Live
| शुक्रबार, असोज २९, २०८३
EN
arya newro
BiraKhabar
अर्थ वाणिज्य

प्रयोग बिहीन कृषि थोक बजारमा मेला लाग्ने र शुन्य हुने चिन्ता, कोशी प्रदेश सरकारले चलाउन सहजीकरण गर्ने, निजी क्षेत्र उत्साहित

2024 Sep 12 11:47 AM 172

विज्ञापन

Birat Cancer Hospital
प्रयोग बिहीन कृषि थोक बजारमा मेला लाग्ने र शुन्य हुने चिन्ता, कोशी प्रदेश सरकारले चलाउन सहजीकरण गर्ने, निजी क्षेत्र उत्साहित
बबित चौधरी, विराटनगर । कोशी प्रदेश सरकारले बिगतमा बनाएको र प्रयोग बिहीन भएको कृषि थोक बजारमा आज बिहीबार देखि कृषि एक्स्पो–२०८१ शुरु भएको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले एक्स्पोको बिधिबत उद्घाटन गरी मेला शुरु हुनेछ । यसै गरी आिज नै संघिय कृषि मन्त्रि मोरङको कटहरी गाउँपालिका–१ स्थित कृषि थोक बजार केन्द्रमा आउनेछन् र अबलोकन गर्ने छन् । किसान र कृषि व्यवसायीहरूले पहिलो एक्स्पोमा आफ्नो सहभागिता उत्साहित रूपमा रहने विश्वास आयोजकले लिएको छ । कृषि एक्स्पोका लागि पाँच वटा ब्लकमा १३ वटा स्टल रहेका छन् । जसमा कृषि तथा पशुपंक्षीसम्बन्धि सरकारी कार्यालयको स्टलदेखि निजी क्षेत्रले उत्पादन गरेका कृषि उपकरण र किसानको उत्पादन प्रदर्शनीमा राखिने छन् । मुलुकको आर्थिक विकासको मुख्य स्रोतका रूपमा रहेको कृषि क्षेत्रलाई अघि बढाउन एक्स्पो सफल हुने आयोजक नेपाल उद्योग बाणिज्य महासंघ कोशी प्रदेश समितिले जनाएको छ । महासंघका अध्यक्ष राजेन्द्र राउतले किसानको व्यापक सहभागीताले कृषि एक्स्पो सफल हुने बताएका छन् । यो एक्स्पोको आयोजनाका लागि तीनै तहका सरकार, निजी क्षेत्र, दातृ निकाय, किसान र कृषि पेशा व्यवसायसँग सम्वद्ध क्षेत्रको महत्वपूर्ण योगदान रहेको बताए । वर्तमानमा खेतीपाती र कृषि व्यवसायलाई अझ आधुनिक, प्रभावकारी र लाभदायक बनाउने भनेर जान्नको लागि धेरै तरिकाहरू रहेको र त्यसलाई एकै ठाउँमा समेटेर एक्स्पो आयोजना गरिएको हो । कृषि क्षेत्रका सवै कुरा बुझ्न र जान्नका लागि सबैभन्दा भरपर्दो र प्रत्यक्ष आँखाले हेर्न र अनभूत गर्न पाउने भएकोले कृषि एक्स्पो सफल हुने आयोजकले जनाइएको छ । कृषि एक्स्पोमा एउटै छानामुनि उत्पादनहरू, सेवाहरू र प्रविधिहरू प्रदर्शन गरिने छ । एक्स्पोले कृषि व्यापारका साथै लगानीका अवसरहरू पहिचान गर्न र अन्वेषण गर्न प्रदेश र देशव्यापी रूपमा ठूलो सञ्जाल निर्माण गर्ने जनाइएको छ । साथै बजारकर्ताहरू, सरोकारवालाहरूलाई अर्थपूर्ण सम्बन्ध स्थापित गर्न, बजारमा आफ्नो क्षेत्रको वस्तुको जानकारी प्राप्त गर्न र कृषि क्षेत्रका नयाँ आविष्कार र त्यसको प्रदर्शनी गर्न एक्स्पो सक्षम हुने जनाइएको छ । यसको माध्यमबाट बजार साझेदारी र दीर्घकालीन सफलता प्राप्त हुने महासंघले जनाएको छ । यस कृषि एक्स्पोमा कोशी प्रदेशमा फस्टाउन खोज्ने कुनै पनि कृषि व्यवसाय र व्यवसायीहरूका लागि अवसर समेत सिर्जना गर्ने जनाइएको छ । नेपालका साथै भारतको विहार अन्तरगतको कृषि विभाग र कोलकताबाट अगुवा कृषक, कृषि व्यवसायी र विज्ञहरूको समूहले सहभागिता जनाउँदैछन् । कृषि क्षेत्रमा फड्को मार्दै गएको भारतमा प्रयोग भइरहेका र विकास भइरहेका आधुनिक कृषि उपकरणहरू समेत यस पटक कृषि एक्स्पोमा राखिने छन् । घरेलु कृषि औजारदेखि अत्याधुनिक कृषि ड्रोन प्रदर्शनी हुने जनाइएको छ । तीनै तहका सरकारहरूले कृषिको आधुनिकीकरण र व्यवसायीकरणलाई प्राथमिकता दिंदै कृषकहरूलाई आवश्यक सहयोग र्पुयाउने जनाइएको छ । एक्स्पो भदौ ३) मा औपचारिक रूपमा समापन हुनेछ ।  

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

ग्रामथान अध्यक्ष नमोनारायणकै सामुन्ने उनकै भरौटेले धम्क्याएपछि पत्रकारहरूले गुहारे प्रशासन

May 10

वेब स्टोरिज

छुटाउनुभयो कि ?

›
सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला