Live
| मंगलबार, भदौ २२, २०८३
EN
arya newro
BiraKhabar
स्वास्थ्य

विराट मेडिकल कलेजमा उत्कृष्ट उपचार : तीन महिने शिशुको घाँटीको सफल शल्यक्रिया

2023 Mar 31 9:57 PM 150

विज्ञापन

Birat Cancer Hospital
विराटनगर । विराट मेडिकल कलेज शिक्षण अस्पतालमा तीन महिने शिशुको घाँटीको सफल शल्यक्रिया भएको छ । सुनसरीको हरिनगरा– ३ का तीन महिने शिशु शिवेन्द्र ठाकुरको घाँटीको सफल शल्यक्रिया भएको हो । उनको घाँटीमा चाँदीको पाउजुको लक अड्किएको थियो । घाँटीमा चाँदी अड्किएको परिवारले थाहा पाएपछि उनलाई चैत्र ७ गते विराट मेडिकल कलेजको नाक, कान, घाँटी विभागमा उपचारका लागि भर्ना गरिएको थियो । तर अवस्था गम्भीरभएपछि उनका परिवारले काठमाण्डौ लग्ने तयारी गर्दै गर्दा नाक, कान, घाँटीको डाक्टरले नै विराटमा बालशल्य चिकित्सक भएको सुझाव दिएपछि उनको उपचार सोही अस्पतालमा सुरु गरिएको अस्पतालले जनाएको छ । ती शिशुको शल्यक्रिया बरिष्ठ बालशल्य चिकित्सक डा. हिरामणी पाठकले गरेका थिए । बच्चाको घाँटीमा अड्किएको चाँदी इन्डोस्कोपीबाट निकाल्न खोज्दा असम्भव भएपछि शल्यक्रियाको माध्यमबाट निकालिएको डा. पाठकले जानकारी दिए । उनका अनुसार यो खोल्को शल्यक्रिया गर्न परे काठमाण्डौ नै पठाइने गरिएको छ । ‘दिदिको पाउजुको अड्काउने ठाँउको लकेट मुखमा खेलाउदा खेलाउदै अड्काएको रहेछ, घाटीको तल पनि गएन, बाहिर पनि निस्किएन त्यसपछि यहाँ अस्पतालको नाक, कान घाँटीममा भर्ना गरिएको रहेछ, इन्डोस्कोपीबाट निकाल्न खोज्दा हलिएन’, उनले भने, ’यस्तो अप्रेशन काठमाण्डौ पठाइने गरिन्छ, यो पनि काठमाण्डौ जान रेडी भएको रहेछ । ’ अस्पतालमा नै बालशल्य चिकित्सक रहेको भएको परिवारले पत्तो पाएपछि बच्चाको शल्यक्रिया गरिएको डा. पाठकले बताए । छातीको माथिल्लो पट्टीको घाँटी अप्रेशन गरेर निकालिएको उनले बताए । संभवतः पूर्वमा यो अप्रेशन विराट मेडिकलले पहिलो पटक गरेको अस्पतालको दाबी छ । ’पूर्वमा यो खाल्को अप्रेशन पहिलो पटक हो, यस्तो खाल्को केश बाटोमा मर्ने सम्भावना पनि हुन्छ, तीन महिनाको बच्चाको सम्भव नै भएन’, उनले भने, ’पूर्वमा बालशल्य चिकित्सक नै छैन, तीन महिनाको बच्चा भएकाले नाक, कान घाँटीले प्रयास गर्दा नभएपछि सहकार्य गरेर शल्यक्रिया मैले गरेको हो ।‘  

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2

वेब स्टोरिज

छुटाउनुभयो कि ?

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला

नाइमा मोबिलिटी एक्स्पो २०२६’- मा टाटाको नयाँ पञ्च ईभी र टियागो ईभी सार्वजनिक  नाइमा एक्स्पोमा बुकिङ गर्दा नयाँ पञ्च ईभी ३२.९९ लाखमै, साथमा ११ वर्षको विशेष वारेन्टी

नाइमा मोबिलिटी एक्स्पो २०२६’- मा टाटाको नयाँ पञ्च ईभी र टियागो ईभी सार्वजनिक नाइमा एक्स्पोमा बुकिङ गर्दा नयाँ पञ्च ईभी ३२.९९ लाखमै, साथमा ११ वर्षको विशेष वारेन्टी

मोरङ उद्योग व्यापार संघका निवर्तमान अध्यक्ष रिजालले गरे– रास्वपा सभापतिसँग भेटघाट तथा छलफल

मोरङ उद्योग व्यापार संघका निवर्तमान अध्यक्ष रिजालले गरे– रास्वपा सभापतिसँग भेटघाट तथा छलफल

बिराटनगरकये विष्णुमाया पुस्ताकालयले मनायो पुस्तकालय दिवस

बिराटनगरकये विष्णुमाया पुस्ताकालयले मनायो पुस्तकालय दिवस

सिमान्तकृत समुदायको अधिकार परिणाममुख बनाउन नारामा हैन पारामा जोड

सिमान्तकृत समुदायको अधिकार परिणाममुख बनाउन नारामा हैन पारामा जोड

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलले रसुवा लगायत बाढी पीडितलाई बिराट ग्रुपको ७२ लाख सहयोग

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलले रसुवा लगायत बाढी पीडितलाई बिराट ग्रुपको ७२ लाख सहयोग

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति