Live
| आइतबार, भदौ १३, २०८३
EN
arya newro
BiraKhabar
मोफसल

महेन्द्ररत्म माविका छात्राहरुलाई प्रविधिको शौचालय हस्तान्तरण

2021 Mar 13 8:55 PM 73

विज्ञापन

Birat Cancer Hospital
महेन्द्ररत्म माविका छात्राहरुलाई प्रविधिको शौचालय हस्तान्तरण
सुरेन्द्र भण्डारी, झापा । अझैपनि नेपालका धेरैजसो सामुदायिक विद्यालयमा अध्ययन गर्ने छात्राहरु आफूलाई महिनाबारी भएको समयमा विद्यालय नजाने गरेका घटनाहरु सार्वजनिक भइरहेका छन् । विशेष गरी ग्रामीण क्षेत्रमा सञ्चालित सामुदायिक विद्यालयमा अध्ययन गर्ने छात्राहरुलाई महिनावारी भएको समयमा विद्यालयले निःशुल्क रुपमा सेनिटरी प्याड उपलब्ध गराउन नसक्नु र राम्रो शौचालयको समेत व्यवस्था नहुँदा छात्राहरुले विद्यालय छाड्नु पर्ने अबस्था कायमै रहेको रोटरी इन्टरनेशनल डिस्ट्रक ३२९२ का डिस्ट्रिक गर्भनर इलेक्ट सन्तोष रिजालले बताउनुभयो ।img_7668 कतिपय विद्यालयमा छात्रा मैत्री शौचालय नहुनु, शौचालय भएपनि व्यवस्थित र सुरक्षित नहुदा विद्यालय गएका किशोरीहरुलाई समस्या हुने गरेको रिजालको भनाई छ । सामुदायिक विद्यालयमा अध्ययन गर्ने धेरैजसो वालवालिकाहरुलाई अहिले पनि सुरक्षित शौचालयको व्यस्था नहुदा छात्रा मात्र होइन छात्रहरुपनि समस्यामा पर्ने गरेका छन् । यसैलाई मध्यनजर गर्दै रोटरी क्लव अफ बिर्तामोडले झण्डै दश लाख रुपैयाँ खर्च गर्दै बिर्तामोडस्थित महेन्द्ररत्न माध्यमिक विद्यालयमा छुट्टै छात्रा अपाङ्ग मैत्री शौचालय निर्माण गरेको छ । बिर्तामोड नगरपालिका – ३ बिर्तावजारमा रहेको महेन्द्ररत्म माध्यमिक विद्यालयसहित महालक्ष्मी विकास बैंक, नेपाली सेनाको श्री नयाँ श्रीनाथ गण चालआली, रोडट्याक क्लव अफ बिर्तामोडको आर्थिक सहयोगमा रोटरी क्लव अफ बिर्तामोडले छुट्टै छात्रा अपाङ्ग मैत्री शौचालय निर्माण गरेको हो । किशोरीहरुलाई महिनावारी भएको समयमा सेनिटरी प्याड प्रयोग गर्न, प्रयोग भइसकेको प्याडलाई डिस्पोज गर्न र आवश्यक परेको समयमा प्याड लिन सकिने गरीको व्यवस्था सहितको नयाँ प्रविधिको शौचालय निर्माण गरिएको विद्यालयलाई शौचालय हस्तान्तरण समारोहमा रोटरीक्लव अफ बिर्तामोडका डाइरेक्टर सर्भिस प्रोजेक्ट विनोद वस्नेतले बताउनुभयो । कोभिड– १९ को बढ्दो संक्रमणका कारण समयमा शौचालय निर्माण गर्न नसकिएको बताउँदै रोटरी क्लव अफ बिर्तामोडका अध्यक्ष निर्मल भट्टराईले ढिला गरी शौचालन तयार गरिएपनि शौचालय आधुनिक र पूर्ण रुपमा अपाङ्ग मैत्री रहेको बताउनुभयो । शौचालय हस्तान्तरण समारोहमा शौचालय निर्माणमा आर्थिक सहयोग गर्ने दाताहरुलाई सम्मान गरिएको थियो । यसरी सम्मानित हुनेहरुमा महालक्ष्मी विकास बैंक लिमिटेड बिर्तामोड शाखा कार्यालयका शाखा प्रमुख विजय कार्की, महेन्द्ररत्न विद्यालयका प्रधानाध्यापक खड्ग प्रसाद खरेल, नेपाली सेनाको श्री नयाँ श्री नाथ गण चारआलीका गणपति अमरजंघ थापा, रोट¥याक क्लव अफ बिर्तामोडका निर्वतमान अध्यक्ष राज मुखिया र अध्यक्ष प्रवास थापा मगर रहेका छन् । शौचालय हस्तान्तरण समारोहमा उद्योग वाणिज्य संघ बिर्तामोडका नव निर्वाचित अध्यक्ष प्रकाश शविाकोटी, विद्यालयका प्रधानाध्यापक खड्ग प्रसाद खरेल, रोटरी क्लव अफ बिर्तामोडकी निवर्तमान अध्यक्ष निकिता गिरी , सञ्जय गिरी, लगायतले बोल्नु भएको थियो । कार्यक्रम रोटरी क्लव अफ बिर्तामोडका सचिव सञ्जीव घिमिरेले सञ्चालन गर्नु भएको थियो ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2

वेब स्टोरिज

छुटाउनुभयो कि ?

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न