Live
| शनिबार, साउन २, २०८३
EN
arya newro
BiraKhabar
अर्थ वाणिज्य

टाटा मोटर्सले NADA अटो शो 2025 मा नयाँ EV मोडल र आकर्षक अफरहरू सार्वजनिक,ग्राहकहरुलाई बिषेश १० प्रकारका अफर सुबिधा प्राप्त हुने

2025 Aug 27 10:52 AM 192

विज्ञापन

Birat Cancer Hospital
टाटा मोटर्सले NADA अटो शो 2025 मा नयाँ EV मोडल र आकर्षक अफरहरू सार्वजनिक,ग्राहकहरुलाई बिषेश १० प्रकारका अफर सुबिधा प्राप्त हुने
ध्रुब कटवाल, काठमाडौं / टाटा मोटर्सले यस वर्षको NADA अटो शो 2025 मा आफ्नो विद्युतीय सवारीसाधनहरूको नवीनतम श्रृंखला प्रस्तुत गर्दै प्रदर्शनीलाई विद्युतीय बनाएको छ। सिप्रदी ट्रेडिङ प्रा. लि. सँगको साझेदारीमा टाटाले Tiago.ev को नयाँ Arizona Blue रंग  पहिलोपटक सार्वजनिक गरेको छ। यस वर्षको अटो शोमा प्रदर्शित प्रमुख EV मोडलहरूमा Curvv.ev, Nexon K3.ev, Punch.evर Tiago.evरहेका छन्। यी मोडलहरूले बोल्ड डिजाइन, उत्कृष्ट लूक्स र भविष्य–मैत्री प्रविधिको संयोजनमार्फत ग्राहकलाई नयाँ अनुभव दिने कम्पनीको दाबी छ। यसै अवसरमा, टाटाले ग्राहकका लागि विशेष ८ देखि १० अफरहरू ल्याएको छ, जसअन्तर्गत— सिप्रदीको देशव्यापी चार्जिङ नेटवर्कमा आजीवन निःशुल्क DC Fast Charging,  आकर्षक Discounts र Best Exchange Valuation, ३ वर्षसम्म निःशुल्क Servicing,  निःशुल्क AutoPlus Insurance,  निःशुल्क Accessories र १ वर्षको Vehicle Tax, घरमै निःशुल्क Charging Station Installation, निःशुल्क Embossed Number Plate लगायत अन्य थप सुबिधा थप्दै लैजान कम्पनीले जानकारी गराएको छ । यसरी, अफर र नयाँ मोडलहरूको संयोजनले नेपालमा विद्युतीय सवारीसाधन बजारलाई अझ प्रतिस्पर्धी र आकर्षक बनाउने कम्पनीको विश्वास छ।  Tata Passenger Electric Mobility Ltd. का इन्टरनेशनल बिजनेस प्रमुख यश खण्डेलवालका अनुसार, टाटाले यसपटक प्रस्तुत गरेको नवीन EV पोर्टफोलियोले नेपालमा मोबिलिटीको भविष्यलाई अझ दिगो र आधुनिक बनाउनेछ। त्यस्तै, सिप्रदी ट्रेडिङ प्रा. लि. का सिईओ राजन बाबु श्रेष्ठले यस प्रदर्शनीलाई नेपालमा विद्युतीय सवारीसाधन क्रान्ति तीव्र बनाउने महत्वपूर्ण मञ्चका रूपमा व्याख्या गर्दै सम्पूर्ण ग्राहकलाई उपयुक्त मोडल र बजेटअनुसारको विकल्प उपलब्ध हुने बताए।  टाटाले यसै अटो शोमा नयाँ Safari पनि सार्वजनिक गरेको छ, जसमा ADAS, मेमोरी सिट, ड्युल-जोन क्लाइमेट कन्ट्रोल, टेरेन रिस्पोन्स मोड्स लगायतका प्रिमियम विशेषताहरू छन्। यसको मूल्य रु. १२,१९९,००० बाट सुरु हुन्छ। NADA अटो शो 2025 भदौ ३ देखि ८ गतेसम्म (August 19–24, 2025) काठमाडौंको भृकुटीमण्डपमा आयोजना भइरहेको छ। टाटा मोटर्स र सिप्रदी ट्रेडिङ्गले सम्पूर्ण अटोप्रेमीहरूलाई आफ्ना नयाँ मोडल र सीमित अवधिका अफरहरू नजिकैबाट अवलोकन गर्न आमन्त्रण गरेको छ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?