Live
| बुधबार, जेठ २०, २०८३
EN
arya newro
BiraKhabar
अर्थ वाणिज्य

एक्स्पोमा शनिबार ४० हजार बढीले अवलोकन

2024 Jan 6 2:13 PM 82

विज्ञापन

Birat Cancer Hospital
एक्स्पोमा शनिबार ४० हजार बढीले अवलोकन
बिराटनगर । मोरङ व्यापार संघले आयोजना गरेको ‘मोरंग व्यापार संघ एक्स्पो–२०२३’ मा नयाँ किर्तिमान रचिएको छ । शनिबार एकैदिन ४० हजार बढी उपभोक्ताले एक्स्पोको अवलोकन गरेका छन् । आइतबारपनि सोही संख्या हाराहारीका उपभोक्ताले एक्स्पो घुम्ने विश्वास गरिएको छ । शिथिल रहेको अर्थतन्त्रलाई उकास्न योगदान गरेको एक्स्पो सफल भएकोमा संघका पदाधिकारी र एक्स्पोमा आवद्ध खुशी भएका छन् । एक्स्पोमा अर्गानिक फलफूल र खाद्यान्न, लत्ताकपडा, प्लाष्टिकका सामान, चियापत्ति, कार्पेट, पाइप, टायर, अन्तर्राष्ट्रिय स्टल, खाद्यान्न, साबुन सर्फ, उन्नत जातको विउ र भुरा माछा, अटोमोबाइल्स पाइने स्टलमा अत्याधिक भीड देखिएको छ । एक्स्पोमा प्रविधिको भरपुर उपयोग गरिएको छ । पहिलोपल्ट डिजिटल परिचयपत्र लागु गरिएको छ । क्यू आर कोडको माध्यमबाट परिचय पत्र सक्कली हो की नक्कली हो भने तुरून्तै जानकारी पाइने व्यवस्था गरिएको छ । उत्पादनकर्तालाई स्टल छान्ने सुविधापनि डिजिटल माध्यमबाट नै प्रदान गरिँदा स्टल व्यवस्थापन खासै कठिन भएन । छानीरोजी गुणस्तरीय सामान किन्न पाइने हुँदा एक्स्पोमा सर्वसाधारणको अत्याधिक रूची देखिएको हो । मनोरञ्जन र खानाका विविध परिकार पाइने स्टलका कारणपनि एक्स्पोप्रति सर्वसाधारणको आकर्षण बढ्दै गएको हो । पुस ६ गतेदेखि ११ गतेसम्म संचालनमा रहेको एक्स्पोको म्याद बढाउनपनि सर्वसाधारणले दवाव दिन थालेका छन् । संघका अध्यक्ष नविन रिजालले सोमबार एक्स्पोको समापन हुने बताए । उनले व्यवस्थापकीय र प्राविधिक कठिनाई रहेकोले एक्स्पोको म्याद लम्ब्याउन नसकिने बताए । सोमबार एक्सपोको समापन गरिएपनि यसदिन विहान ११ बजेदेखि साँझ ९ बजेसम्म सदाझैं चल्ने अध्यक्ष रिजालले बताए ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
6

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
7

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
8

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4
9

निर्वाचन परिणाम आउन थाले: धेरै क्षेत्रमा नयाँ दलहरूको अग्रता

Mar 6

वेब स्टोरिज

छुटाउनुभयो कि ?

छोटी भन्सार खारेजीको निर्णयविरुद्ध सिरहाको जिरोमाइलमा प्रदर्शन

छोटी भन्सार खारेजीको निर्णयविरुद्ध सिरहाको जिरोमाइलमा प्रदर्शन

भूमि मन्त्रालयको बेरुजु १३ अर्ब २४ करोड, धोबीखोला अतिक्रमणसँग जोडिएको झन्डै २ अर्ब

भूमि मन्त्रालयको बेरुजु १३ अर्ब २४ करोड, धोबीखोला अतिक्रमणसँग जोडिएको झन्डै २ अर्ब

वामपन्थी आन्दोलनलाई पुनर्जीवन दिन तत्काल गर्नुपर्ने ७ काम

वामपन्थी आन्दोलनलाई पुनर्जीवन दिन तत्काल गर्नुपर्ने ७ काम

मधेशमा नयाँ सत्ता गठबन्धनमै असमझदारी, ९ बुँदे सहमतिमा हस्ताक्षर नहुँदा सरकार विस्तार रोकियो

मधेशमा नयाँ सत्ता गठबन्धनमै असमझदारी, ९ बुँदे सहमतिमा हस्ताक्षर नहुँदा सरकार विस्तार रोकियो

बाढीले ताप्लेजुङ-पाँचथरका चार जलविद्युत् आयोजना बन्द, ५५ मेगावाट उत्पादन ठप्प

बाढीले ताप्लेजुङ-पाँचथरका चार जलविद्युत् आयोजना बन्द, ५५ मेगावाट उत्पादन ठप्प

राष्ट्रिय सभाको क्यालेन्डरबाटै गायब भयो अध्यादेशको कार्यसूची

राष्ट्रिय सभाको क्यालेन्डरबाटै गायब भयो अध्यादेशको कार्यसूची

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

एमालेले भन्यो– प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो

एमालेले भन्यो– प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो