Live
| शनिबार, साउन ९, २०८३
EN
arya newro
BiraKhabar
खेलकुद

फिफा विश्वकप सुरु हुन अब ४ दिन मात्र बाँकी

2018 Jun 10 9:46 AM 92

विज्ञापन

Birat Cancer Hospital
फिफा विश्वकप सुरु हुन अब ४ दिन मात्र बाँकी
मस्को – फिफा विश्वकप सुरु हुन अब ४ दिन मात्र बाँकी छ । विश्वभरका ३२ उत्कृष्ट राष्ट्रहरुले जुन १४ देखि विश्व फुटबलको महाकुम्भमा प्रतिस्पर्धा गर्दै छन् । रसियाका ११ सहरका १२ मैदानमा विश्वकप अन्तर्गतका खेलहरु हुनेछन् । बेल्जियमका कप्तान रहँदै आएका डिफेन्डर भिन्सेट कम्पनीलाई राष्ट्रिय टोलीबाट ठूलो प्रतियोगितामा केहि गर्ने यो अन्तिम मौका हुनसक्छ । पछिल्ला प्रतियोगितामा चोटका कारण उपस्थित हुन नसकेका उनले बेल्जियमको स्वर्ण युगको नेतृत्व लिइरहेका छन् । यसपटक प्रशिक्षक रोबर्टो मार्टिनेजले टोली छनोटको विषयलाई लिएर निकै आलोचना खेप्नुपर्यो । यसका बाबजुद बेल्जियमले निकै बलियो टोली तयार पारेको छ । क्लब स्तरमा तहल्का मच्चाइरहेका खेलाडीको जमात अहिलेको बेल्जियम टोलीमा सम्मिलित छ । चेल्सीका इडेन हाजार्ड, म्यान्चेस्टर सिटीका केभिन डे ब्रुएन, नेपोलीका ड्रिज मर्टन्स र म्यानचेस्टर युनाइटेडका रोमेलु लुककु लगायतका खेलाडीले आक्रमण सम्हाल्नेछन् । डिफेन्समा टोटेनहम हट्स्परका डिफेन्डरद्वय टोबी आल्डरवेरल्ड र जान भर्टोन्घनसँगै कम्पनि, पीएसजीका थोमस मुनिएर पनि छन् । समग्र रुपमा सन्तुलित रहेको टोली समूह ‘एच’ मा परेको छ । उक्त समूहमा इंग्ल्याण्ड, पानामा र ट्युनिसिया रहेका छन् । पानामा पहिलोपटक विश्वकपमा सहभागिता जनाइरहेको छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?