Live
| बुधबार, भदौ २३, २०८३
EN
arya newro
BiraKhabar
खेलकुद

दिल्ली पब्लिक स्कुल विराटनगरमा वार्षिक खेलकुद सम्पन्न

2017 Jan 28 8:48 PM 65

विज्ञापन

Birat Cancer Hospital
दिल्ली पब्लिक स्कुल विराटनगरमा वार्षिक खेलकुद सम्पन्न
बिराटनगर १५ गते । प्रहरी उपरिक्षक सन्दिप भण्डारीले दिल्ली पब्लिक स्कुल विराटनगरमा भएको पाँचौ वार्षिक खेलकुद कार्यक्रममा खेलकुदले सर्वाङिगण बिकास गर्नुका साथै अपराध नियन्त्रण गर्न सहयोग पुग्ने कुरा बताउनु भयो । बिद्यालयले देखि नै केटाकेटीलाई खेलकुदमा भाग लिन लगाइयो भने उनीहरुको अध्ययन गर्ने क्षमतमा बिकास त पक्कै हुन्छ भने समाजमा अपराध गर्नेका संख्यामा समेत न्युनिकरण हुदै जान्छ तसर्थ बिद्यालयले गरेको कार्यक्रम अति नै सरानिया रहेको प्रहरी प्रमुख भण्डारी बताउनु भयो । राजमताज–१७ नाम दिएको पांचौ खेलकुद कार्यक्रमको उदघाटन जिल्ला प्रहरी प्रमुख सन्दिप भण्डारीले गर्नु भएको थियो । कार्यक्रममा एथेलिटेक्स तर्फ १७ वटा खेल रहेका छन् भने डान्स तर्फ ६ प्रकारका बिभिन्न नृत्य रहेको छ । बिद्यालयका संस्थापक निर्दैशक अरुण कुमार राठीले बिद्यालयले पढाई संगसगै खेलकुदमा बिद्यार्थीहरुलाई प्रत्येक बर्ष सरिक गर्दै लगेको र भबिश्यमा समेत लाने बताउनु भयो भने प्रबन्ध निर्दैशक प्रकास मुण्धडाले बिद्यालयमा अध्ययन गर्ने सबै बालबालिकाहरु राष्ट्र्र तथा अन्तराष्ट्र्रियमा आफनो प्रतिभा देखाउन सक्ने दक्ष जनशक्ति निर्माण गर्ने नै बिद्यालयको लक्ष्य रहेको बताउनु भयो । बिद्यालयको भावी योजना र बिद्यालयले गरेको बिभिन्न कृयाकलापबारे बिद्यालयका प्रिन्सीपल भिक्टर आई जोसेफले बताउनु भयो । खेलकुद कार्यक्रममा मन्टेशवरी कक्षा देखि कलेज १० प्लस टु सम्मका बिद्यार्थीहरुले भाग लिएका छन् । विद्यार्थीहरुको साँस्कृतिक नृत्य, मन्टेश्वरीका बिद्यार्थीहरुले ट्यालेन्ट शो, कक्षा १ देखि ११ सम्मका विद्यार्थीहरुको ड्रिल एवम् विभिन्न सांगीतिक कार्यक्रमहरु प्रस्तुत गरेका थिए । बिभिन्न खेलकुदमा भाग लिएका बिद्यार्थीहरुलाई पुरुस्कार बितरण समेत गरिएको थियो । समारोहमा लाइट सिस्टम सगसगै कक्षा ७ देखि कक्षा १२ सम्मका विद्यार्थीहरुका साथमा प्रहरी बैण्डबाजा सहितको टोलीले मार्चपास प्रदर्शन गरेको थियो । कार्यक्रममा ८ हजार भन्दा बढी अबिभावक, बिद्यार्थीहरुको सहभागित थियो । पाचौ खेलकुद कार्यक्रमको ब्यबस्थापन बिद्यालय लेखा अधिकृत बिरेन्द्र कुमार शाहले गर्नु भएको थियो । बिद्यालयमा २ वर्षको उमेर देखि १८ वर्षको उमेरसम्मका विद्यार्थीहरुको सर्वाङ्गिण विकासमा विद्यालयले ध्यान दिएको लेखा अधिकृत बिरेन्द्र कुमार शाहले बताउनु भयो । लेखा अधिकृत शाहले भन्नु भयो –शिक्षण सिकाइ क्रियाकलापमा पाठ्य पुस्तकका साथै विद्यार्थीहरुलाई स्वास्थ्य, सुरक्षा, व्यक्तिगत सरसफाई, पोषण, व्यक्तित्व विकास, खेलकुद, क्षेत्र भ्रमण, खोजमुलक कार्यहरु गर्दै आएको छ । प्रयोगात्मक ज्ञानलाई बढी महत्व दिएर गीत संगीत एवम् खेलद्धारा सिकाइलाई सहज एवम् दीगो हुने भएकोले बिद्यालयले यो प्रकिया अपनाएको बिद्यालयका प्रिन्सिपल भिक्टर आई जोसेफले बताउनु भयो ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2

वेब स्टोरिज

छुटाउनुभयो कि ?

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला

नाइमा मोबिलिटी एक्स्पो २०२६’- मा टाटाको नयाँ पञ्च ईभी र टियागो ईभी सार्वजनिक  नाइमा एक्स्पोमा बुकिङ गर्दा नयाँ पञ्च ईभी ३२.९९ लाखमै, साथमा ११ वर्षको विशेष वारेन्टी

नाइमा मोबिलिटी एक्स्पो २०२६’- मा टाटाको नयाँ पञ्च ईभी र टियागो ईभी सार्वजनिक नाइमा एक्स्पोमा बुकिङ गर्दा नयाँ पञ्च ईभी ३२.९९ लाखमै, साथमा ११ वर्षको विशेष वारेन्टी

मोरङ उद्योग व्यापार संघका निवर्तमान अध्यक्ष रिजालले गरे– रास्वपा सभापतिसँग भेटघाट तथा छलफल

मोरङ उद्योग व्यापार संघका निवर्तमान अध्यक्ष रिजालले गरे– रास्वपा सभापतिसँग भेटघाट तथा छलफल

बिराटनगरकये विष्णुमाया पुस्ताकालयले मनायो पुस्तकालय दिवस

बिराटनगरकये विष्णुमाया पुस्ताकालयले मनायो पुस्तकालय दिवस

सिमान्तकृत समुदायको अधिकार परिणाममुख बनाउन नारामा हैन पारामा जोड

सिमान्तकृत समुदायको अधिकार परिणाममुख बनाउन नारामा हैन पारामा जोड

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलले रसुवा लगायत बाढी पीडितलाई बिराट ग्रुपको ७२ लाख सहयोग

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलले रसुवा लगायत बाढी पीडितलाई बिराट ग्रुपको ७२ लाख सहयोग

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति