Live
| आइतबार, साउन ३, २०८३
EN
arya newro
BiraKhabar
फल्यास न्यूज, ब्रेकिङ्ग न्यूज, स्वास्थ्य

बिराट मेडिकल कलेजमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न

2026 Jul 19 5:13 PM 11

विज्ञापन

Birat Cancer Hospital
बिराट मेडिकल कलेजमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न

विराटनगर। मोरङको बुढीगंगा गाउँपालिका–२ स्थित बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न भएको छ।

हस्पिटलको सेन्ट्रल हलमा "इमेजिङ टुडे, इम्प्याक्टिङ टुमरो" भन्ने नाराका साथ "इन्टरनेशनल कन्फरेन्स अन न्यूक्लियर मेडिसिन बीएमसीटीएच" नामबाट आयोजित उक्त सम्मेलनमा मोलिक्युलर इमेजिङ, थेरानोस्टिक्स र रेडियोआइसोटोप थेरापी लगायतका विषयमा नेपाल, बंगलादेश र भारतका चिकित्सकहरू एउटै मञ्चमा जुटेका थिए। हस्पिटलकै न्यूक्लियर मेडिसिन तथा मोलिक्युलर इमेजिङ विभागले सम्मेलन आयोजना गरेको थियो।सम्मेलनमा बंगलादेशबाट प्रा.डा. मिजानुल हसन, डा. मोल्ला अब्दुल वहम, प्रा. डा. सनोवार हुसैन, प्रा. डा. फारिया नर्सिन र प्रा. डा. जास्मिन आरा हकसहित भारतको आरजिसीआईआरसी, नयाँ दिल्लीबाट प्रा. डा. मनोज गुप्ता सहभागी भएका थिए। नेपालतर्फबाट डा. अमरदीप चौधरी (बीएमसीटीएच), डा. सुमन श्रेष्ठ, डा. सागर महर्जन र डा. सुधीर केसीले आफ्ना अनुभव र ज्ञान साझा गरेका थिए।

काठमाडौं, पोखरा, चितवन, झापा, सुनसरी, मोरङलगायत नेपालका विभिन्न स्थानहरूबाट ३०० जनाभन्दा बढीको सहभागिता सम्मेलनमा रहेको आयोजकले जनाएका छन्।बिराट मेडिकल कलेज टिचिङ हस्पिटलले पूर्वी नेपालमै पहिलोपटक न्यूक्लियर मेडिसिन तथा मोलिक्युलर इमेजिङ विभाग स्थापना गरिसकेको छ। पेटभित्र फैलिने क्यान्सरको उपचारका लागि आवश्यक हाइपेक सेवा पनि पूर्वमै पहिलोपटक सोही हस्पिटलमा सञ्चालनमा आइसकेको छ। न्यूक्लियर मेडिसिन भनेको रेडियोएक्टिभ पदार्थको प्रयोग गरी शरीरका आन्तरिक अंगहरूको कार्यप्रणाली जाँच्ने र उपचार गर्ने आधुनिक चिकित्सा विज्ञानको एक शाखा हो। यसमार्फत क्यान्सरको प्रारम्भिक पहिचान, हृदयको रक्तप्रवाह जाँच, हड्डीको रोग पत्ता लगाउने र थाइरोइड समस्याको निदानसमेत गर्न सकिन्छ। मोलिक्युलर इमेजिङले शरीरका कोशिकाहरूमा आणविक स्तरमै भइरहेको परिवर्तन देखाउने भएकाले रोगको सुरुवाती चरणमै निदान गर्न सहयोग पुर्‍याउँछ। आयोजकहरूका अनुसार यस सम्मेलनले न्यूक्लियर मेडिसिन क्षेत्रमा क्षेत्रीय स्तरमा ज्ञान र अनुभव आदानप्रदान गर्ने अवसर सिर्जना गरेको छ, जसको प्रत्यक्ष फाइदा पूर्वी नेपालका बिरामीहरूले पाउने अपेक्षा गरिएको छ। हस्पिटलको न्यूक्लियर मेडिसिन तथा मोलिक्युलर इमेजिङ विभागले हाल निदान र उपचार दुवै प्रकारका सेवा प्रदान गर्दै आएको छ। निदानतर्फ विभागले क्यान्सरको प्रारम्भिक पहिचान र फैलावट पत्ता लगाउने, हृदयरोगको निदान र हृदयको रक्तप्रवाह जाँच्ने, हड्डीको रोग र संक्रमण पत्ता लगाउने, मिर्गौला, कलेजो र फोक्सोको कार्यक्षमता जाँच्ने तथा थाइरोइड ग्रन्थीको समस्या निदान गर्ने सेवा दिँदै आएको छ। उपचारतर्फ विभागले थाइरोइड क्यान्सरको रेडियोएक्टिभ आयोडिन उपचार, हड्डीको दुखाइ कम गर्ने रेडियोन्यूक्लाइड उपचार, न्यूरोएन्डोक्राइन ट्युमरको लक्षित उपचार र रेडियोसिनोभेक्टोमीजस्ता सेवा उपलब्ध गराउँदै आएको छ, जसले उपचारको सफलता दर बढाउन मद्दत गर्ने हस्पिटलले जनाएको छ।

त्यसैगरी न्यूक्लियर मेडिसिन तथा मोलिक्युलर इमेजिङ विभाग र न्यूरो साइन्स विभागको लागि छुट्टै भवनको समेत उद्घाटन भएको थियो ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?