Live
| सोमबार, जेठ १८, २०८३
EN
arya newro
BiraKhabar
मोफसल

पूर्बि क्षेत्र १६ जिल्लाबाट एस.ई.ई.मा १ लाख ४ हजार बिद्यार्थीहरु सहभागि हुदै

2018 Mar 19 3:44 PM 36

विज्ञापन

Birat Cancer Hospital
पूर्बि क्षेत्र १६ जिल्लाबाट एस.ई.ई.मा १ लाख ४ हजार बिद्यार्थीहरु सहभागि हुदै
धु्रब कट्वाल विराटनगर । पुरानो साबिक पूर्वाञ्चल बिकास क्षेत्रबाट यस पालीको (एस.एल.सी.) एस.ई.ई. मा एक लाख भन्दा बढी बिद्यार्थीहरुले परिक्षा दिने भएका छन् । आगामी चैत्र ८ गते देखि हुने सो परिक्षाको तयारी समेत पुरा भएको छ । तर राजनैतिक भागबन्डा हुने केन्द्राध्यक्षको नियुक्ति भने केही जिल्लाहरु अझै हुन सकेको छैन् । यस एसईई परीक्षामा पूर्वबाट १ लाख ३ हजार ३ सय ४० विद्यार्थीले सहभागिता जनाउने भएका छन् । मुलुक संंघीय संरचनामा गए पनि अञ्चलकै संरचनामा सञ्चालन हुन लागेको परीक्षामा सप्तरी र सिरहासहित प्रदेश नम्बर १ का १४ जिल्लाबाट १ लाख ३ हजार ३ सय ४० विद्यार्थीले सहभागिता जनाउने भएका हुन् । प्रदेश नम्बर १ बाट मात्र ८३ हजार ८ सय ६६ विद्यार्थीले सहभागिता जनाउनेछन् । २०७४ सालको एसईई परीक्षामा पूर्व क्षेत्रका लागि ४ सय ४६ परीक्षा केन्द्र तोकिएको क्षेत्रीय शिक्षा निर्देशनालय धनकुटाका परीक्षा शाखाका अधिकृत दीपक श्रेष्ठले जानकारी दिए । उनका अनुसार परीक्षामा सहभागिता जनाउँदै गरेका विद्यार्थीमध्ये ९६ हजार ५ सय ७८ विद्यार्थी नियमित हुन् भने ६ हजार ७ सय ६२ विद्यार्थी एक्जाम्टेड हुन् । पहिले एसएलसी परीक्षा सञ्चालन हुँदा एक्जाम्टेड विद्यार्थी बढी हुन्थे । तर शिक्षा ऐनको आठौं संसोधनपछि एसएलसीलाई एसईई बनाएर गे्रडिङ प्रणालीमा लगिएको थियो । ग्रेडिङ प्रणाली लागू भएपछि एक्जाम्टेड विद्यार्थीको संख्या घटेको हो । चैत २० गतेसम्म सञ्चालन हुने परीक्षामा मोरङबाट १७ हजार ७ सय ८९ जना प्रशिक्षार्थीले सहभागिता जनाउँदैछन् । ती विद्यार्थीका लागि मोरङमा ६९ वटा परीक्षा केन्द्र तोकिएको छ । त्यस्तै झापाबाट १६ हजार ६१ विद्यार्थी सहभागिता जनाउँदैछन् । झापामा ५४ वटा परीक्षा केन्द्र तोकिएको छ । १२ हजार ५ सय ९७ विद्यार्थीले सहभागिता जनाउने सुनसरीमा ४६ वटा र ३ हजार ११ विद्यार्थी सहभागी हुने धनकुटामा १८ वटा परीक्षा केन्द्र तोकिएको छ । त्यस्तै १७ वटा परीक्षा केन्द्र तोकिएको ताप्लेजुङबाट २ हजार ३ सय ९९ विद्यार्थीले सहभागिता जनाउनेछन् । पाँचथरबाट सहभागिता जनाउने ४ हजार ३ सय १५ विद्यार्थीका लागि २० वटा परीक्षा केन्द्र तोकिएको छ । ५ हजार १ सय २० विद्यार्थीले सहभागिता जनाउने इलाममा २३ परीक्षा केन्द्र तोकिएको छ । त्यस्तै दुई हजार ५ सय ८४ विद्यार्थी सहभागिता जनाउने संखुवासभामा १५ वटा परीक्षा केन्द्र तोकिएको छ । १६ वटा परीक्षा केन्द्र तोकिएको भोजपुरबाट ३ हजार २ सय ८६ विद्यार्थीले सहभागिता जनाउ“दैछन् । १ हजार ८ सय ७४ विद्यार्थीले सहभागिता जनाउने सोलुखुम्बुमा १४ वटा र ४ हजार २ सय ७८ विद्यार्थी सहभागिता जनाउने खोटाङमा २४ वटा परीक्षा केन्द्र तोकिएको छ । ओखलढुंगामा १७ वटा परीक्षा केन्द्रबाट ३ हजार ५६ विद्यार्थीले परीक्षा दिनेछन् । त्यस्तै ५ हजार ५ सय ६२ विद्यार्थी सहभागिता जनाउने उदयपुरमा २५ वटा परीक्षा केन्द्र तोकिएको छ । प्रदेश नम्बर २ का सप्तरीमा ९ हजार ५ सय ९५ विद्यार्थी सहभागी हुँदैछन् भने सिराहबाट ९ हजार ८ सय ७८ विद्यार्थी सहभागी हुनेछन् । सप्तरीमा ३६ परीक्षा केन्द्र छन भने सिरहामा ३८ परीक्षा केन्द्र तोकिएको छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
6

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
7

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
8

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4
9

निर्वाचन परिणाम आउन थाले: धेरै क्षेत्रमा नयाँ दलहरूको अग्रता

Mar 6

वेब स्टोरिज

छुटाउनुभयो कि ?

छोटी भन्सार खारेजीको निर्णयविरुद्ध सिरहाको जिरोमाइलमा प्रदर्शन

छोटी भन्सार खारेजीको निर्णयविरुद्ध सिरहाको जिरोमाइलमा प्रदर्शन

भूमि मन्त्रालयको बेरुजु १३ अर्ब २४ करोड, धोबीखोला अतिक्रमणसँग जोडिएको झन्डै २ अर्ब

भूमि मन्त्रालयको बेरुजु १३ अर्ब २४ करोड, धोबीखोला अतिक्रमणसँग जोडिएको झन्डै २ अर्ब

वामपन्थी आन्दोलनलाई पुनर्जीवन दिन तत्काल गर्नुपर्ने ७ काम

वामपन्थी आन्दोलनलाई पुनर्जीवन दिन तत्काल गर्नुपर्ने ७ काम

मधेशमा नयाँ सत्ता गठबन्धनमै असमझदारी, ९ बुँदे सहमतिमा हस्ताक्षर नहुँदा सरकार विस्तार रोकियो

मधेशमा नयाँ सत्ता गठबन्धनमै असमझदारी, ९ बुँदे सहमतिमा हस्ताक्षर नहुँदा सरकार विस्तार रोकियो

बाढीले ताप्लेजुङ-पाँचथरका चार जलविद्युत् आयोजना बन्द, ५५ मेगावाट उत्पादन ठप्प

बाढीले ताप्लेजुङ-पाँचथरका चार जलविद्युत् आयोजना बन्द, ५५ मेगावाट उत्पादन ठप्प

राष्ट्रिय सभाको क्यालेन्डरबाटै गायब भयो अध्यादेशको कार्यसूची

राष्ट्रिय सभाको क्यालेन्डरबाटै गायब भयो अध्यादेशको कार्यसूची

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

एमालेले भन्यो– प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो

एमालेले भन्यो– प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो