रमा लाइटको व्यवस्था गरिने छ ।’ प्रतियोगिता उद्धघाटनका दिन ५ः३० बजेदेखि र त्यसपछि प्रत्येक दिन ६ बजेपछि खेल खेलाइने छ । दिवाकालीन समयमा मात्रै प्रतियोगिता आयोजना गर्दा दर्शकको साथ त्यति नपाइएको विगतलाई हेरेर दर्शक आकर्षित गर्न आयोजकले यस वर्ष नयाँ उपाय लगाएको हो । ‘विद्यार्थी, कर्मचारी, व्यवसायी, लगायत सबै पेशाकर्मीलाई समय व्यवस्थापन गर्न सजिलो होस र प्रतियोगिता रोमाञ्चक बनोस भनेर डे–नाइट खेल आयोजनाको जमर्को गरिएको हो,’ अध्यक्ष रिजालले भने, ‘दर्शकलाई मनोरञ्जन प्रदान गर्ने, फुटबल प्रतिको आकर्षण बढाउने, नेपाली खेलाडीलाई अन्तराष्ट्रिय स्तरमा पहिचान गराउने, स्थानीयलाई विदेशी खेलाडीसंग खेल्ने अवसर प्रदान गर्ने, खेललाई व्यवसायिक रुप प्रदान गर्ने र विराटनगरलाई अन्तराष्ट्रिय स्तरमा पहिचान गराउने प्रतियोगिताको मुख्य उदेश्य छ ।’ विभिन्न प्राविधिक कारण देखाउँदै गत वर्ष भने प्रतियोगिता हुन सकेन । यस वर्ष ‘विराटनगरको साथ, फुटबलको विकास’ भन्ने मूल नारा दिएर गोल्डकप आयोजना गर्न लागिएको छ । गोल्डकपलाई भव्य र सभ्य बनाउन भन्दै विभिन्न २६ वटा उपसमितिहरु गठन गरिएका छन् । प्रतियोगितामा नेपाल, भारत, बंगलादेश र भुटानका १० टिमको सहभागिता रहने जानकारी रिजालले दिए । भुटानको थिम्पु फुटबल क्लब र बंगलादेशको बंगलादेश स्पोर्टिङ क्लबले गोल्डकपमा भाग लिने छन् । भारतको सिक्किम युनाइटेड वा मोहमडन स्पोर्टिङ क्लब मध्ये एउटाले सहभागिता जनाउने छ । नेपालका मनाङ मस्र्याङदी क्लब, सशस्त्र प्रहरी वल, थ्री स्टार, नेपाल पुलिस क्बल, नेपाल आर्मी, रमपम झापा ११ र आयोजक रिजालको मोरङ ११ गरेर सातवटा टिमको सहभागिता रहने अध्यक्ष रिजालले बताए । २०७२ सालको प्रतियोगिताको उपाधि भने नेपाल पुलिसको जितेको थियो । यस वर्षको प्रतियोगितामा विजेताले १२ लाख ७१ हजार र उपविजेताले पाँच लाख ५१ हजार रुपैयाँ नगद राशिको पुरस्कार प्राप्त गर्ने छन् । प्रत्येक दिनको खेलमा म्यान अफ दी म्याच हुने खेलाडीलाई १० हजार रुपैयाँ नगद र शील्ड प्रदान गरिने छ । म्यान अफ दी टुर्नामेन्ट हुने खेलाडीले मोटरसाइकल पाउने छन् । अध्यक्ष रिजालका अनुसार उत्कृष्ट प्रशिक्षक, गोलरक्षक, मिड फिल्डर, डिफेन्स, फरवार्ड, टिम व्यवस्थापक एवं सर्वाधिक गोलकर्ता र टिम मध्येका उत्कृष्ट सबैलाई २५÷२५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ । सहभागी सबै टिमलाई प्रोत्साहन पुरस्कारको समेत व्यवस्था गरिएको आयोजकले जनाएको छ । प्रत्येक दिनको खेलहरु हेर्न चाहने दर्शकलाई दैनिक टिकटको अलावा एक हजार पाँच सय रुपैयाँको सिजनल टिकटको समेत व्यवस्था गरिएको जानकारी रिजालले दिए । आयोजकले प्रतियोगितामा एक करोड तीन लाख रुपैयाँ आम्दानी र एक करोड रुपैयाँ खर्च हुने अनुमान गरेको छ । धेरैले यस पटकको गोल्डकपमा नाफा त कुरै छांडौ धेरै घाटा हुने कुरा बताएका छन् तर सो घाटा भएको आयोजकले देखाउदैनन् किन भने आयोजक कमिटीले यसलाई प्रतिष्ठाको बिषय बनाएको सुत्रले बताएको छ । २०१८ सालबाट महेन्द्र गोल्डकपका नाममा संचालित यो प्रतियोगिताको नाम २०६७ सालदेखि भने परिवर्तन गरेर विराट गोल्डकप बनाइएको थियो । २०६८, ०६९, ०७१ र ०७२ सालमा भने विराट गोल्डकपका नाममा संचालन प्रतियोगिता संचालन भयो ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
6

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
7

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
8

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4
9

निर्वाचन परिणाम आउन थाले: धेरै क्षेत्रमा नयाँ दलहरूको अग्रता

Mar 6

वेब स्टोरिज

छुटाउनुभयो कि ?

छोटी भन्सार खारेजीको निर्णयविरुद्ध सिरहाको जिरोमाइलमा प्रदर्शन

छोटी भन्सार खारेजीको निर्णयविरुद्ध सिरहाको जिरोमाइलमा प्रदर्शन

भूमि मन्त्रालयको बेरुजु १३ अर्ब २४ करोड, धोबीखोला अतिक्रमणसँग जोडिएको झन्डै २ अर्ब

भूमि मन्त्रालयको बेरुजु १३ अर्ब २४ करोड, धोबीखोला अतिक्रमणसँग जोडिएको झन्डै २ अर्ब

वामपन्थी आन्दोलनलाई पुनर्जीवन दिन तत्काल गर्नुपर्ने ७ काम

वामपन्थी आन्दोलनलाई पुनर्जीवन दिन तत्काल गर्नुपर्ने ७ काम

मधेशमा नयाँ सत्ता गठबन्धनमै असमझदारी, ९ बुँदे सहमतिमा हस्ताक्षर नहुँदा सरकार विस्तार रोकियो

मधेशमा नयाँ सत्ता गठबन्धनमै असमझदारी, ९ बुँदे सहमतिमा हस्ताक्षर नहुँदा सरकार विस्तार रोकियो

बाढीले ताप्लेजुङ-पाँचथरका चार जलविद्युत् आयोजना बन्द, ५५ मेगावाट उत्पादन ठप्प

बाढीले ताप्लेजुङ-पाँचथरका चार जलविद्युत् आयोजना बन्द, ५५ मेगावाट उत्पादन ठप्प

राष्ट्रिय सभाको क्यालेन्डरबाटै गायब भयो अध्यादेशको कार्यसूची

राष्ट्रिय सभाको क्यालेन्डरबाटै गायब भयो अध्यादेशको कार्यसूची

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

एमालेले भन्यो– प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो

एमालेले भन्यो– प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो