Live
| सोमबार, जेठ १८, २०८३
EN
arya newro
BiraKhabar
मोफसल

महेश होमियो दातब्य(निःशुल्क) औषधालयमा दैनिक ५० जना बिरामीहरुको भिड

2019 Jan 26 2:01 PM 42

विज्ञापन

Birat Cancer Hospital
महेश होमियो दातब्य(निःशुल्क) औषधालयमा दैनिक ५० जना बिरामीहरुको भिड
बिराटनगर । महेश होमियो दातब्य(निःशुल्क) औषधालय घोकापुलमा दैनिक ५० जना भन्दा बढी बिरामीहरु सेवालिदै आएका छन् । यही आर्थिक बर्ष २०७५ श्रावण देखि माघ १५ गते सम्म ३ हजार ६ सय ४५ जना भन्दा बढी बिरामीले सेवा लिई सकेका छन् । बि.स. २०७२ साल देखि हाल सम्म यो संस्थाको संयोजक घनेश्याम राठी हुन् । उनैको अगुवाईमा बिभिन्न सेवाहरु बिस्तार समेत हुन थालेका छन् भने बिरामीहरुको संख्यामा समेत बृद्धि हुन थालेको छ ।50889842_1995436270525488_6881544387180888064_n यहांको सेवा राम्रो भएर नै यहा सेवा लिन बिरामीहरु, झापा, सुनसरी, मोरगं, धनकुटा लगायत स्वदेशका बिभिन्न स्थानहरु तथा जोगमनी, फारबिंशगञ्ज लगायत भारतबाट समेत आउने गरेका संयोजक राठीले बताए । यस आर्थिक बर्ष भित्र ७ हजार ५ सय बिरामीहरुको सेवा गर्ने लक्ष्य राखेको संयोजक राठीले बताए भने गत आर्थिक बर्षमा ५ हजार १ सय ९१ जनाले सेवा लिएका थिए । नेपाल महेश्वरी सभा अन्तर्गत २०३९ सालमा स्थापित भई हाल सम्म बिरामीहरुको सेवा पुराएको छ । बार्षिक ३ लाख आर्थिक खर्च हुने यो औषाधलयमा बिगत ६ बर्ष देखि जीतेन्द्र कुमार राठी र जुगल किशोर राठीको सयुक्त सहयोगबाट बार्षिक रु ७० हजार बराबरको औषधी खरिद गरिन्छ भने अन्य खर्च बिभिन्न मन भएका सहयोगीहरुले दिने गरेको संयोजक राठीले बताए । यो औषाधलय दिनहुं बिहान ९ बजे देखि १ बजे सम्म खुल्ने गर्दछ । डा. आशिष कुमार राय बिगत १० बर्ष देखि काम गर्दै आएका छन् भने ६ बर्ष देखि कार्यालय सहायकका रुपमा रेखा गुप्ता काम गर्दे आइरहेकी बताउछिन् । बिरामीहरुबाट दर्ता शुल्क रु.३० लिने गरिन्छ । तर औषधालयमा उपलब्ध भएको औषधी मात्र दर्ता शुल्क तिरे पछि निःशुल्क औषधी र डाक्टरी सेवा उपलब्ध गराउदै आएको संयोजक घनेश्याम राठीले बताए । यहां आई सके पछि धेरै बिरामीहरु निको हुने गरेको अनुभव सुनाउछन् । साउदी अरबमा काम गर्दै आएका बिराटनगर–१४ निबासी ३२ बर्षिय त्रिलोकीनाथ शाहले यहां दवाई खाई सके पछि २ टुक्रा पथ्थरी निस्केको अनुभव सुनाउछन् । लगातार १ महिना दवाई सेवन गरे पछि उपचार राम्रो भएको हो । यसै गरी कानको समस्या लिएर आएका बिराटनगर–२ निबासी ४० बर्षिय रोशन बंशलले होमियोप्याथिक दवाईले राम्रो र साईड इफेक्ट नभएको हुनाले म यही सेवा लिन आएको बताए ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
6

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
7

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
8

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4
9

निर्वाचन परिणाम आउन थाले: धेरै क्षेत्रमा नयाँ दलहरूको अग्रता

Mar 6

वेब स्टोरिज

छुटाउनुभयो कि ?

छोटी भन्सार खारेजीको निर्णयविरुद्ध सिरहाको जिरोमाइलमा प्रदर्शन

छोटी भन्सार खारेजीको निर्णयविरुद्ध सिरहाको जिरोमाइलमा प्रदर्शन

भूमि मन्त्रालयको बेरुजु १३ अर्ब २४ करोड, धोबीखोला अतिक्रमणसँग जोडिएको झन्डै २ अर्ब

भूमि मन्त्रालयको बेरुजु १३ अर्ब २४ करोड, धोबीखोला अतिक्रमणसँग जोडिएको झन्डै २ अर्ब

वामपन्थी आन्दोलनलाई पुनर्जीवन दिन तत्काल गर्नुपर्ने ७ काम

वामपन्थी आन्दोलनलाई पुनर्जीवन दिन तत्काल गर्नुपर्ने ७ काम

मधेशमा नयाँ सत्ता गठबन्धनमै असमझदारी, ९ बुँदे सहमतिमा हस्ताक्षर नहुँदा सरकार विस्तार रोकियो

मधेशमा नयाँ सत्ता गठबन्धनमै असमझदारी, ९ बुँदे सहमतिमा हस्ताक्षर नहुँदा सरकार विस्तार रोकियो

बाढीले ताप्लेजुङ-पाँचथरका चार जलविद्युत् आयोजना बन्द, ५५ मेगावाट उत्पादन ठप्प

बाढीले ताप्लेजुङ-पाँचथरका चार जलविद्युत् आयोजना बन्द, ५५ मेगावाट उत्पादन ठप्प

राष्ट्रिय सभाको क्यालेन्डरबाटै गायब भयो अध्यादेशको कार्यसूची

राष्ट्रिय सभाको क्यालेन्डरबाटै गायब भयो अध्यादेशको कार्यसूची

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

एमालेले भन्यो– प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो

एमालेले भन्यो– प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो