Live
| शुक्रबार, असोज २९, २०८३
EN
arya newro
BiraKhabar
मोफसल

शिक्षक तथा सुरक्षाकर्मीलाई राहत वितरण, सप्तकोशी नगर फेरि विवादमा

2020 May 10 8:50 PM 100

विज्ञापन

Birat Cancer Hospital
शिक्षक तथा सुरक्षाकर्मीलाई राहत  वितरण, सप्तकोशी नगर फेरि विवादमा

सप्तरीको सप्तकोशी नगरपालिका वडा नं ३ मा राहत वितरणको नाममा अनियमितता भएको भन्दै स्थानिय आक्रोसित भएका छन। राहत वितरण निर्देशिकाको मापदण्ड मिचेर सरकारी जागिरे र सुरक्षाकर्मीलाई राहत वितरण गरेको भन्दै स्थानियको आक्रोस चरम उत्कर्षमा पुगेको थियो। हुने खानेलाई राहत वितरण गरेको र गर्जो टार्न नसक्नेलाई नसमेटेको उनीहरुको गुनासो छ। १ छोरा र १ छोरी भएकी एकल महिला राजवती चौधरी एकल महिला हुन। उनले करुण स्वरमा रुँदै आफ्नो गुनासो राखीन। “म एकल महिला हुँ, छोरीलाई राहत लिन पठाएको रुँदै घर आई, म मजदरी गरेर खाने मान्छे हुँ तर मलाइ राहत दिएनन्।” यस्तै वडा सदस्य नेपनी विक र सिताराम सदाले राहत लिएर गरिबको खिल्ली उडाएको भन्दै स्थानिय महिला नेम चौधरीले आक्रोस व्यक्त गरेकी थिइन।

राहत वितरणमा अनियमितता भएको स्वीकार्दै वडाध्यक्ष देवकान्त गोजेवारले पुनः टोल विकास समिति नगर प्रतिनिधि, अनुगमन समिति सहित छलफल गरेर समस्या निराकरण गर्ने बताए। लगभग ८० प्रतिशत राहत वितरण कार्य सम्पन्न भइसकेको छ। यस्तोमा मापदण्ड बिपरित राहत लिइसकेका बाट राहत फिर्ता गराएर लक्षित वर्गमा वितरण गरिने वडाध्यक्ष गोजेवारको भनाइ थियो। नगरपालिकाले दोस्रो चरणको राहतमा एक जना बराबर ७ किलो चामल, १ किलो दाल, १ घर बराबर १ लिटर तेल, २ किलो नुन बितरण गर्ने निर्णय गरेको थियो।

विवादले वडा कार्यालय भरिभराउ भएपछि नगर प्रमुख, उत्तम कुमार शर्मा, उपमेयर आशा चौधरी, विपक्षी दलका प्रतिनिधि, अनुगमन समितिका सदस्य, सुरक्षाकर्मी सहितको टोली वडा कार्यालय पुगेको थियो। बाइटः मेयर शर्माले लक्षित बर्ग भन्दा बाहिरकाले राहत पाएको देखिएको भन्दै वडा समिति र सर्वदलिय समितिबाट समस्या निराकरण गर्ने बताएका थिए। दोस्रो चरणको राहत वितरणमा पार्टीगत स्वार्थ हावी भएको, २०—२२ कठ्ठा जग्गा भएकाले पनि राहत पाएको, प्रतिनिधीका आसेपासेहरु सम्पन्न भएपनि राहत पाएको, कतिपय गरिबलाइ भने राहतबाट बञ्चित गरिएको अनुगमन समिति सदस्य रोहीणी पोखरेलले बताए। भिडियो रिपोर्ट हेर्न तलको लिंक क्लिक गर्नुहोस्। https://www.youtube.com/watch?v=1JXXCGeTNZU&t=102s

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

ग्रामथान अध्यक्ष नमोनारायणकै सामुन्ने उनकै भरौटेले धम्क्याएपछि पत्रकारहरूले गुहारे प्रशासन

May 10

वेब स्टोरिज

छुटाउनुभयो कि ?

›
सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला