Live
| शुक्रबार, साउन ८, २०८३
EN
arya newro
BiraKhabar
खेलकुद

विश्वकपमा कसले जित्ला गोल्डेन बुट?

2018 Jun 11 8:24 AM 125

विज्ञापन

Birat Cancer Hospital
विश्वकपमा कसले जित्ला गोल्डेन बुट?
एजेन्सी – फुटबलको महाकुम्भ मानिने विश्वकप २०१८ रुसमा जुन १४ देखि सुरु हुंदैछ । विश्वकप उपाधिसंगै खेलाडीहरु व्यक्तिगत उपाधिहरु पनि पछ्याइरहेका हुन्छन्, र तीमध्ये सर्वाधिक गोलकर्ताले पाउने गोल्डेन बुट पनि एक हो । पछिल्लो संस्करणमा गोल्डेन बुटको उपाधि हामेस रोड्रिगेजले जितेका थिए । उनको सो उपाधि जितपश्चात उनी रियल म्याड्रिडसंग आबद्ध भए र अहिले बायर्नसंग रहेका हामेसको करियरले फरक उचाई लिंदै छ । त्यसैगरी २००२ को विश्वकपमा यस उपाधि ब्राजिलियन लेजन्ड रोनाल्डोले जिते भने २००६ मा विश्वकपका सर्वाधिक गोलकर्ता मिरोस्लेभ क्लोजले । २०१० मा थोमस मुलरले यस प्रतिष्ठित उपाधि हात पारेका थिए । अहिले आउने विश्वकपमा पनि केही नामहरु यस उपाधि जित्न दाबेदार मानिएका छन् । त्यस्तै हामेसझै अप्रत्याशित विजेता पनि कोही हुन सक्ने अनुमान गरिएको छ । विश्व फुटबलका दुई सबैभन्दा ठूला नाम लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोलाई यस उपाधिको दाबेदार मानिएको छ । त्यस्तै ब्राजिलका नेयमार र ग्याब्रियल जेसस दुवै यस उपाधिको होडमा रहने अनुमान लगाइएको छ । जर्मनीका युवा स्ट्राइकर टिमो वेर्नर, इंग्ल्यान्डका कप्तान ह्यारी केन, बेल्जियमका स्ट्राइकर रोमेलु लुकाकु र उरुग्वेका स्ट्राइकर लुइस स्वारेज सबैलाई प्रवल दाबेदार मानिएको छ । भिडियो गेम फिफाले भने यस उपाधि फ्रान्सका एन्टोइन ग्रिजम्यान वा स्पेनका इस्कोले जित्ने अनुमान गरेको छ । इजिप्टका मोहम्मद सालाहलाई पनि केही महिना अघि दाबेदारका रुपमा हेरिएको थियो तर उनी च्याम्पियन्स लिगमा घाइते भएपश्चात उनले केही खेल गुमाउन सक्ने भएकाले अहिले उनी दाबेदारका रुपमा हेरिएका छैनन् ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?