Live
| आइतबार, भदौ १३, २०८३
EN
arya newro
BiraKhabar
मोफसल

विराट नर्सिङ होमले बालबालिकाका लक्षित स्वास्थ्य प्याकेज ‘हेल्थ रेकर्ड बुक’ सन्चालन

2023 Oct 4 9:42 AM 217

विज्ञापन

Birat Cancer Hospital
विराट नर्सिङ होमले बालबालिकाका लक्षित स्वास्थ्य प्याकेज ‘हेल्थ रेकर्ड बुक’ सन्चालन
बिराटनगर । पुर्ब सुबिधा सम्पन्न स्वास्थ्य क्षेत्रको एक मात्र विराटनगरस्थित विराट नर्सिङ होमले बिभिन्न हेल्थ प्याकेज सन्चालन गर्दै आएको छ । यस क्रममा बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुलाई लक्षित गरी बिद्यार्थीहरुको लागि स्वास्थ्य ‘हेल्थ रेकर्ड बुक’ सन्चालनमा ल्याएको छ । स्वास्थ्य उपचारमा सहुलियत दिने उद्देश्यले बिद्यार्थी लक्षित स्वास्थ्य प्याकेजका रुपमा ‘हेल्थ रेकर्ड बुक’ विराट नर्सिग होमले ल्याएको हो । हस्पिटलले आफनै सातौ तलामा रहेको सभाहलमा पत्रकार सम्मेलन गरी समुदाय र संस्थाहरुसँग दिगो सम्बन्ध निमार्ण गर्ने उद्देश्यले हेल्थ रेकर्ड बुक लिएर आएको जानकारी गराएको छ । हेल्थ रेकर्ड बुक पाँच हजारमा खरिद गरेपछि विराट नर्सिङ होमबाट स्वास्थ्य उपचार सेवा पाउनेछन् । यो हेल्थ रेकर्ड बुक हस्पिटलले अहिले विद्यालयहरुसँग सम्झौता गरेर सेवा सुरू गरेको छ । हेल्थ रेकर्ड बुकमा बालवालिकाहरूको स्वास्थ्यको बारेमा बहुमूल्य जानकारी समावेश गरिएको हस्पिटलका उपाध्यक्ष डेनिस कार्कीले जानकारी दिए । ‘स्वास्थ्य रेकर्ड पुस्तिका सजिलै पहुँच योग्य हुनेछ । आवश्यक स्वास्थ्य जानकारीमा सजिलो पहुँच प्रदान गर्दछ । यो विशेष गरी आपतकालिन आवथामा लाभदायक हुने हामीले अपेक्षा राखेका छौं । जहाँ स्वास्थय सेवा प्रदायकहरुलाई सही र अद्यावधिक स्वास्थ्य जानकारी गराउँछ,’ कार्कीले जानकारी दिए । स्वास्थ्य रेकर्ड बुक प्याकेजको अतिरिक्त, विराट नर्सिङ होमले विद्यालयलाई चिकित्सा सेवाहरु पनि प्रदान गर्दै लैजान र हस्पिटलको रणनिति रहेको सुचना जनसम्र्पक अधिकृत कृष्ण कंडेलले जानकारी गराएका थिए । हेल्थ रेकर्ड बुक लिएपछि बालरोग, दन्त, नेत्र रोग, इ.एन.टी. र छाला रोगको सेवाहरु ओपीडिमा निःशुल्क हुनेछ । यस्तै निःशुल्क एम्बुलेन्स सेवा र ओपीडी सेवाहरुमा २० प्रतिशत छुट, एक वर्षको लागि निदान सेवाहरु, सामान्य वार्ड र पि.आइ.सी.यू भर्ना सहित स्वास्थ्य रेकर्ड बुक भएका बालवालिकाहरुलाई अस्पतालको अन्तरङ्ग विभागका सेवाहरुमा २० प्रतिशत छुट हुने हस्पिटलले जनाएको छ । पाँच हजार रुपैयाँ तिरेर हेल्थ रेकर्ड बुक लिएपछि प्रत्येक वर्ष २ हजार ५ सय रुपैयाँ नविकरण शुल््क लाग्नेछ । हेल्थ रेकर्ड बुक लिएपछि हस्पिटलबाट पाउने स्वास्थ्य उपचारमा बालवाकिलासहित अभिभावकहरुले पनि सहुलियतमा उपचार सेवा पाउनेछन् । स्वास्थ्य रेकड पुस्तकमा नवजात शिशुदेखि १५ वर्ष उमेर समूहका बालवालिकाहरुको लागि बहुमूल्य जानकारी रहेको हस्पिटलका नवजात तथा बालरोग विशेषज्ञ डा.दिपराज अधिकारीले जानकारी दिए । ‘स्वास्थ्य सम्बन्धित जानकारीहरु एकै ठाउँमा रेकर्ड गरिएको छ । जसले आमाबावुलाई आफ्नो बच्चाको स्वास्थ्य स्थिति थाहा पाउन सजिलो बनाउनेछ,’ डाक्टर अधिकारीले भने, ‘स्वास्थ्य रेकर्ड पुस्तकले विभिन्न उमेर समूहका बालवाकिाको आहार योजना, चेतवनाी चिन्हहरु, के गर्ने र नगर्ने, सुत्ने समय, जाँच समय आदि सहित बहुमूल्य जानकारी प्रदान गरिएको छ ।’

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2

वेब स्टोरिज

छुटाउनुभयो कि ?

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न