Live
| मंगलबार, भदौ १५, २०८३
EN
arya newro
BiraKhabar
ट्रेन्डिङ समाचार, पत्रपत्रिका, प्रविधि, राजनीति

झापा ५ : चोकचोकमा ओली र बालेनको पक्षमा लाखौँको बाजी

2026 Feb 12 9:17 AM 180

विज्ञापन

Birat Cancer Hospital
झापा ५ : चोकचोकमा ओली र बालेनको पक्षमा लाखौँको बाजी

दमक । आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै जाँदा झापा क्षेत्र नम्बर ५ मुलुककै राजनीतिक ‘इपिसेन्टर’ बनेको छ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र युवा पुस्तामाझ लोकप्रिय काठमाडौँका पूर्वमेयर बालेन्द्र (बालेन) शाहबीचको कडा प्रतिस्पर्धाले यस क्षेत्रको चर्चा चुलिएको हो ।

चुनावी मैदानमा दुई प्रभावशाली व्यक्तित्व उत्रिएपछि झापा–५ का चोक, बजार र चियापसलहरूमा हार–जितको बहस मात्र होइन, लाखौँ रुपैयाँको ‘सट्टेबाजी’ समेत सुरु भएको छ । ओलीको पुरानो राजनीतिक विरासत र बालेनको नयाँ ‘क्रेज’ मध्ये कसले बाजी मार्ला भन्ने विषयमा समर्थकहरूले ठुलो रकमको दाउ थाप्न थालेका हुन् ।

निर्वाचनको नतिजा आफ्नो पक्षमा पार्न उम्मेदवारहरू घरदैलोमा व्यस्त रहँदा बाहिर भने सट्टेबाजहरूको सक्रियता बढेको छ । दमकका एक व्यापारीले बालेनको पक्षमा एक लाख रुपैयाँको बाजी राखेका छन् ।

‘मैले बालेनले जित्नेमा एक लाख राखेको छु, अर्को साथीले ओलीको पक्षमा,’ ती व्यापारीले भने, ‘यसका लागि हामीले कागज गरेर एक विश्वासिलो व्यक्तिलाई पैसा जिम्मा लगाएका छौँ ।’

यस्तै दृश्य गौरादह बजारमा पनि देखिएको छ । त्यहाँ एक युवकले बालेनको पक्षमा ५० हजार रुपैयाँको बाजी राखेका छन् ।

‘एमालेका कट्टर समर्थक साथीले ओलीले दशकौँदेखि जित्दै आएको र विकास गरेको भन्दै उहाँको विकल्प नभएको दाबी गरे,’ ती युवाले सुनाए, ‘मैले यसपालि जनताले परिवर्तन खोजेका छन् भन्दै बाजी स्वीकार गरेँ । अब मतदान सकिएर मतगणना सुरु भएपछि मात्र यसको छिनोफानो हुनेछ ।’

यसरी गाउँदेखि सहरसम्म समूह बनाएर वा व्यक्तिगत रूपमा बाजी राख्ने क्रम बढ्दो छ, जसलाई कानुनले अवैध मान्दछ ।

झापा–५ ओलीका लागि विगत तीन दशकदेखि सुरक्षित मानिएको क्षेत्र हो । २०४८ सालदेखि भएका सातवटा निर्वाचनमध्ये छ पटक उनले यहीँबाट जित हासिल गरेका छन् । २०६४ सालको संविधानसभा निर्वाचनमा मात्र उनी तत्कालीन माओवादीका विश्वदीप लिङ्देनसँग एक हजार दुई सय मतान्तरले पराजित भएका थिए ।

कमल गाउँपालिका, गौरादह र दमक नगरपालिका तथा गौरीगन्ज गाउँपालिकाका केही वडा समेटिएको यस क्षेत्रमा कुल एक लाख ६३ हजार ३७९ मतदाता छन् । यसपटक नौ हजार ९० नयाँ मतदाता थपिएका छन्, जसलाई आफ्नो पक्षमा पार्न दुवै उम्मेदवारले यसलाई प्रतिष्ठाको लडाइँ बनाएका छन् ।

प्रहरीको कडा निगरानी

चुनावी नतिजालाई लिएर भइरहेको सट्टेबाजीलाई प्रहरीले गम्भीर रूपमा लिएको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले यस्ता अवैध गतिविधिमा संलग्नलाई कारबाही गर्ने चेतावनी दिएको छ ।

कोशी प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) विनोद घिमिरेले निर्वाचनलाई प्रभावित पार्ने कुनै पनि गतिविधि सह्य नहुने बताए ।

‘चुनाव आउन करिब एक महिना बाँकी छ । सट्टेबाजीका विषयमा हामीले सूचना संकलन गरिरहेका छौँ,’ डीआईजी घिमिरेले भने, ‘अवैध गतिविधि भेटिए कानुनअनुसार कडा कारबाही गरिनेछ ।’

झापा–५ को विशिष्ट अवस्थालाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा पारिएको छ । डीआईजी घिमिरेका अनुसार यस क्षेत्रमा थप १०० जना प्रहरी जनशक्ति परिचालन गरिएको छ, जसमा दुई इन्स्पेक्टर र एक डीएसपीले कमान्ड गर्नेछन् ।

‘झापा–५ मा दुई जना भावी प्रधानमन्त्रीका उम्मेदवार हुनुहुन्छ, त्यसैले यहाँको सुरक्षा संवेदनशीलता बढी छ,’ उनले थपे, ‘हामीले सादा पोसाकमा पनि प्रहरी परिचालन गरेका छौँ र प्रविधिको प्रयोगमार्फत निगरानी बढाइएको छ ।’

प्रहरीले ढुक्क भएर मतदान गर्ने वातावरण तयार पारिएको दाबी गर्दै निर्वाचन बिथोल्न सक्ने तत्त्वहरूलाई उच्च निगरानीमा राखिएको जनाएको छ । निर्वाचन सामग्रीको ढुवानी र कर्मचारी परिचालन भइसकेकाले अब शान्तिपूर्ण रूपमा मतदान सम्पन्न हुनेमा प्रहरी विश्वस्त छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2

वेब स्टोरिज

छुटाउनुभयो कि ?

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न