Live
| सोमबार, जेठ १८, २०८३
EN
arya newro
BiraKhabar
मोफसल

पूर्वाञ्चल विश्वविद्यालयको परीषा अब समयमा हुने र रिजल्ट पनि समयमा नै निस्कने कुरामा अभिभावक ढुक्क भए हुन्छ त्यसका लागि परिक्षा क्यालेन्डर नै तयार भैसकेको छ । बिश्वबिद्यालयमा उदाहरणीय काम गरेर देखाउने मेरो मैका परिक्षा पनि हो – प्रा.डा. सूर्य सङ्ग्रौला (पर

2017 Sep 19 8:27 AM 35

विज्ञापन

Birat Cancer Hospital
पूर्वाञ्चल विश्वविद्यालयको परीषा अब समयमा हुने र रिजल्ट पनि समयमा नै निस्कने कुरामा अभिभावक ढुक्क भए हुन्छ त्यसका लागि परिक्षा क्यालेन्डर नै तयार भैसकेको छ । बिश्वबिद्यालयमा उदाहरणीय काम गरेर देखाउने मेरो मैका परिक्षा पनि हो – प्रा.डा. सूर्य सङ्ग्रौला (पर

पूर्वाञ्चल बिकास क्षेत्र (हाल प्रदेश नं. १) ताप्लेजुङ जिल्लाको निगुरादिन, मालबा“से भन्ने ठाउ“मा पिता कृष्णप्रसाद सङ्गौ556ला र माता स्व. लक्ष्मीमाया सङ्ग्रौलाका साहिंला सुपुत्रका रुपमा वि.सं. २०१३ सालमा जन्मिएका प्रा.डा. सूर्य सङ्ग्रौलाले प्राज्ञिक क्षेत्रमा धेरै ज्ञान हासिल गरिसक्नु भएको छ । उहांले प्राध्यापन पेश संगसगै त्रिभुवन बिश्वबिद्यालयका पूर्व सह–परीक्षा नियन्त्रक भएका काम गरि सक्नु भएको छ भने हाल पूर्वाञ्चल विश्वविद्यालयका परीक्षा नियन्त्रक प्रा.डा. सङ्ग्रौलासग विराटखबर अनलाईनका लागि वरिष्ट पत्रकार तथा भाषा सम्पादक शंकर दाहाल सग भएको कुराकानीमा आधारित अन्तर्वाताको सारसङ्क्षेपः–

१. निकै लामो होडबाजीपछि तपाईंले पूर्वाञ्चल विश्वविद्यालयको परीक्षा नियन्त्रक बन्ने अवसर पाउनु भयो, यसमा तपाईंको के भनाई छ ?

तपाईंले भनेजस्तो म पूर्वाञ्चल विश्वविद्यालयको परीक्षा नियन्त्रक बन्नका लागि कुनै प्रकारको होडबाजीमा थिइन । मैंले परीक्षा नियन्त्रक बन्न पाऊ“ भनी कुनै प्रकारको लविङ पनि गरिन । मेरो लक्ष्य भनेको रजिष्टार उपकुलपति बन्ने हो । त्यसप्रति भविष्यमा पनि अभिलक्षित रहने छु । तथापि मेरा शुभचिन्तक, साथीभाइ मेरा अग्रजहरूले मलाई पू.वि.को गरिमाका लागि तपाईंले परीक्षा नियन्त्रक भएपनि सम्हाली दिनु परयो भनेपछि मैंले परीक्षा नियन्त्रक भई कार्य गर्ने इच्छा जाहेर गरेको हु“ । त्यसका लागि म उपकुलपति ज्यूलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।

२. तपाईंले परीक्षा नियन्त्रकको नियुक्ति पाएपछि तपाईंको कार्यकक्षमा ताला लाग्यो, नि ? के त्यो तपाईंकै विरोध थियो या संयोग मात्र ?

म परीक्षा नियन्त्रक भएसगै मेरै कार्यकक्षमा ताला लाग्यो । त्यसमा मेरै विद्यार्थी भाइहरू आउनुभयो । मेरो जवाफ थियो “म तपाईंहरू कै काम गर्न यहा“ आएको हु“, मलाई काम गर्ने वातावरण दिनुहोस्” भन्ने कुरा राखें । वहा“हरू विद्यार्थीका मुद्धा भन्दा पनि अन्य समूहका मुद्धा लिएर आउनु भयो । त्यो कुरा विद्यार्थी भाइहरूबाटै प्रष्ट भएको हो । मैले काम गर्ने वातावरण नपाएपछि अफिसबाहिर पाल टा“गेर नै काम अघि बढाएको हु“ । पछि विभिन्न चरणमा वार्ताहरू भए, सहमति भयो, ताला खुले । अहिले सहज भएको छ । काम अघि बढि सकेका छन् । त्यो कार्य मस“गै लक्षित हो वा विश्वविद्यालयसित लक्षित थियो त्यो मेरो सरोकारको विषय नै होइन ।” म त सधैं सहमति सहकार्य र एकताका साथ अघि बढ्न चाहन्छु । मेरो प्राथमिकता पनि त्यही हो ।

३. के तपाईंलाई परीक्षा नियन्त्रक बनाएर पूर्वाञ्चल विश्वविद्यालयले सम्मान दिएकै हो ?

हो, मलाई विश्वविद्यालयले सम्मान दिएकै हो । यसमा म खुशी छु किनकि मैंले प्राध्यापन क्षेत्रमा सेवा गरेको ३४ वर्ष भयो । मैंले २०४० सालमा डोटी बहुमुखी क्याम्पस, डोटी बाट प्राध्यापन पेशा सुरु गरेको हु“, २०४२ सालमा महेन्द्र बहुमुखी क्याम्पस धरानमा सरुवा भए“ । त्यसपछि २०४४ सालमा महेन्द्र मोरङ बहुमुखी क्याम्पस, विराटनगरमा सरुवा भए“ । त्यहींबाट उपप्राध्यापक, सहप्राध्यापक भए“ । वि.सं. २०६२ सालमा  B.P. Koirala Thought and Economic Development of Nepal  शीषकमा विद्यावारिधीको उपाधि हासिल गरे“ । साथै २०५६–२०५८ सम्म त्रि.वि.को सह–परीक्षा नियन्त्रक भई कार्यानुभव पनि संगालेको छु । यी सबै कुराहरूको मूल्यांकन पूर्वाञ्चल विश्वविद्यालयले गरेको छ, भन्ने मलाई लागेको छ । मलाई विश्वास छ, म मेरो अनुभवलाई प्रयोगात्मक  रुपमा प्रस्तुत गरी उदाहरणीय कार्य गरेर देखाउने छु । ४. के तपाईंले क्यालेण्डर निर्माण गरी अघि बढ्ने योजना बनाउनु भएको छ ? मैंले भर्खरै परीक्षा नियन्त्रकको जिम्मेवारी सम्हालेको हु“ । यस कार्यालयको मानव स्रोत साधन तथा अन्य स्रोत साधनलाई समेत अध्ययन गरी क्यालेण्डर निर्माण गर्दै छु । कार्यालयमा कर्मचारी अभावदेखि अन्य थुप्रै समस्याहरू रहेका छन् । ती सबै समस्याहरूलाई उचित व्यवस्थापन गर्न क्रियाशील रहेको छु । क्यालेण्डर निर्माण गर्न परीक्षा व्यवस्थापन कार्यालय भित्रका मात्र समस्या नभएर कतिपय सम्बन्धन प्राप्त क्याम्पस, आङ्गिक क्याम्पस, डिन कार्यालय आदिसग पनि सम्बन्धित समस्याहरू छन् । ती सबैलाई संयोजन गरी समस्याको एकीकृत समाधान निकाल्न क्रियाशील छ । इन्जिनियरिङ तर्फको सातौं समेष्टरको परीक्षा दशैं तिहारको बिचमा संचालन गरी परीक्षाफल पनि तुरुन्तै प्रकाशित गरी मौका परीक्षा पनि दिएर रोकिएको परीक्षा कार्यक्रमलाई नियमित बनाउने, जोडी–बिजोडी अङ्कका आधारमा क्यालेण्डर निर्माण गरी सबै शैक्षिक कार्यक्रमहरूलाई व्यवस्थित गर्ने कार्ययोजना शुरु गरिसकेको छु । यदि बन्दहड्ताल, तालाबन्दी भएन, देशको राजनैतिक परिस्थितिले परीक्षा कार्यक्रमलाई प्रतिकुल असर गरेन भने आगामी फाल्गुण महिनाभित्र विश्वविद्यालयका सम्पूर्ण परीक्षाहरू तथा परीक्षाफल प्रकाशन क्यालेण्डर अनुसार समयमै सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।

५. समयमा परीक्षा संचालन नहुने, परीक्षा भैहाले पनि समयमा परीक्षाफल प्रकाशन नहुने, २ वर्षे शैक्षिक कार्यक्रम ४ वर्ष, ४ वर्षे कार्यक्रम ५/६ वर्ष लाग्ने कुराले हजारौं विद्यार्थी तथा अभिभावकहरूको शैक्षिक लगानी खेर गएको अवस्थाले विश्वविद्यालयप्रति नकारात्मक धारणा बढ्ने कुरालाई निराकरण गर्न परीक्षा नियन्त्रकको हैसियतले कसरी व्यवस्थापन गर्नु हुन्छ ?ssssss

वास्तवमा तपाईंले उठाएको प्रश्न तीतो सत्य हो । पू.वि.का परीक्षा कार्यक्रम समयमा संचालन नहुने, परीक्षाफल प्रकाशनमा ढिलाई हुने जस्ता समस्याहरूको बारेमा विद्यार्थी तथा अभिभावकहरूका तर्फबाट पटक–पटक आवाज उठेकै हुन् । त्यो जायज पनि हो । त्यस्ता समस्याहरूलाई समयमै निराकरण गर्ने दिशामा हामी अगाडि बढ्नु जरुरी छ । यस्ता समस्याहरू यस कार्यालयसग मात्रै सम्बन्धित छैनन् । विश्वविद्यालय भित्रका आन्तरिक समस्याहरू, कर्मचारी अभाव, नीतिगत समस्याहरू आदिका कारणले पनि परीक्षा कार्यतालिका र परीक्षाफल प्रकाशन कार्य प्रभावित हु“दै आएको छ । यी सबै समस्याको गहन अध्ययन गरी सम्बन्धित क्याम्पसहरू, डिन कार्यालय, रजिष्टारको कार्यालयस“ग समन्वय गरी यी समस्यालाई निराकरण गर्न कटिबद्ध छु । यदि बन्दहड्ताल भएन, तालाबन्दी भएन देशमा कुनै खालको अप्ठेरो परिस्थिति सिर्जना भएन भने परीक्षा सकिएको ९० दिन भित्र परीक्षाफल प्रकाशन गर्ने र २ वर्षे शैक्षिक कार्यक्रम २ वर्षभित्रैमा ४ वर्षे शैक्षिक कार्यक्रभ ४ वर्षभित्रैमा सम्पन्न गर्न कुरामा सम्पूर्ण अभिभावक तथा विद्यार्थी वर्गलाई विश्वास दिलाउन चाहान्छु । उत्तर पुस्तिका परीक्षण कार्यलाई व्यवस्थित प्रभावकारी बनाउन परीक्षण केन्द्रहरू कायम गरी सोही स्थानबाट परीक्षण गर्ने गराउने विषयमा पनि आवश्यक गृहकार्य थालेको जानकारी दिलाउन चाहान्छु ।

६. पूर्वाञ्चल विश्वविद्यालयले संचालन गर्ने प्रवेश परीक्षा तथा अन्य शैक्षिक कार्यक्रमका समेष्टर तथा वार्षिका परीक्षा मर्यादित हु“दैन, मिलेमतोमा सेटिङ मिलाएर परीक्षा संचालन गरिन्छ भन्ने आरोप छ, नि । यसरी शिक्षाको गुणस्तर खस्किदैन ? यसलाई कसरी नियन्त्रण गर्नुहुन्छ ?

तपाईंले उठाएको विषय संवेदनशील विषय हो किनभने विश्वविद्यालय देशको उच्च जनशक्ति उत्पादन गर्ने संस्था हो । हाम्रो देशमा मूल्याङ्कन गर्ने प्रमुख साधन भनेको परीक्षा नै हो । परीक्षा मर्यादित व्यवस्थित हुन सकने भने गुणस्तर खस्कदै जान्छ । यसले गर्दा देशमा बेरोजगारीको दर बढ्दै जान्छ । यस विश्वविद्यालयबाट सम्बन्धन लिएका थुप्रै कलेजहरू छन् । ती कलेजहरूबाट उत्पादित जनशक्ति नै भोलिको नेपाल निर्माणका साध्य हुन् । परीक्षा स्वच्छ र मर्यादित हुनै पर्छ । त्यसका लागि विभिन्न योजनाहरु अघि सारेको छु । त्यसका लागि मैंले भर्खरै विभिन्न स्थानमा पुगेर परीक्षा केन्द्रको निरीक्षण अवलोकन कार्य शुरु गरेको छु । परीक्षाकेन्द्रको हकमा सकेसम्म पूर्वाञ्चल विश्वविद्यालयकै आङ्गिक क्याम्पसहरूमा राख्ने, त्यो सम्भव नभएका ठाउ“मा त्रि.वि.का आङ्गिक क्याम्पसहरूमा केन्द्र राख्ने तयारीमा छु । तिनै क्याम्पसकका क्याम्पस प्रमुखलाई नै केन्द्राध्यक्षको जिम्मेवारी दिने र परीक्षा अवलोकनकर्ता पठाउ“दा लामो अनुभव भएका व्यक्तिहरूलाई परीक्षा स्वच्छ मर्यादित ढङ्गबाट संचालनको भुमिका दिने तयारी गर्दै छु । यसका साथै नागरिक समाजमा सदस्यहरु सम्बन्धित क्षेत्रका क्याम्पसका प्रमुखहरूस“ग परीक्षालाई मर्यादित बनाई गुणस्तर खस्कन नदिन गहन छलफल कार्य अघि बढाउने, वहा“हरू बिचमा सहमति नभए परीक्षा व्यवस्थापन कार्यालयले आवश्यक योजना तयार गरी अघि बढ्ने छ । परीक्षा व्यवस्थापन कार्यालयबाट प्रभावकारी अनुगमनको व्यवस्था मिलाएको छु । प्रश्नपत्र निर्माण परिमार्जन तथा छपाइ कार्यमा विशेष सतर्कता अपनाइएको छु । यस्तै अन्य विकल्पकहरूको खोजी गरिदै छ । पूर्वाञ्चल विश्वविद्यालयका सम्पूर्ण परीक्षाहरूलाई स्वच्छ, मर्यादित र व्यवस्थित गर्दै अघि बढ्ने छु । यदि कोही कसैबाट परीक्षाको वातावरण खल्बल्याउने अमर्यादित कार्य गर्ने गराउने पाइएको खण्डमा नियमानुसार कानुनी कारवाही अघि बढाउने छु ।

७. विद्यार्थी सङ्गठन, राजनैतिक दलसग तपाईंले कस्तो अपेक्षा राख्नु भएको छ ?

मलाई विश्वविद्यालयले विद्यार्थीअभिभावको काम गर्न भनेर परीक्षा नियन्त्रक बनाएको हो । म त्यो काम गर्न कटिबद्ध छु । क्यालेण्डर निर्माण गरी समयमै व्यवस्थित तथा मर्यादित ढंगले परीक्षा संचालन गर्ने र समयमै परीक्षाफल प्रकाशित गर्ने मेरा प्राथमिकता हुन् । तपाईंहरूको सहयोगबिना मर्यादित ढंगबाट समयमै परीक्षा संचालन गर्न तथा समयमा परीक्षाफल प्रकाशन गर्न सकिदैन । त्यसबाट विद्यार्थी तथा अभिभावकको लगानी त खेर जान्छ त्यसका साथै परीक्षा सम्बन्धी सबै कार्यक्रमहरू अस्तव्यस्त हुन जान्छन् । तसर्थ कुनै प्रकारका बन्द–हड्ताल तथा तालाबन्दी नगरी दिनुहोस्, कुनै समस्या आएमा वार्तालाई नै समस्या समाधानको माध्यम बनाऔं, तपाईंहरूको सकारात्मक सहयोगको सदैव अपेक्षा राख्दछु ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
6

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
7

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
8

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4
9

निर्वाचन परिणाम आउन थाले: धेरै क्षेत्रमा नयाँ दलहरूको अग्रता

Mar 6

वेब स्टोरिज

छुटाउनुभयो कि ?

छोटी भन्सार खारेजीको निर्णयविरुद्ध सिरहाको जिरोमाइलमा प्रदर्शन

छोटी भन्सार खारेजीको निर्णयविरुद्ध सिरहाको जिरोमाइलमा प्रदर्शन

भूमि मन्त्रालयको बेरुजु १३ अर्ब २४ करोड, धोबीखोला अतिक्रमणसँग जोडिएको झन्डै २ अर्ब

भूमि मन्त्रालयको बेरुजु १३ अर्ब २४ करोड, धोबीखोला अतिक्रमणसँग जोडिएको झन्डै २ अर्ब

वामपन्थी आन्दोलनलाई पुनर्जीवन दिन तत्काल गर्नुपर्ने ७ काम

वामपन्थी आन्दोलनलाई पुनर्जीवन दिन तत्काल गर्नुपर्ने ७ काम

मधेशमा नयाँ सत्ता गठबन्धनमै असमझदारी, ९ बुँदे सहमतिमा हस्ताक्षर नहुँदा सरकार विस्तार रोकियो

मधेशमा नयाँ सत्ता गठबन्धनमै असमझदारी, ९ बुँदे सहमतिमा हस्ताक्षर नहुँदा सरकार विस्तार रोकियो

बाढीले ताप्लेजुङ-पाँचथरका चार जलविद्युत् आयोजना बन्द, ५५ मेगावाट उत्पादन ठप्प

बाढीले ताप्लेजुङ-पाँचथरका चार जलविद्युत् आयोजना बन्द, ५५ मेगावाट उत्पादन ठप्प

राष्ट्रिय सभाको क्यालेन्डरबाटै गायब भयो अध्यादेशको कार्यसूची

राष्ट्रिय सभाको क्यालेन्डरबाटै गायब भयो अध्यादेशको कार्यसूची

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

एमालेले भन्यो– प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो

एमालेले भन्यो– प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो