अप्सरा कट्वाल, बिराटनगर । संरक्षण तथा बिकास संस्था (सिडियो नेपाल) नामक संस्थाले मोरगं जिल्लाको बुढीगंगा गाउँपालिका वार्ड न.–५ स्थित बिभिन्न बिपन्न स्थानमा गरिबी समुदायमा गर्भवति महिला तथा बालबालिका साथै सुत्केरी, एकल महिला, बृद्ध–बृद्धा जेष्ठ नागरीकलाई निःशुल्क कपडा, जुत्ता, खाध्यन्न, ओडनको लागि कम्बल तथा स्वास्थ्य सामग्रीहरु निःशुल्क बितरण गरेको छ ।
वडा न.५ स्थित वडा कार्यालय हात्तिमुडामा गरिएको सो कार्यत्र mम १५ जना जेष्ठ नागरीकहरुलाई सम्मान गरिएको थियो । वडा अध्यक्ष रमेश खनालको अध्यक्षता भएको सो कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष अमृता कुमारी गच्छेदारले सबै वडाहरुमा यस्ता कार्यक्रम पुराउन सके गाउँपालिकाका जेष्ठ नागरिक तथा सुत्केरी महिलाहरुलाई लाभ पुग्ने बताउनु भयो । यस्ता कार्यक्रमलाई अगामी गाउँपालिकाको बजेटमा पार्न कोशिस गर्ने बचन बद्धता समेत उपाध्यक्ष गच्छेदारले गर्नु भएको छ ।
बुढीगंगा गाउँपालिकाको समन्वयमा बिराट मेडिकल कलेज टंकीसिनबारीको ज्ञाइनोकोलोजिष्टको समुहले हातिमुडा स्वास्थ्य चौकीमा ज्ञाइनेशिबिर सन्चालन समेत गरेको छ । सिडियो नेपालको सहजीकरणमा ५६ जना गर्भवति महिलालाई चेक जाँच साथै निःशुल्क औषधी समेत उपलब्ध गराएको फिल्ड कोर्डिनेटर तुलसा आचार्यले बताउनु भयो । सिडियो नेपालको आर्थिक सहयोगमा चेक जाँचबाट रेफर गरिएका गर्भवतिलाई निःशुल्क स्वास्थ सेवा प्रदान गरिएको छ । गर्भवति महिलाहरुको युएसजी, ल्याब टेष्ट, एक्सरे, इसिजी लगायत गर्नु पर्ने आबश्यक स्वास्थ्य परिक्षण सबै संस्थाले निःशुल्क गरिएको कोर्डिनेटर आचार्यले बताउनु भयो ।
वडा नं ५ कै मदसाटोलमा पौष्टिक आहार कार्यक्रम सम्पन्न गरेको छ । समुदाय तथा आफनै घरमा पाईने खाध्यन्न, फलफुललाई सन्तुलित खानाको मात्रा बनाएर खान सके जन्मिने बच्चा कुपोषणबाट बच्न सक्ने स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न गरेको छ । स्वास्थ्य सेवा सचेतना कार्यक्रम सोही वडाका अन्य ७ स्थान शनिहाट टोल, सुकचटोल, सिसुवाटोल, डिपुटोल लगायत मदरसा टोल लगायत अन्य समुदाय गरिएको छ ।
बिषेश गरी महिला गर्भवति तथा बालबालिकाहरुले प्रत्यक्ष फाइदा लिएको र उनीहरुको भबिश्यमा आइपर्ने स्वास्थ्य समस्यालाई आफैले निराकरण गर्न सक्ने क्षमताको बिकास भएको आचार्यले बताउनु भयो । कोभिड–१९ जनचेतना कार्यक्रम र हातधुने तरिकालाई प्रभावकारी तुल्याउन स्थानीय निकायसंग हातोमालोगरी र्याली, पोष्टर पम्प्लेट बितरण गरिएको छ भने बिभिन्न स्थानमा हात धुने तरिकाको दृश्य समेत सेवाग्राहीहरुलाई प्रदर्शन गरिएको छ । वडा न. ५ का गर्भवति सुत्केरी जेष्ठनागरीक, अपागं, एकमहिला, बिद्यालय स्वास्थ्य चौकी लगायत बिपन्न परिबारलाई गरी ९३ वटा सेरामिक वाटर फिल्टर निःशुल्क बितरण गरिएको छ । बुढीगंगा गाउँपालिकाकै वार्ड न. ५ स्थित पौठिया टोल निमुवामा रहेको पौठिया आधारभुत बिद्यालयका ६५ जना बिद्यार्थीहरुलाई निःशुल्क जुत्ता, स्विटर, ज्याकेट, सुरुवाल लगायत बिद्यालयमा जान प्रोत्साहनका लागि खेलकुद सामाग्री फुटबल, रिगं लगायत खेलकुदका सामाग्रीहरु समेत उपलब्ध गरिएको छ । बिद्यालयका प्रअ धु्रब आचार्यले खेलकुदका सामाग्रीहरुले केटाकेटी नियमित बिद्यालय आउन सहज भएको बताएका छन् । सामुदायिक स्वास्थ्य तथा सुरुक्षित पानी परियोजना कार्यक्रमले गर्भपति महिला तथा बालबालिकालाई स्वास्थ्य सुधारमा सहयोग पुगेको स्थानीय वडा नं ५ का समाजिक अभियन्ता बिश्व पराजुलीले बताउनु भयो ।
ग्रामिण गर्भवति महिलाहरुलाई स्वास्थ्य तथा सचेतना कार्यक्रम समपन्न
ट्रेन्डिङ
Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)
Mar 1💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)
Mar 1कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड
May 10चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक
Mar 9समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत
Mar 10जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली
Mar 2पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित
May 10टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो
May 11रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद
Mar 2
