Live
| शनिबार, साउन ९, २०८३
EN
arya newro
BiraKhabar
खेलकुद

क्रिस्टियानो रोनाल्डोको एक मात्र चाहाना अब विश्वकप जित्ने

2018 Jun 10 9:42 AM 84

विज्ञापन

Birat Cancer Hospital
क्रिस्टियानो रोनाल्डोको एक मात्र चाहाना अब विश्वकप जित्ने
म्याड्रिड — स्पोर्टिङ, म्यानचेस्टर युनाईटेड र रियल म्याड्रिडसंगको करियरमा पांच पटकको च्याम्पियन्स लिग र बलोन डी’अर विजेता तथा एक पटकको युरोपियन च्याम्पियन क्रिस्टियानो रोनाल्डोको एक मात्र चाहाना अब विश्वकप जित्ने रहेको छ । ronaldo-3रोनाल्डो निरन्तर उच्च स्तरमा प्रदर्शन गर्ने खेलाडी मध्येका एक हुन् । मात्र १० बर्षको उमेरमा उनी मदेइराको सबैभन्दा ठुलो क्लब नेसिओनलसंग आबद्ध भएका थिए । उनी आफूभन्दा ठुलो उमेरका खेलाडीहरुसंग खेले पनि उनलाई उत्कृस्ट युवा खेलाडीको रुपमा हेरिएको थियो । जसको फलस्वरूप १८ बर्षको उमेरमा उनले म्यानचेस्टर युनाईटेडसंग आफ्नो सम्बन्ध जोडे । “उनी टिमको कप्तान थिए।“ नेसिओनलका पुर्व प्रशिक्षक पेड्रो तलिन्हासले गोल डट कमसंगको कुराकानीमा भने । प्रशिक्षक पेड्रोले थपे,” रोनाल्डो आफ्नो पहिलो वर्षमा जुनियर थिए तरपनि उनी आफूभन्दा उमेरमा ३-४ वर्ष ठुला खेलाडीसंग खेल्ने गर्द थिए । उनीमा धेरै क्षमता र सम्भावना देख्न सकिन्थ्यो ।“ स्पोर्टिङ क्लबमा रहंदा समेत उनि युवा खेलाडीहरु मध्येका सबैभन्दा प्रतिभाशाली खेलाडी थिए, र उनीमा केहि विशेष क्षमता देख्न सकिन्थ्यो । “त्यो समयमा ३ जना उत्कृस्ट खेलाडीहरु थिए,“ लिस्बन आउटफिटमा रहंदाका रोनाल्डोका साथी खेलाडी आन्द्रे क्रुजले बताए । इतिहास कोट्याउँदै क्रुजले थपे, “ त्यहाँ रिकार्डो क्वारेज्मा, हुगो भिअना र क्रिस्टियानो थिए। सबैजना धेरै प्रतिभाशाली थिए तर रोनाल्डोमा केहि विशेष खुबी थियो । उनी त्यो समय कहिलै गल्दैन थिए । उनीमा एक किसिमको भावुकता थियो जसले आज उनलाई च्याम्पियन बनाएको छ । उनी कहिलै चोटिल हुँदैन थिए।“ अहिले ३३ वर्षको उमेरमा पुग्दा रोनाल्डोले पाँचौं च्याम्पियन्स लिगको उपाधि जितेका छन् । सो उपाधि मध्ये अन्तिम ४ उपाधि रियलको लागि हात पारेका पोर्चुगेली स्ट्राइकरले सन् २००८ मा म्यानचेस्टर युनाईटेडमा रहंदा एक उपाधि जितेका थिए । ब्लान्कोसका पुर्व गोलरक्षक पको बुयो भन्छन्, “क्रिस्टियानो रियल म्याड्रिडका सच्चा लेजेण्ड हुन् । ” “उनी हरेक पक्षबाट एक स्टार हुन् । उनले रियल म्याड्रिडलाई सबै उपाधि जिताएका छन् र राष्ट्रिय टोलीलाई समेत युरोपियन च्याम्पियन बनाएका छन् । उनी एक अविश्वसनीय खेलाडी हुन् ।“ स्पेनमा रहने सबै युवा फ्यानहरुका लागि रोनाल्डो क्लब इतिहासमा सबैभन्दा ठुला खेलाडी हुन् । उनी टोलीका सबैभन्दा धेरै गोल गर्ने खेलाडी समेत हुन् र उनले ४५० गोल गरीसकेका छन् । सो क्रममा उनले राउल (३२३) र माहान् खेलाडी मानिने अल्फ्रेडो डी स्टेफानो (३०८) लाई पछाडी छाडेका छन् । “अल्फ्रेडो उत्कृस्ट खेलाडी थिए “, पुर्व अर्जेन्टिनी गोलरक्षक हुगो गट्टीले भने। “मेरा लागि युरोपियन फुटबलमा क्रान्ति ल्याउने खेलाडी डी स्टेफानो थिए र त्यसपछि रोनाल्डो हुन्।“ रोनाल्डो पोर्चुगलका लागि सबैभन्दा बढी गोल (८१) गर्ने खेलाडी हुन् र उनलाई देशका माहान् खेलाडीहरु युसेबियो र लुइस फिगोसंग तुलना गरिन्छ। “रोनाल्डोले युसेबियो र फिगोलाई पछाडी छाडिसकेका छन् । उनले उनीहरुलाई केही समय अघि नै पछाडी छाडेका हुन्।“ म्यानचेस्टर युनाईटेडका पुर्व खेलाडी रियो फर्डीनांडले भने । “अब विश्वकप आएको छ र ३३ बर्ष पुगेका रोनाल्डोको अन्तिम मौका हुनसक्छ । पोर्चुगलसंग राम्रो टिम छ तर रोनाल्डोलाई विश्वकप जित्न धेरै गाह्रो छ । किनकी पोर्चुगलमा रियल म्याड्रिडमा जस्तो रोनाल्डोको वरपर महान् खेलाडी छैनन्, र अर्जेन्टिनामा मेस्सीको पनि अवस्था त्यहि नै हो“ क्रुजले भने । १० मिलियन जनसंख्या रहेको पोर्चुगलले अन्य ठुला देशहरु स्पेन, अर्जेन्टिना, ब्राजिल र अन्य देशको तुलनामा राम्रो सफलता हात पारेको छ, र सन् २०१६ मा युरोपियन च्याम्पियन बन्नु पोर्चुगलको लागी ठुलो उपलब्धि थियो । “विश्वकप सबैभन्दा ठुलो सपना हो र रोनाल्डोका लागि यो सबैथोक हो तर यो एकदमै गार्हो छ । ” रोनाल्डो टोलीको महत्वपूर्ण हिस्सा बन्दा सन् २००६ को विश्वकपमा पोर्चुगल सेमिफाइनल सम्म पुगेको थियो । अहिलेसम्म विश्वकपमा पोर्चुगलले हात पारेको सबैभन्दा ठुलो उपलब्धि समेत त्यहि नै हो । रोनाल्डोले सोहि विश्वकपको ग्रुप चरणमा इरान बिरुद्ध पेनाल्टीमा गोल गर्दै विश्वकपमा आफ्नो पहिलो गोल दर्ता गराएका थिए । सो खेलमा पोर्चुगलले इरानमाथि २-० को जित हात पारेको थियो । सो खेलपछि ३ जितसहित पोर्चुगल नकआउट चरणमा प्रवेश गरेको थियो । विवादमा रहेको सो प्रतियोगितामा वाएन रुनीले रातो कार्ड पाएपछि क्रिस्टियानो रोनाल्डोलाई अंग्रेजी संचारले थप दोष लगाएको थियो । रुनीले रातो कार्डपाएपछि पोर्चुगलको बेन्च तर्फ रोनाल्डोले आँखा झिम्काएका थिए र सो कारण उनी थप विवादमा परेका थिए । “त्यो क्रिस्टियानोको लागि गाह्रो समय थियो, उनी म्यानचेस्टर फर्किनु थियो र धेरै मान्छेहरु उनको विपक्षमा थिए, ” डी फ्रेईटासले भने – “ र यसले उनको चरित्र बताउँछ किनकी उनी म्यानचेस्टर फर्किएर थप प्रख्यात भए ।” चार बर्षपछि विश्वकपमा जाँदा रोनाल्डोले अन्तिम फेब्रुअरीदेखि गोल गरेका थिएनन् । सो विश्वकपमा समेत पोर्चुगलका लागि राम्रो प्रदर्शन गर्न पनि सकेका थिएनन् । २०१४ मा ब्राजिलको विश्वकप रोनाल्डोका लागि पुन: राम्रो सावित हुन सकेन । चोटबाट मुक्त भएर विश्वकपमा पुगेका रोनाल्डोले घाना विरुद्ध समुह चरणमा गोल गरेपनि उनको टोली समुह चरणबाट माथि उठ्न सकेन । आफ्नो क्लबका लागि सबै उपाधि जितेर पोर्चुगललाई युरोपियन च्याम्पियन बनाइसकेका रोनाल्डोलाई विश्वकपमा प्रमाणित गर्ने यो सायद अन्तिम मौका हो। क्रुजले भने, “क्रिस्टियानो धेरै राम्रा खेलाडी हुन् तर पोर्चुगलको टोली जर्मनी, ब्राजिल वा स्पेन जस्तो बलियो छैन । पोर्चुगल प्रतियोगितामा आश्चर्य बन्न सक्छ र उनीहरुको भाग्य रोनाल्डोमा निहित रहने छ तर रुसबाट ट्रफी लिएर आउने टोलीमा पोर्चुगल नपर्न सक्छ।“ फर्डीनांडले भने, “रोनाल्डोले पोर्चुगललाई विश्वकप जिताउने सम्भावना धेरै न्यून छ। उनीहरुको टोली त्यति दह्रो देखिंदैन । तर रोनाल्डो गोल गर्नबाट चुक्दैनन् र पोर्चगलको टोलीमा उनी रहुन्जेल पोर्चुगल रहनेछ।“ पोर्चुगलले विश्वकपको समूह “बि” मा स्पेन, मोरोक्को र इरानको सामना गर्नेछ । तर अर्को समुहबाट उरुग्वे, फ्रान्स र ब्राजिल अर्को चरणमा आउने सम्भावना रहेकाले पोर्चुगलको यात्रा कठिन देखिन्छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?