Live
| बुधबार, भदौ २३, २०८३
EN
arya newro
BiraKhabar
खेलकुद

सूचना अधिकार क्षेत्रमा कार्यरत अभियन्ता तथा सञ्चारकर्मीलाई पुरस्कार प्रदान

2018 Mar 23 6:33 AM 63

विज्ञापन

Birat Cancer Hospital
सूचना अधिकार क्षेत्रमा कार्यरत अभियन्ता तथा सञ्चारकर्मीलाई पुरस्कार प्रदान
सूचना अधिकारको क्षेत्रमा पुरयाउनुभएको योगदानको उच्च मूल्यांकन गर्दै नेपाल पत्रकार महासंघ मोरङ शाखाले ती पुरस्कार दिने निर्णय गरेको हो ।
पुरस्कृत व्यक्ति तारानाथ दाहालले सूचनाको हकसम्बन्धी ऐन ल्याउन, आयोग बनाउन तथा यसलाई प्रचलनमा ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ । उहाले ठूला करदाताको भ्याट छलीसम्बन्धी सूचना खुलाउन सरकारलाई बाध्य पार्नुभएको लगायतका अभियानको नेतृत्व गर्नुभएको थियो । दाहाल नेपाल पत्रकार महासंघ केन्द्रीय समितिका पूर्वअध्यक्ष पनि हुनुहुन्छ ।
त्यस्तै अर्का पुरस्कृत व्यक्ति राजु श्रेष्ठले मोरङ तथा १ नम्बर प्रदेशमा रही विभिन्न कार्यालय तथा निकायमा दुई सयभन्दा बढी निवेदन दर्ता गरी सूचनाको हकको ऐन कार्यान्वयनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ ।
अधिकतम खुला र पारदर्शी बनाई विधिको शासन स्थापित गर्ने अस्त्रको रूपमा सूचनाको हक एक सशक्त माध्यम हो । विश्वका सयभन्दा बढी मुलुकले यसलाई प्रजातन्त्रको प्राणवायुको रूपमा प्रयोग गर्दै आइरहेका छन् । नेपालमा पनि नागरिकको सूचनाको हकको संरक्षण, सम्वद्र्धन र प्रचलन गर्नका लागि विभिन्न अभियन्ताले काम गर्दै आएको सन्दर्भमा त्यस्ता अभियन्ताहरूलाई थप प्रोत्साहन गर्न नेपाल पत्रकार महासंघ मोरङ शाखाले रु.७ लाखको अक्षयकोष वि सं. २०७३ सालमा खडा गरेको हो । उक्त कोष सूचनाका अधिकारकै क्षेत्रमा कार्यरत विराटनगर–११ निवासी केदार बस्नेतले  दिवगंत पत्नी षष्टिका बस्नेतको नाममा स्थापना गर्नुभएको हो । कोषले यसअघि षष्टिका बस्नेत सूचनाको अधिकार पुरस्कार–२०७३ बाट सूचना अधिकार क्षेत्रका अभियन्ता विनय कसजूलाई सम्मानित गरेको थियो ।
पुरस्कार हरेक बर्ष चैत्र १६ गते नेपाल पत्रकार महासंघको स्थापना दिवसका अवसरमा विराटनगरमा प्रदान गरिन्छ । शाखाले यसै बर्षदेखि रु.११,१११/– राशीको षष्टिका बस्नेत सूचनाको अधिकार प्रोत्साहन पुरस्कार–२०७४ को स्थापना गरेको हो । यो पुरस्कार १ नम्बर प्रदेशमा सूचना अधिकार क्षेत्रमा कार्यरत अभियन्ता/सञ्चारकर्मीलाई प्रदान गरिने नीतिअनुरुप पहिलो पटक विराटनगरका राजु श्रेष्ठलाई दिने निर्णय गरिएको हो ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2

वेब स्टोरिज

छुटाउनुभयो कि ?

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला

नाइमा मोबिलिटी एक्स्पो २०२६’- मा टाटाको नयाँ पञ्च ईभी र टियागो ईभी सार्वजनिक  नाइमा एक्स्पोमा बुकिङ गर्दा नयाँ पञ्च ईभी ३२.९९ लाखमै, साथमा ११ वर्षको विशेष वारेन्टी

नाइमा मोबिलिटी एक्स्पो २०२६’- मा टाटाको नयाँ पञ्च ईभी र टियागो ईभी सार्वजनिक नाइमा एक्स्पोमा बुकिङ गर्दा नयाँ पञ्च ईभी ३२.९९ लाखमै, साथमा ११ वर्षको विशेष वारेन्टी

मोरङ उद्योग व्यापार संघका निवर्तमान अध्यक्ष रिजालले गरे– रास्वपा सभापतिसँग भेटघाट तथा छलफल

मोरङ उद्योग व्यापार संघका निवर्तमान अध्यक्ष रिजालले गरे– रास्वपा सभापतिसँग भेटघाट तथा छलफल

बिराटनगरकये विष्णुमाया पुस्ताकालयले मनायो पुस्तकालय दिवस

बिराटनगरकये विष्णुमाया पुस्ताकालयले मनायो पुस्तकालय दिवस

सिमान्तकृत समुदायको अधिकार परिणाममुख बनाउन नारामा हैन पारामा जोड

सिमान्तकृत समुदायको अधिकार परिणाममुख बनाउन नारामा हैन पारामा जोड

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलले रसुवा लगायत बाढी पीडितलाई बिराट ग्रुपको ७२ लाख सहयोग

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलले रसुवा लगायत बाढी पीडितलाई बिराट ग्रुपको ७२ लाख सहयोग

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति