Live
| आइतबार, बैशाख ६, २०८३
EN
arya newro
BiraKhabar
अन्य

समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत २२ हजार भन्दा बढी सचेतनामुलक कार्यक्रम संचालन, २ लाख ३८ हजार भन्दा बढी लाभान्वित ।

2025 Jul 29 1:25 PM 109

विज्ञापन

Biratkhavar
समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत २२ हजार भन्दा बढी सचेतनामुलक कार्यक्रम संचालन, २ लाख ३८ हजार भन्दा बढी लाभान्वित ।

विराटनगर ।  समुदाय-प्रहरी साझेदारी कति राम्रो हाम्रो जिम्मेवारी, नागरिक प्रहरी मिली समाजलाई बनाऔं हितकारी भन्ने नाराका साथ कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर, अपराध नियन्त्रण गरी समाजमा शान्ति सुरक्षा व्यवस्था प्रभावकारी बनाउन तथा कानून कार्यान्वयन गर्दै आम नागरिकमा प्रभावकारी प्रहरी सेवा प्रदान गर्न सक्षम र सवल रहदै आईरहेको छ । समाजमा शान्ति सुरक्षा कायम राख्न गस्ती, पेट्रोलिङ, सुचना संकलन, शंकास्पद गतिविधिमा निगरानी तथा आपराधिक घटनामा तत्काल कारवाही गर्दै नागरिकलाई जनमैत्री प्रहरी सेवा प्रदान गर्न अरोरात्र परिचालित छ । प्रहरी र आम नागरिक बीचको सम्बन्ध सुदृढ बनाई समाजमा शान्ति सुरक्षा अमन चयन कायम राख्ने उदेश्यका साथ आम नागरिकहरुमा जनचेतना अभिवृद्धि गरी सचेतनाको कामीबाट हुने बिभिन्न घटना, दुर्घटना तथा अपराधहरुलाई नियन्त्रण तथा न्यूनिकरण गरी अपराधिक गतिबिधि लगायत अन्य अप्रिय घटनाहरुमा कमि ल्याउन कोशी प्रदेशको सुगम देखि अति दुर्गम स्थलहरुमा समेत समुदाय प्रहरी साझेदारी कार्यक्रम मार्फत विभिन्न सचेतनामुलक कार्यक्रमहरु निरन्तर रुपमा संचालन गरी समाजमा शान्ती सुरक्षा स्थापना गर्दै आईरहेको छ ।

समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत स्थानिय पालिका, विभिन्न संघ संस्था, बिद्यालयहरुसंगको समन्वय र सहकार्यमा महिला हिंसा न्यूनिकरण, लागू औषध विरुद्ध जनचेतना, ट्राफिक नियम तथा सडक सुरक्षा, साईवर अपराध/ बिद्युतिय अपराध, आत्महत्या न्यूनीकरण, मानव वेचविखन तथा ओसारसार, घरेलु हिंसा, लैङ्गिक हिंसा, जातिय छुवाछुत, बहुविवाह, बाल बिवाह, बालबालिका उपर गरिने शरीरिक तथा मानसिक यातना, प्राकृतिक प्रकोप लगायत बिभिन्न विषयहरुमा जनचेतना फैल्याउनुको साथै कानूनी प्रावधानहरुको बारेमा समेत जानकारी गराउदै आईरहेको छ ।

समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत आर्थिक वर्ष २०८१/०८२ मा जिल्ला प्रहरी कार्यलय खोटाङले ४ हजार १५५ वटा विभिन्न सचेतनामुलक कार्यक्रमहरु संचालन गरेको छ । यसै गरी इलामले ३ हजार ५७९ वटा, सुनसरीले २ हजार १३५ वटा, सोलुखुम्बुले २ हजार १११ वटा, भोजपुरले १ हजार ९१७ वटा, झापाले १ हजार ५९८ वटा, धनकुटाले १ हजार २६० वटा, ओखलढुंगाले १ हजार १०७ वटा, उदयपुरले ८२४ वटा, संखुवासभाले ७७२ वटा, ताप्लेजुंङले ७३६ वटा, मोरङले ७०५ वटा, तेह्रथुमले ६०६ वटा र पाचँथरले ६०१ वटा सचेतनामुलक कार्यक्रमहरु संचालन गरेका छ्न् । जसबाट २ लाख ३८ हजार भन्दा बढी सर्वसाधारणहरु लाभान्वित भएका छन् ।   कोशी प्रदेश प्रहरी समुदाय र प्रहरी बीचको सम्बन्धलाई मजबुत बनाई ग्रामीण तथा दुर्गम क्षेत्रमा बसोवास गर्ने नागरिकहरुमा सुरक्षा चेतना, कानूनी ज्ञान दिलाई अपराध मुक्त समाज निर्माणको निम्ति सक्रियताका साथ निरन्तररुमा परिचालित छ ।

विज्ञापन

Biratnagar Nagarpalika

ट्रेन्डिङ

1

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
2

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
3

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
4

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
5

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4
6

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
7

निर्वाचन परिणाम आउन थाले: धेरै क्षेत्रमा नयाँ दलहरूको अग्रता

Mar 6
8

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो, उपभोक्तामाथि थप भार

Mar 1
9

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1

वेब स्टोरिज

छुटाउनुभयो कि ?

ओलीको शल्यक्रिया सफल , पित्तथैलीबाट निकालियो २२ एमएमको ढुंगा

ओलीको शल्यक्रिया सफल , पित्तथैलीबाट निकालियो २२ एमएमको ढुंगा

बेबीको र यति एयरलाइन्सबीच व्यावसायिक साझेदारीः दुई वर्षमुनिका शिशुलाई निःशुल्क उडान सुविधा

बेबीको र यति एयरलाइन्सबीच व्यावसायिक साझेदारीः दुई वर्षमुनिका शिशुलाई निःशुल्क उडान सुविधा

हङकङमा  प्रेस चौतारी नेपाल कोशी प्रदेशका पूर्ब प्रदेश इन्चार्ज  पत्रकार कार्की सम्मानित

हङकङमा प्रेस चौतारी नेपाल कोशी प्रदेशका पूर्ब प्रदेश इन्चार्ज पत्रकार कार्की सम्मानित

ओली र लेखक रिहाईपछि शंकर पोखरेलले भने- औचित्य पुष्टि गर्न नसकेपछि हाजिरी जमानी नै  सहारा

ओली र लेखक रिहाईपछि शंकर पोखरेलले भने- औचित्य पुष्टि गर्न नसकेपछि हाजिरी जमानी नै सहारा

‘सरकारले मिडियामाथि आर्थिक नाकाबन्दी गर्न खोज्यो, संविधानको भावना विपरीत निर्णय’

‘सरकारले मिडियामाथि आर्थिक नाकाबन्दी गर्न खोज्यो, संविधानको भावना विपरीत निर्णय’

संसद् सचिवालयले बोलायो सर्वदलीय बैठक

संसद् सचिवालयले बोलायो सर्वदलीय बैठक

दक्षिण लेबनानमा युनिफिलमाथि फेरि घातक हमला, दुई शान्ति सैनिकको मृत्यु

दक्षिण लेबनानमा युनिफिलमाथि फेरि घातक हमला, दुई शान्ति सैनिकको मृत्यु

काठमाडौंका पूर्व सीडीओ छवि रिजाल पक्राउ, जेनजी आन्दोलन दमन प्रकरणमा अनुसन्धान

काठमाडौंका पूर्व सीडीओ छवि रिजाल पक्राउ, जेनजी आन्दोलन दमन प्रकरणमा अनुसन्धान