Live
| मंगलबार, भदौ १५, २०८३
EN
arya newro
BiraKhabar
मोफसल

धनकुटा नगरका प्रमुख प्रशासकीय अधिकृत राईसहित चार कर्मचारी सम्मानित

2024 Jan 6 2:04 PM 226

विज्ञापन

Birat Cancer Hospital
धनकुटा नगरका प्रमुख प्रशासकीय अधिकृत राईसहित चार कर्मचारी सम्मानित
धनकुटा । धनकुटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दशरथ राईसहित चार कर्मचारी सम्मानित भएका छन् । किरात राईहरूको महान चाड साकेला उधौलीको अवसर पारेर किरात राई यायोक्खाले राई समुदायका अधिकृत तहका कर्मचारीहरूलाई सम्मान गरेको हो । धनकुटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राई, प्रदेश लेखा इकाई प्रमुख निशान राई, धनकुटा अस्पतालका डा.मणिकला राई र डा.समिर राईलाई सम्मान गरिएको हो । कार्यक्रममा धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ र किरात राई यायोक्खाका अध्यक्ष उद्धवमणी राईले फेटा गुथेर प्रमाण पत्र प्रदान गरी उनीहरूलाई सम्मानित गरे । किरात राई समुदायमा हुर्किएर राष्ट्रसेवक निजामती कर्मचारीको अधिकृत तहमा पुगी जनताको सेवामा सक्रिय भूमिका निर्वाह गरेर आफ्नो समुदायको शिर उच्च बनाएकाले उनीहरूलाई सम्मान गरिएको किरात राई यायोक्खाले जनाएको छ । सम्मानित भएपछि बोल्दै धनकुटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राईले मातृसंस्थाले सम्झिएर सम्मान गरेकोमा खुशी व्यक्त गरे । कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका धनकुटा नगर प्रमुख तामाङलाई पनि आयोजक संस्थाको तर्फबाट फेटा गुथेर सम्मान गरिएको थियो ।  

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2

वेब स्टोरिज

छुटाउनुभयो कि ?

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न