Live
| बुधबार, भदौ ९, २०८३
EN
arya newro
BiraKhabar
पत्रपत्रिका

डिएसपीका ७० पद रिक्तः अझै सरुवा हुनसकेन

2021 Dec 29 12:32 PM 149

विज्ञापन

Birat Cancer Hospital
डिएसपीका ७० पद रिक्तः अझै सरुवा हुनसकेन
काठमाण्डौं । सशस्त्र प्रहरीमा हाल प्रहरी नायब उपरीक्षक (डिएसपी) का ७० पद रिक्त छन् । त्यसमध्ये धेरैजसो पद करिब एक वर्षदेखि रिक्त भएका हुन् । माथिल्लो पद रिक्त हुँदा पनि १६ वर्षदेखि इन्स्पेक्टरहरू एउटै पदमा कार्यरत छन् । ०६२ फागुनमा भर्ना भएका छैटौँ ब्याचका सशस्त्र प्रहरी अधिकारीको एउटै पदमा सेवाअवधि १७ वर्ष हुन लागेको छ । तर, गृह मन्त्रालय र सशस्त्र प्रहरी नेतृत्वको बेवास्ताका कारण पद रिक्त राखेर बढुवा प्रक्रिया अवरुद्ध पारिएको छ । जसले प्रहरीको मनोबलसमेत प्रभावित बनेको खबर नयाँ पत्रिकाले प्रकाशित गरेको छ । सशस्त्रमा गत असारदेखि नै एसएसपीका ११ पद रिक्त थिए । गत मंसिरमा बल्ल बढुवा गरियो । तर, एसपी र डिएसपीका रिक्त पदमा भने बढुवाको अझै कुनै तयारी छैन । गृह मन्त्रालय र सशस्त्र प्रहरी बल बढुवाको विषयमा गम्भीर नहुँदा संगठनमा समस्या देखिएको हो । विगतमा वृत्ति विकास योजनाअनुसार दरबन्दी तय गरी भर्ना हुन नसक्दा इन्स्पेक्टरका पद धेरै तथा माथिल्लो तहमा थोरै हुँदा समस्या उत्पन्न भएको हो । जसकारण खासगरी ५, ६ र ७औँ ब्याचका इन्स्पेक्टरको करिअर अस्तव्यस्त बनेको छ । पहिलेदेखि नै सशस्त्र प्रहरीमा यो समस्या रहे पनि यसको समाधानको गम्भीर पहल भएको छैन । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले इन्स्पेक्टर र डिएसपीको बीचमा प्रमुख इन्स्पेक्टर पद राख्ने प्रस्ताव गरे पनि संगठनभित्रै त्यसबारे सकारात्मक प्रतिक्रिया नपाएपछि स्थगित गरेका छन् । ‘कम्तीमा समयमा रिक्त पदमा बढुवा गरेको भए यो समस्या केही हदसम्म कम हुन्थ्यो,’ एक प्रहरी निरीक्षक भन्छन्, ‘हाम्रा पनि पेसागत सपना हुन्छन्, १६ वर्ष एउटै पदमा राख्ने र माथिल्लो तहमा पद रिक्त राख्दा त्यसले हाम्रो मनस्थिति कस्तो होला ?’ नियमित सरुवासमेत नहुँदा संगठन झन् अस्तव्यस्त बन्न पुगेको छ । सशस्त्रमा हरेक वर्ष साउन र भदौमा नियमित सरुवा हुन्छ । सामान्यतया गण, गुल्म तथा बोर्डर आउटर पोस्ट (बिओपी)मा जानेहरूको कार्यकाल एक वर्षको हुन्छ । डेढ वर्ष हुँदा पनि यो वर्ष कसैको सरुवा हुन सकेको छैन । कोही डेढ वर्षदेखि कार्यालयको इन्चार्ज बनेका छन् भने केही इन्चार्जको अनुभव बटुल्ने अवसरबाट वञ्चित भएका छन् । यसले अनियमितता र अराजकता पनि बढेको सशस्त्र प्रहरीका एक अधिकारी बताउँछन् । ‘एक वर्ष अवधि पुगेपछि इन्चार्जहरूको कार्यसम्पादन स्वतः कमजोर हुन्छ,’ ती अधिकारी भन्छन्, ‘अहिले त झन् अराजकता नै मौलाएको सुनिन्छ ।’ नियमित सरुवा रोके पनि शक्तिकेन्द्रनजिक हुने अधिकारीलाई भने काज सरुवा गरेर इन्चार्जमा पठाउने गरिएको छ । अकातर्फ नयाँ आर्थिक वर्ष सुरु भएलगत्तै हुने गरी बनाइएको सरुवाको सिस्टमसमेत भत्किएको छ । सशस्त्र प्रहरीका प्रवक्ता मन्दिप श्रेष्ठले सरुवा–बढुवाका काम रोकिएकोबारे आफूलाई जानकारी नभएको बताए । यस विषयमा गृह मन्त्रालयको मुख्य भूमिका हुने उनको भनाइ छ । स्रोतका अनुसार गृह मन्त्रालयको निर्देशन कुर्दाकुर्दै सशस्त्रमा सरुवा–बढुवा अवरुद्ध भएको हो ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
9

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11

वेब स्टोरिज

छुटाउनुभयो कि ?

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न