Live
| शुक्रबार, असोज २९, २०८३
EN
arya newro
BiraKhabar
मोफसल

भएको ओइलानी जमिन पावरबालाको नाममा पास, बांकी रहेको कम्पाउन्ड लगाएको अनि कहाँबाट राजधानीको नाममा जग्गा ?

2022 Aug 11 3:00 PM 190

विज्ञापन

Birat Cancer Hospital
भएको ओइलानी जमिन पावरबालाको नाममा पास, बांकी रहेको कम्पाउन्ड लगाएको अनि कहाँबाट राजधानीको नाममा जग्गा ?
विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विराटनगरलाई स्थायी राजधानी बनाउने सम्बन्धमा जग्गा त दिने भने तर कसको जग्गा दिने ? प्रश्न आउन थालिसकेको छ । विराटनगरमा हुने यस्ता धेरै कार्यक्रमलाई सम्बोधनका नाममा भाषन हुने गरेको धेरै भयो । नाम राख अनि जग्गा दिने । त्यो पनि कसको जग्गा दिने । कसलाई त्यो अधिकार छ । जमिनदारहरुले अझै जमिन जोडेर राख्न थालेका छन् भने भएको ओइलनि पनि धेरैको नाममा पास भएको देखिएको छ । बांकी रहेको जग्गा पनि हडपेर पावरबालाहरुले कम्पाउन्ड लाई बसेको सबैलाई थाहा नै छ । तर पनि जग्गा म दिने । महानगरले दिने आदि आदि प्रश्न आउन थालेका छन् । अरु कुरा तपसिलमा रहे । भनाईहरु र गराईहरु उस्तै देखिन थालेपछि कार्यक्रममा यस्ता कुरा सम्म भन्न थालेको देखियो । सोही कुरा प्रस्तुत गरिएको छ । स्थायी राजधानीका संरचना निर्माण गर्न भन्दै प्रदेश सरकारले जग्गा खोजीका लागि समिति गठन गरेको छ । मेयर कोइरालाले विराटनगर महानगर क्षेत्रभित्रै राजधानीका लागि आवश्यक पर्ने सबै भौतिक संरचना निर्माण हुनुपर्नेमा जोड दिए । “धेरै संरचनाहरू निर्माण भइसकेका छन्,” कोइरालाले भने, “प्रदेशका संरचना निर्माणका लागि जग्गा आवश्यक परे महानगरले उपलब्ध गराउँछ ।” वृहत्तर विराट क्षेत्रको अवधारणालाई आधार मानेर प्रदेश सरकारले विराटनगरलाई राजधानी तोकेको थियो । जसले विराटनगरभन्दा बाहिर पनि राजधानीका संरचना निर्माण गर्न सक्ने अवस्था छ । वृहत्तर विराट क्षेत्रले १८ वटा पालिका समेटेको छ ।biratnagar-mahanagar प्रदेश सरकारले औपचारिक रुपमा महानगरलाई जग्गाका लागि आग्रह गरे उपलब्ध गराउन तयार रहेको मेयर कोइरालाको भनाइ थियो । “अहिलेसम्म प्रदेश सरकारका तर्फबाट राजधानीका लागि भौतिक संरचना निर्माण गर्न जग्गा उपलब्ध गराउन भनेर औपचारिक एउटा पनि पत्र आएको छैन,” मेयर कोइरालाले भने, “कार्यक्रममा भेटेका बेला लु लग्गा उपलब्ध गराइदिनुहोस् भनेर त भएन नि ! सबैको आफ्नै विधि र विधान हुन्छ । महानगरमा औपचारिक पत्र आए छलफल गरेर जग्गा उपलब्ध गराउँछौं ।” राजधानीका संरचना एकै ठाउँ हुनुपर्नेमा उनको जोड थियो । एउटै कम्पाण्डभित्र संसदसहित सबै मन्त्रालय भए काम गर्नसमेत सहज हुने उनको बुझाइ छ । “मन्त्रालयहरू छरिँदा संसद सञ्चालनमा समेत समस्या आउनेछ,” कोइरालाले भने, “एकजना मन्त्री संसदमा उपस्थित नभई नभई संसद सुचारु हुँदैन । टाढाबाट मन्त्री आउँदा समय पनि खेर जान्छ । एउटै पर्खालभित्र संसद, मुख्यमन्त्री र अन्य मन्त्रालयहरू भएमा जनतालाई मात्रै होइन मन्त्रीहरूलाई पनि धेरै सहज हुन्छ ।” राजधानीका संरचनाहरू छरिँदा प्रदेशमाथि व्ययभारसमेत थपिने कोइरालाले बताए । मेयर कोइरालाले भने, “राजधानी भनेको अंशबण्डा गरेजस्तो होइन, धेरैतिर संरचना छरिँदा मन्त्रालयहरूबीच समन्वयको अभाव हुन्छ । प्रदेशसभा र मन्त्रिपरिषद् कार्यालय आउँदा र जाँदा समय बर्वाद हुन्छ । फ्युल खर्च हुन्छ । हामीले एउटा कोणबाट मात्रै हेरेर भएन सबै कोणबाट हेर्नुपर्छ ।”

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

ग्रामथान अध्यक्ष नमोनारायणकै सामुन्ने उनकै भरौटेले धम्क्याएपछि पत्रकारहरूले गुहारे प्रशासन

May 10

वेब स्टोरिज

छुटाउनुभयो कि ?

›
सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला