बिनोद बिष्ट, विराटनगर । बालविकास केन्द्रहरूलाई व्यवस्थित बनाउन विराटनगर महानगरपालिकाकाले निर्देशिका बनाउने भएको छ । निर्देशिकाको अभावमा महानगरभित्र सञ्चालित बालविकास केन्द्रहरू व्यवस्थित रुपमा सञ्चालनमा कठिनाइ भएको थियो । महानगरले प्रारम्भिक बाल विकास केन्द्र सञ्चालन तथा व्यवस्थापन निर्देशिकाको मस्यौदासमेत तयार पारेको छ । तयार पारेको निर्देशिकाको मस्यौदामाथि सरोकारवालाहरूलाई राखेर छलफलसमेत सुरु गरेको छ । आइतबार मस्यौदाका विषयमा छलफल भएको छ । बालविकास केन्द्र शिक्षाको जग भएकाले व्यवस्थित बनाउनुपर्ने शैक्षिक महाशाखा प्रमुखसमेत रहेका महानगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत दुर्गाप्रसाद खतिवडाले बताए । बालविकास केन्द्रका बारेमा अभिभावकहरूले पनि जानकारी राख्नु आवश्यक रहेको खतिवडाको भनाइ थियो । “बालविकास केन्द्र पढाउने ठाउँ होइन, यहाँ बालबालिकाहरूलाई विद्यालय जाने वातावरण सिर्जना गर्ने र जीवनोपयोगी सीप सिकाउने हो,” निमित्त प्रमुख प्रशासकीय अधिकृत खतिवडाले भने, “प्रारम्भिक कक्षादेखि ३ कक्षासम्म ध्यान दिने हो भने त्यसभन्दा माथि त बालबालिकाहरू आफैंले सिक्छन् अपग्रेट हुन्छन् ।” बालविकास केन्द्रको भूमिका नबुझेर कतिपय अभिभावले शिक्षिकाहरूलाई गाली गर्ने गरेको समेत उनले सुनाए । बालविकास केन्द्रहरूमा बालबालिकाहरू सुतेमा अभिभावकले शिक्षिकाहरूलाई गाली गर्ने गरेको उनको भनाइ थियो । “तर, त्यो होइन बालविकास केन्द्र्रमा बालबालिकाहरू पढ्न गएका होइनन् भनेर अभिभावकले बुझ्न जरुरी छ,” उनले भने, “शिक्षालाई पूर्वाधारको पनि पूर्वाधार भनिन्छ, अझ बालविकास केन्द्र त विद्यालय शिक्षामा बालबालिकालाई भर्नादर बढाउने मुख्य उद्देश्य पनि हो ।” महानगरले पहिलोपटक बालविकास सञ्चालनसम्बन्धी निर्देशिका बनाउन लागेको खतिवडाले जानकारी दिए । महानगरका प्रवक्ता सन्तोष न्यौपानेले आएका सुझावलाई निर्देशिकामा समेटेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । वडा नम्बर ५ का वडाध्यक्षसमेत रहेका न्यौपानेले निर्देशिकाले बालविकास केन्द्रहरूलाई व्यवस्थित बनाउन सहयोग पुग्ने बताए । “बालविकास केन्द्रलाई व्यवस्थित बनाउन हामी वडाध्यक्षहरू पनि गम्भीर छौं,” न्यौपानेको भनाइ थियो, “विभिन्न समितिमा छलफल गरेर निर्देशिकालाई कार्यान्वयनको प्रक्रियामा लानेछौं ।” सेतो गुराँस विराटनगरकी अध्यक्ष सरु केसीले निर्देशिका उत्कृष्ट भएको चर्चा गर्दै शिक्षा शब्द थप्न सुझाव दिइन् । निर्देशिकालाई छोटो र छरितो बनाउनुपर्नेमा समेत उनको जोड थियो । छलफलमा वडा नम्बर १ का अध्यक्षसमेत रहेका सामाजिक विकास समितिका संयोजक काजी बस्नेत, २ का बडा अध्यक्ष कुमार पोखरेल, ११ का तीर्थेन्द्र न्यौपाने, १३ का सूर्यलाल यादव, १९ का श्याम घिमिरेसहित कार्यपालिका सदस्यहरू, शिक्षक महासंघका नगर अध्यक्ष वेदप्रसाद खतिवडा, पोखरिया माविका प्रम खेम भट्टराई, जनता आधारभूत विद्यालय दरैयाका प्रअ नरहरि कोइराला, सहयोगी कार्यकर्तालगायतले निर्देशिकाका विषयमा सुझाव दिएका थिए । निर्देशिकाको मस्यौदा शैक्षिक महाशाखाका बालविकास केन्द्र हेर्ने फोकल पर्सन नवराज ढुंगानाले प्रस्तुत गरेका थिए । सरोकारवालाहरूसँगको छलफलपछि अब मस्यौदामाथि नगर शिक्षा समितिमा छलफल हुनेछ । त्यसपछि सामाजिक विकास समितिमा पेश हुनेछ । सामाजिक समितिमार्फत कार्यपालिकामा पेश गर्ने प्रक्रिया रहेको छ । कार्यपालिकामा छलफल गरेर सुझावका लागि विधायन समितिमा पठाइनेछ । विधायन समितिले आवश्यक अध्ययन गरी सिफारिससहित निर्णयका लागि पुनः कार्यपालिकामा पठाउनेछ । त्यसपछि कार्यपालिकाले स्वीकृत गरेपछि निर्देशिका कार्यान्वयनमा निमित्त प्रमुख प्रशासकीय अधिकृत खतिवडाले जानकारी दिए ।
महानगरद्वारा बालविकास केन्द्र तथा शिक्षालाई व्यवस्थित बनाउने प्रक्रिया सुरु बालविकास केन्द्रसँग सम्बन्धित निर्देशिकाको मस्यौदा माथि छलफल
ट्रेन्डिङ
Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)
Mar 1💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)
Mar 1कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड
May 10समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत
Mar 10चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक
Mar 9जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली
Mar 2पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित
May 10टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो
May 11रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद
Mar 2
