Live
| शुक्रबार, बैशाख ११, २०८३
EN
arya newro
BiraKhabar
खेलकुद

एसियन च्याम्पियनसीका लागि पत्रकार बुढाथोकी सहित नेपाली राष्ट्रिय टोली भारत प्रस्थान

2018 Sep 20 8:36 AM 105

विज्ञापन

Biratkhavar
एसियन च्याम्पियनसीका लागि पत्रकार बुढाथोकी सहित नेपाली राष्ट्रिय टोली भारत प्रस्थान
विराटनगर । भारतको आग्रामा आयोजना हुने एसियन स्कुल यू–१८ च्याम्पियनसीप फुटबल प्रतियोगितामा सहभागी हुन एक समारोह सम्पन्न गरी नेपाली राष्ट्रिय टोली भारत प्रस्थान गरेको छ । प्रतियोगिता ४६ औं संस्करण सम्म पुग्दा नेपालले भने पहिलो पटक भाग लिने अवसर पाएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रीय सदस्य रुपेश अधिकारीले पहिलो पटक सहभागीताको अवसर पाए पनि टोली जितको उदेश्य सहित भारततर्फ लागेको बताएका छन् । प्रशिक्षक, व्यवस्थापक, अफिसियल, रेफ्री सहितकोखेलाडी टोली पूर्वको काँकडभित्ता नाका हुँदै भारत प्रस्थान गरेको अधिकारीले जानकारी दिए । उनका अनुसार २८ सदस्यीय टोलीलाई मोरङको, विराटनगर हरैंचा, बेलबारी, उर्लाबारी र झापाको काँकडभित्तामा भव्य कार्यक्रमको आयोजना गरेर विदाई गरिएको छ । फुटबल संघ आवद्ध विभिन्न क्लव, पूर्व खेलाडी, जिल्ला स्थित एन्फाका पदाधिकारी तथा खेलप्रेमीहरुले विजयका लागि अग्रिम शुभकामना दिंदै खेलाडीलाई फुल, माला र अविर लगाएर विदाई गरेका हुन् । प्रदेश १ का मुख्य मन्त्री शेरधन राईले भने यस अघि नै राष्ट्रिय टोलीको विराटनगरमा विदाई गरिसकेका छन् । २० खेलाडी र आठ अफिसियल सहितको २८ सदस्यीय टोली रहेको जानकारी एन्फा सदस्य अधिकारीले दिए । भने, ‘खेलाडीले पहिलो पटकको सहभागीलाई ठूलो अवसरका रुपमा लिएका छन् । ’ एक महिनादेखि विराटनगरमा भइरहेको बन्द प्रशिक्षणबाट दिनेश हेन्जनको कप्तानीमा २० जना खेलाडी सम्मिलित राष्ट्रिय टोली चयन गरिएको थियो । नेपाली टिममा रहेका २० जना मध्ये १३ जनाले यस अघि अन्तराष्ट्रिय खेल खेलिसकेका छन् । सात जना नयाँ अनुहार छन् । भारतको आग्रामा असोज ४ गतेबाट सुरु हुने प्रतियोगिता १० दिन सम्म चल्ने छ । नेपाली टिमका तर्फबाट गोलरक्षकको भूमिकामा विष्णुकुमार केसी, विशाल सुनार र सूर्य अधिकारी मध्ये एक जना रहने छन् । विकास खवास, नविन गुरुङ, राजन गुरुङ, असिम गुरुङ, रन्दिप पौड्याल र सजित राई रक्षकको भूमिकामा रहने छन् । नितिन थापा, मनिष थापा, जय गुरुङ, सेतेहाङ आङ्देम्बे, सुरज ज्यू ठकुरी र अनिल महर्जन मिडफिल्डर हुन् । स्ट्राइकरमा कप्तान दिनेश हेन्जन, बुद्ध वल तामाङ, रितिक खड्का, अनुप गुरुङ र टिका गुरुङ रहेका छन् । मुख्य प्रशिक्षकमा चेतनारायण श्रेष्ठ, प्रशिक्षकमा पासाङ तामाङ, गोलरक्षक प्रशिक्षकमा चक्रबहादुर तामाङ, टिम व्यवस्थापक रुपेश अधिकारी, अफिसियल दिपेन्द्र तिवारी, रेफ्री श्रवण लामा, फिजिओ प्रवेष भट्राई र पत्रकार किशोर बुढाथोकी टोलीमा छन् । प्रतियोगिता अन्र्तगत समूह ‘क’ मा रहेको नेपालले थाइल्याण्ड, इन्डोनेशिया र चीनसंग प्रतिष्पर्धा गर्ने छ । त्यसै गरी समूह ‘ख’ मा आयोजक राष्ट्र भारत, श्रीलंका, दक्षिण कोरिया र मलेशिया रहेका छन् । नेपालले असोज ७ गते थाइल्याण्डसंग पहिलो खेल खेल्ने छ । मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठले टोलीले जित्नकै लागि खेल्ने बताए । ‘नेपाली फुटबललाई नयाँ उचाई र गति दिने हिसावको प्रदर्शन खेलाडीले गर्ने अपेक्षा छ,’ उनले भने, ‘एसियन च्याम्पियनसीपलाई खेलाडीले क्षमता र कौशल प्रदर्शन गर्दै उपाधि जित्ने मौकाका रुपमा सदुपयोग गर्ने छन् ।’

विज्ञापन

Biratnagar Nagarpalika

ट्रेन्डिङ

1

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
2

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
3

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
4

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
5

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4
6

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
7

निर्वाचन परिणाम आउन थाले: धेरै क्षेत्रमा नयाँ दलहरूको अग्रता

Mar 6
8

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
9

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो, उपभोक्तामाथि थप भार

Mar 1

वेब स्टोरिज

छुटाउनुभयो कि ?

साहित्य साधनाको सम्मानःविराटनगरमा ज्ञान उदास र संगीता श्रेष्ठ पुरस्कृत

साहित्य साधनाको सम्मानःविराटनगरमा ज्ञान उदास र संगीता श्रेष्ठ पुरस्कृत

ओलीको शल्यक्रिया सफल , पित्तथैलीबाट निकालियो २२ एमएमको ढुंगा

ओलीको शल्यक्रिया सफल , पित्तथैलीबाट निकालियो २२ एमएमको ढुंगा

बेबीको र यति एयरलाइन्सबीच व्यावसायिक साझेदारीः दुई वर्षमुनिका शिशुलाई निःशुल्क उडान सुविधा

बेबीको र यति एयरलाइन्सबीच व्यावसायिक साझेदारीः दुई वर्षमुनिका शिशुलाई निःशुल्क उडान सुविधा

हङकङमा  प्रेस चौतारी नेपाल कोशी प्रदेशका पूर्ब प्रदेश इन्चार्ज  पत्रकार कार्की सम्मानित

हङकङमा प्रेस चौतारी नेपाल कोशी प्रदेशका पूर्ब प्रदेश इन्चार्ज पत्रकार कार्की सम्मानित

ओली र लेखक रिहाईपछि शंकर पोखरेलले भने- औचित्य पुष्टि गर्न नसकेपछि हाजिरी जमानी नै  सहारा

ओली र लेखक रिहाईपछि शंकर पोखरेलले भने- औचित्य पुष्टि गर्न नसकेपछि हाजिरी जमानी नै सहारा

‘सरकारले मिडियामाथि आर्थिक नाकाबन्दी गर्न खोज्यो, संविधानको भावना विपरीत निर्णय’

‘सरकारले मिडियामाथि आर्थिक नाकाबन्दी गर्न खोज्यो, संविधानको भावना विपरीत निर्णय’

संसद् सचिवालयले बोलायो सर्वदलीय बैठक

संसद् सचिवालयले बोलायो सर्वदलीय बैठक

दक्षिण लेबनानमा युनिफिलमाथि फेरि घातक हमला, दुई शान्ति सैनिकको मृत्यु

दक्षिण लेबनानमा युनिफिलमाथि फेरि घातक हमला, दुई शान्ति सैनिकको मृत्यु