Live
| शनिबार, साउन २, २०८३
EN
arya newro
BiraKhabar
अर्थ वाणिज्य

समृद्धिको आधार निर्माण गर्न राष्ट्रिय पुँजीको निर्माण र खर्च गर्ने क्षमता बढाउनुपर्ने-मुख्यमन्त्री हिक्मतकुमार कार्की

2023 Jun 23 8:42 PM 110

विज्ञापन

Birat Cancer Hospital
समृद्धिको आधार निर्माण गर्न राष्ट्रिय पुँजीको निर्माण र खर्च गर्ने क्षमता बढाउनुपर्ने-मुख्यमन्त्री हिक्मतकुमार कार्की
अबिजाल बिष्ट, विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले समृद्धिको आधार निर्माण गर्न राष्ट्रिय पुँजीको निर्माण र खर्च गर्ने क्षमता बढाउनुपर्ने बताउनु भएको छ । प्रदेश योजना आयोगले शुक्रबार विराटनगरमा आयोजना गरेको ‘कोशी प्रदेश समृद्धिका नवीन आधार सम्बन्धी कार्यशाला गोष्ठिमा बोल्दै उहाँले सो कुरा बताउनु भएको हो । उहाँले कोशी प्रदेशको प्रथम आवधिक योजना सकिन लागेको र दोस्रो आवधिक योजना निर्माणको समय आइसकेकाले प्रदेश समृद्धिका आधारहरु तय आवश्यक भएको बताउनुभयो । प्रदेशले बनाउने योजनाहरु प्रदेशकै तथ्याँङ्कमा आधारित हुनुपर्ने भएकाले प्रदेशको वास्ताविक तथ्याँङ्क सङ्कलन गर्ने कुरामा हाम्रो ध्यान पुग्नुपर्ने उहाँको भनाइ छ । ‘प्रदेशमा बजेट निर्माण र बजेट निर्माणपछि प्रथामिकताहरु तया गर्ने सन्दर्भमा हामी पहिलेनै चुकेका छौ, त्यसको कारणले अझै केही वर्ष केही क्षेत्रहरुमा असन्तुलन हुने अवस्था रहन्छ ’– मुख्यमन्त्री कार्कीले भन्नुभयो । प्रदेशको संरचनागत कुरामा ध्यान दिदाँ अन्य क्षेत्रका कामहरु छुटेको प्रस्ट पार्दै यस पटकको बजेट निर्माणसँगै केही सुधार गर्ने प्रयास गरिएको उहाँले स्मरण गराउनुभयो । उहाँले प्रदेश केही क्षेत्ररु अवस्था खस्किएको दृष्टान्त प्रस्तु गर्दै औद्योगिक उत्पादन, निर्माण सामग्रीको उत्पादन र राजस्व सङ्कलनमा गिरावट आएको बताउनभयो । कार्यक्रममा कोशी प्रदेश सभाका सभामुख बाबुराम गौतमले पर्यटन क्षेत्रको प्रचुर संभावना रहेको कोशी प्रदेशलाई पर्यटनको एक नं गन्तव्य बनाउन सकिने बताउनुभयो । खानेपानी, सिचाँइ तथा उर्जा मन्त्री तिलकुमार मेन्यङवोले वर्तमान संविधानले समाजबादको गन्तव्य तय गरेकाले प्रदेश समृद्धिका आधारहरु पनि सोही अनुरुप निर्माण गरिनुपर्ने बताउनुभयो । त्यस्तै उद्योग कृषि तथा सहकारी मन्त्री भक्ति प्रसाद सिटौलाले प्रदेश भित्रको प्राकृतिक स्रोतसाधनको रुपमा रहेको जल र जङ्गलको भरपुर प्रयोग गर्न सकेमात्र समृद्ध प्रदेश निर्माण गर्न सकिने बताउनुभयो । प्रदेश योजना आयोगका उपाध्यक्ष डिल्लीराम उप्रेतीको सभापतित्वमा भएको उक्त कार्यक्रममा कोशी प्रदेशका सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारी, उपसभामुख सिर्जना दनुवार, प्रदेश सभा सदस्य गणेश उप्रेती लगायतका व्यक्तिहरुले प्रदेश समृद्धका आधारहरुको बारेमा बोल्नु भएको थियो । कार्यक्रममा अर्थशास्त्री प्रा डा शिव अधिकारीले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।  

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?