Live
| शुक्रबार, असोज २९, २०८३
EN
arya newro
BiraKhabar
मोफसल

बहुमतको सप्तकोशी सरकार विवादमा, एक तिहाई बढी समावेसी कार्यपालिका सदस्यहरु अधिकार विहिन

2020 Sep 11 5:53 PM 99

विज्ञापन

Birat Cancer Hospital
बहुमतको सप्तकोशी सरकार विवादमा,  एक तिहाई बढी समावेसी कार्यपालिका सदस्यहरु अधिकार विहिन

वि.पी. कोइराला । कार्यपालिका बैठकमा न्यूनतम उपस्थिती पु¥याएर अन्य समानुपातिक समावेशी सदस्यहरुलाई अधिकार विहिन बनाएको भन्दै सप्तकोशी नगरपालिकाका कार्यपालिका सदस्यहरु असन्तुष्ट बनेका छन्।

समानुपातिक समावेशी सिद्धान्त अनुसार प्रतिनिधिन्व भएका महत्वपुर्ण सदस्यहरुलाइ पाखा लगाएपछि सप्तकोशी नगरपालिकाको स्थानिय सरकार विवादित बनेको हो। नगरसभा गर्न ढिलाई भएपछि विवादित बन्दै आएको सप्तकोशी नगरपालिकाको २१ सदस्यीय कार्यपालिका मध्ये २१ सदस्य नै नेकपाबाट निर्वाचित हुन। बहुमतको स्थानिय सरकारमा पनि सिंडिकेट प्रणाली हावी भएको भन्दै समावेशी कार्यपालिका सदस्यहरुले असन्तुष्टि ब्यक्त गरेका हुन।untitled-1

नगरपालिकाका कार्यपालिका सदस्यहरुमा क्रमशः सत्यनारायण खंग, लाल ब. बिक, चेनाई पासवान, गंगा सदा, लिला मगर, सञ्जु चौधरी, सर्मिला खड्का  र शान्ति यादवले कार्यपालिकाका बैठकहरुमा नबोलाउँदा कार्यपालिका सदस्यहरुको अधिकार खोस्ने काम भएको गुनासो गरेका छन्। कार्यपालिकाका एक सदस्य लाल बहादुर बिक भन्छन्, ‘हामीलाई नगरपालिकामा हुने कुनैपनि गतिविधिका बरेमा जानकारी गराइँदैन । आफ्नो मनले काम गर्छन, के हुँदैछ जानकारीसमेत गराउँदैनन,’ उनले भने, ‘ हामीलाई त बयल जस्तै बनाएका छन् । आवश्यक परेको समयमा जोत्ने मात्रै ।’

यस्तै अर्का कार्यपालिका सदस्य सत्य नारायण खंगले भने, ‘करोडौंको वजेट आएको छ भनेर सुनिन्छ, कहाँ कसरी खर्च गरिरहेका छन्, थाहा नै हुँदैन, कसैले पनि समन्वय गर्दैनन्’  । यस्तै महिला सदस्यहरुले समेत आफुहरुलाई वाइपास गरेर नगरपालिकाले मनोमानी गरिरहेको आरोप लगाएका छन्। एक सदस्य भन्छिन्, ‘कार्यपालिकाका सदस्यको पद वडाअध्यक्ष सरहको मानिन्छ, तर कार्यपालिका सदस्यलाई नाम मात्रको जनप्रतिनिधि भनिएको छ, कुनै हैसियत छैन।’

सप्तकोशी नगरपालिकाले महत्वपूर्ण बैठकमा नबोलाउने र निर्णय गर्नुपर्ने समयमामात्र आफुहरुलाई खबर गर्ने गरेको सदस्यहरुको गुनासो छ। यस्तै राज्यको सबै तहमा सबैको हकअधिकार स्थापित गर्नका लागि संविधानले  ‘समानुपातिक समावेशी’ सिद्धान्त सुनिश्चित गरेको भएतापनि  सप्तकोशी नगरपालिकामा भने व्यवहारिक पाटो फरक पाइएको छ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

ग्रामथान अध्यक्ष नमोनारायणकै सामुन्ने उनकै भरौटेले धम्क्याएपछि पत्रकारहरूले गुहारे प्रशासन

May 10

वेब स्टोरिज

छुटाउनुभयो कि ?

›
सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला