Live
| शुक्रबार, असोज २९, २०८३
EN
arya newro
BiraKhabar
अर्थ वाणिज्य

प्रदेश उद्योग वाणिज्य महासंघमा ढकाल सर्वसम्मत

2021 Jan 5 10:08 AM 88

विज्ञापन

Birat Cancer Hospital
प्रदेश उद्योग वाणिज्य महासंघमा ढकाल सर्वसम्मत
विराटनगर  । विर्तामोडमा सम्पन्न भएको नेपाल उद्योग वाणिज्य १ नम्बर प्रदेश समितिको तेस्रो साधारण तथा अधिवेशनबाट झापा उद्योग संघका अध्यक्ष रहेका टीकाराज ढकाल अध्यक्षमा चयन भएका छन् । पुस ११ गते विराटनगरमै तोकिएको महासंघको उक्त साधारणसभामा सदस्यताको विषयलाई लिएर गर्ग प्रिन्टर्सका प्रोप्राइटर रहेका सुशील धनावतले निषेधाज्ञायुक्त परमादेश माग गर्दै उच्च अदालत विराटनगरमा पुस १० गते रिट निवेदन दर्ता गरेका थिए । न्यायाधीश राजनप्रसाद भट्टराईको एकल इजलासले साधारणसभा रोक्न अल्पकालिन अन्तरिम आदेश गरेपछि रोकिएको थियो । पुस १५ मा न्यायाधीशद्वय प्रेमराज ढकाल र रेणुका शाहको संयुक्त इजलासले उक्त अन्तरिम आदेशलाई निरन्तरता दिनु नपर्ने ठहर गरेपछि महासंघको साधारणसभा गर्न बाटो खुलेको थियो । त्यसपछि महासंघको साधारणसभा नै विराटनगरबाट विर्तामोड सारिएको थियो । सोमबार सम्पन्न साधारणसभा तथा अधिवेशनबाट महासंघको उपाध्यक्षमा राजेन्द्र राउत सर्वसम्मत चयन भएका हुन् ।महासंघको विधान अनुसार प्रदेशमा दुईजना उपाध्यक्ष रहन्छन् । जसमध्ये जिल्ला उपाध्यक्षतर्फ इटहरी उद्योग वाणिज्य महासंघका अध्यक्ष भीम पौडेल सर्वसम्मत भएका छन् । महासंघको कोषाध्यक्षमा विराटनगरका उद्योगी रमेश राठी पनि पुनः निर्विरोध चयन भएका छन् । त्यसैगरी महासंघको जिल्ला, एसोसिएट र वस्तुगत गरी नौ सदस्य पदमा जिल्ला संघ मध्येबाट युवराज शाक्य (संखुवासभा), कुमार भट्टराई (विर्तामोड), भूपालराज कटुवाल (गौरादह), पृतम खड्गी (उर्लाबारी) र वीरेन्द्रकुमार साह (इनरुवा) निर्विरोध चयन भएका छन् । वस्तुगततर्फ विराटनगरका राजन श्रेष्ठ र सुवास आचार्य चयन भएका हुन् । एसोसिएट सदस्यमा रविन दाहाल र श्रवणकुमार अग्रवाल सर्वसम्मत रुपमा चयन भएको जनाइएको छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

ग्रामथान अध्यक्ष नमोनारायणकै सामुन्ने उनकै भरौटेले धम्क्याएपछि पत्रकारहरूले गुहारे प्रशासन

May 10

वेब स्टोरिज

छुटाउनुभयो कि ?

›
सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला