Live
| आइतबार, भदौ १३, २०८३
EN
arya newro
BiraKhabar
मोफसल

४ जिल्लाका छुट्टा-छुट्टै स्थानमा आगलागी, १८ लाख बढीको क्षति

2018 Nov 4 12:45 PM 57

विज्ञापन

Birat Cancer Hospital
४ जिल्लाका छुट्टा-छुट्टै स्थानमा आगलागी, १८ लाख बढीको क्षति
पूजा शर्मा, बिराटनगर । १ नम्बर प्रदेश अन्तर्गत मोरङ, धनकुटा, झापा र सुनसरी जिल्लामा भएको छुट्टा-छुट्टै आगलागीबाट अन्दाजी १८ लाख १७ हजार ३ सय ९५ रुपैयाँ मुल्य बराबरको क्षति भएको छ । मोरङको सुन्दर-हरैँचा नगरपालिका(७ स्थित गोठगाउँ बस्ने गोबिन्द दुलालको घरमा शनिवार आगलागी हुदा अन्दाजी ९ लाख बराबरको क्षति भएको छ । राती सवा ८ बजेको समयमा दुलालको १ तले घरमा बिद्युत लाईन सर्ट भई अचानक आगलागी हुँदा घर, कुखुरा पाल्ने घर सहित १५० वटा कुखुरा जलेर नष्ट भएको छ । उक्त आगलागी राती ९ बजे प्रहरी, दमकल र स्थानीयवासीको सहयोगमा नियन्त्रणमा लिईएको प्रहरी चौकी बिराटचौकले जनाएको छ । यसै गरी धनकुटाको चौविसे गाउँपालिका(३ बस्ने खम्बा सिंह तामाङको घरमा आगलागी हुँदा अन्दाजी ४ लाख १७ हजार ३ सय ९५ रुपैयाँ मूल्य बराबरको क्षति भएको छ । तामाङको ढुंगा माटोले बनेको १ तले घरमा राती ११ बजे अचानक आगलागी भएको थियो । आगलागीबाट तामाङको घर, लत्ताकपडा, अन्नपात लगायत सम्पूर्ण सामान जलेर नष्ट भएको हो । उक्त आगलागी प्रहरी र स्थानीय वासीको सहयोगमा नियनत्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । झापाको मेचीनगर नगरपालिका(१३ स्थित चारआली चौक बस्ने टेक बहादुर खड्काको घरमा आगलागी हुँदा अन्ददाजी ३ लाख बराबरको क्षति भएको छ । साँझ सवा ६ बजेको समयमा खाना पकाउने क्रममा ग्याँस लिक भई अचानक आगलागी हुँदा खड्काको घर तथा घरमा भएको लत्ताकपडा, खाद्यान्न, फर्निचरको सरसामान जलेर नष्ट भएको छ । उक्त आगलागी ३ वटा दमकल नेपाल प्रहरी, नेपाली सेना र स्थानीयवासीको सहयोगमा नियन्त्रणमा लिईएको प्रहरी चौकी चारआलीले जनाएको छ । यसै गरी सुनसरीको ईटहरी उप(महानगरपालिका-१० स्थित चुकाटक्का बस्ने शुक्रराज लिम्बुको घरमा आगलागी हुँदा अन्दाजी २ लाख मूल्य बराबरको क्षति भएको छ । शनिवार राती सवा ८ बजे लिम्बुको फुसको छानो भएको भुई तले घरमा चुल्होमा खना पकाउने क्रममा अचानक आगलागी हुँदा घरमा रहेको काठपात, भाडावर्तन, लत्ताकपडा लगायत अन्य सरसामान जलेर नष्ट हुँदा भएको छ । उक्त आगलागी प्रहरी र स्थानीय मानिसको सहयोगमा नियन्त्रणमा लिईएको इलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2

वेब स्टोरिज

छुटाउनुभयो कि ?

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न