Live
| शनिबार, साउन ९, २०८३
EN
arya newro
BiraKhabar
खेलकुद

फिफा विश्वकप : ३ दिन बाँकी!

2018 Jun 11 8:17 AM 119

विज्ञापन

Birat Cancer Hospital
फिफा विश्वकप : ३ दिन बाँकी!
एजेन्सी – विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता फिफा विश्वकप २०१८ सुरु हुन अब ३ दिन बाँकी छ । सन् २०१० को विश्वकप विजेता स्पेनले यसपटक पनि उपाधिमा आफ्नो दावेदारी प्रस्तुत गरेको छ । स्पेनिस टोलीले सन् २०१० मा उपाधि जित्दा जेरार्ड पिके टोलीका नियमित सदस्यका रुपमा स्थापित भइसकेका थिए । ८ वर्ष बितिसक्दा पनि पिकेको भूमिका भने फेरिएको छैन । यसपटक पनि उनि विपक्षीको आक्रमण निस्तेज पार्न स्पेनको रक्षात्मक पंक्तिको मुख्य भागमा रहने छन् । क्लबबाट गत सिजन उत्कृष्ट प्रदर्शन गर्दै लिग अवधिभर एक खेल मात्र हारेको बार्सिलोनाको महत्त्वपूर्ण सदस्य पिकेले सोहि लयलाई कायम राख्ने सोच बनाएका छन् । स्पेनले पहिलो खेलमै चिर परिचित प्रतिद्वन्द्वी पोर्चुगलको सामना गर्नेछ । भौगोलिक हिसाबले छिमेकी राष्ट्र पोर्चुगलमा पनि अनुभवी डिफेन्सको भूमिका महत्त्वपूर्ण हुने देखिन्छ । पूर्व रियल म्याड्रिड डिफेन्डर पेपे यसपटक पनि टोलीमा अटाएका छन् र पहिलो रोजाइमा पर्ने लगभग पक्का छ । उनलाई जोआओ क्यान्सेलो र राफेल गुरेरो जस्ता युवा खेलाडीले डिफेन्समा सहारा दिनेछन् । स्पेन र पोर्चुगल दुवै टोली यस विश्वकपमा उपाधि दावेदारको रुपमा हेरिएका टोली हुन् । विश्वकप उपाधि जित्ने लक्ष्य बोक्दा सुरुआती खेलको नतिजाले निकै महत्त्व राख्छ । त्यसैले दुवै टोली अधिकतम ३ अंक जोड्दै विश्वकप सुरुआत गर्ने सुरमा हुनेछन् ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?