खेलकुद, फल्यास न्यूज, ब्रेकिङ्ग न्यूज, समाचार
एसिया कपमा भारतविरुद्ध आशिफ शेखको शानदार अर्धशतक

काठमाडौँ । एसिया कप क्रिकेटमा भारतविरुद्ध जारी खेलमा नेपालका ओपनर ब्याटर आशिफ शेखले अर्धशतक प्रहार गरेका छन् । उनले २७ ओभर २ बलमा अर्धशतक प्रहार गरेका हुन् । उनले ८८ बलमा ७ चौका प्रहार गर्दै अर्धशतक पूरा गरे ।

महिला टी–२० विश्व कप एसिया क्षेत्र छनोटमा नेपालले भुटानलाई तीन विकेटले हरायो

काठमाण्डौ । आईसीसी महिला टी–२० विश्व कप एसिया क्षेत्र छनोटमा नेपालले भुटानलाई तीन विकेटले हराएको छ । लगातार तेस्रो जितकासाथ नेपाल समूह ‘ए’ को शीर्षस्थानमा उक्लिएको छ । जितको लागि नेपालले ४० रनको लक्ष्य पाएको थियो । यो लक्ष्य नेपालले १३ ओभर २ बलमा ७ विकेट गुमाउँदै भेट्टायो । नेपालका कप्तान रुविना क्षेत्री १२ रनमा […]

ताप्लेजुङ गोल्डकप: जुट विकास फुटबल एकेडेमी सेमिफाइनलमा

ताप्लेजुङ । ताप्लेजुङमा बिहीबारदेखि सुरु भएको ताप्लेजुङ गोल्डकपको पहिलो खेलमा इटहरीको जुट विकास फुटबल एकेडेमी सेमिफाइनलमा प्रवेश गरेको छ । घरेलु टिम मानाभारा युथ स्पोर्टिङ क्लबलाई ट्राइबेकरमा ५–४ गोल अन्तरले पराजित गर्दै फुटबल एकेडेमी सेमिफाइनलमा प्रवेश गरेको हो । दुवै टिमले निर्धारित समयमा एक\ एकको बराबरी खेलेका थिए । खेलको पहिलो हाफमा इटहरीका रोहण कार्कीले […]

एसिया कप क्रिकेट: नेपाल पाकिस्तानसँग २ सय ३८ रनले पराजित

काठमाडौँ  । एसिया कप क्रिकेटमा नेपाल पाकिस्तानसँग २ सय ३८ रनले पराजित भएको छ । पाकिस्तानको मुल्तानमा बुधबार सम्पन्न खेलमा पाकिस्तानले दिएको ३ सय ४३ रनको विशाल लक्ष्य पछ्याएको नेपाल २३ ओभर ४ बलमा १ सय ४ रन बनाउँदै अल आउट भएसँगै पराजित भएको हो ।नेपालका लागि सोमपाल कामीले सर्वाधिक २८ रन बनाए भने आरिफ […]

एसिया कप क्रिकेट : नेपालले बुधबार पाकिस्तानसँग खेल्ने

काठमाडौँ । एसिया कप क्रिकेटमा पहिलो पटक सहभागिता जनाउन लागेको नेपालले बुधबार घरेलु टोली पाकिस्तानसित खेल्नेछ । सोह्रौँ संस्करणको एसिया कपको उद्घाटन खेल पाकिस्तानको मुल्तान क्रिकेट रङ्गशालामा दिउँसो ३ः४५ बजे हुनेछ । नेपाली क्रिकेट टोली एकदिवसीय वरियतामा विश्वको नम्बर एक राष्ट्र पाकिस्तानसँग खेल्ने तयारीमा जुटेकोछ । नेपाल र पाकिस्तानबीच बुधबार पहिलो भेट हुनेछ । एसिया […]

चार देश सम्मिलित महिला टी–ट्वान्टी सिरिजको उपाधि नेपालले जित्यो

काठमाडौं । चार देश सम्मिलित महिला टी–ट्वान्टी सिरिजको उपाधि नेपालले जितेको छ । आज भएको फाइनल खेलमा नेपालले हङकङलाई १३ रनले हराउँदै उपाधि हात पारेको हो । नेपालले ब्याटिङ गरिरहँदा वर्षा भएपछि खेलको छिनोफानो डकवर्थ लुइस पद्दतिका आधारमा गरिएको हो । मलेसियाको राजधानी क्वालालम्पुरस्थित बायुमास ओभल क्रिकेट मैदानमा नेपालले टस जितेपछि पहिला बलिङ गर्ने निर्णय […]

आइसीसी वुमन्स टी-२० : मलेसियासँग पराजित भएपनि नेपालले हङकङसँग फाइनल खेल्ने

काठमाडौं । आइसीसी वुमन्स टी-२० एसिया क्षेत्र छनोटअघिको चारदेशीय सिरिजको आफ्नो तेस्रो खेलमा नेपाल मलेसियासँग ६ विकेटले पराजित भएको छ । मलेसियाको बायोमास स्पोर्टस् एण्ड इभेन्ट कम्प्लेक्समा जितका लागि पाएको ८५ रनको लक्ष्य मलेसियाले १६।२ ओभरमा ४ विकेट गुमाएर भेट्टाएको हो । मलेसियालाई जिताउन ओपनर ऐन्ना हमिजा हसिमले नट आउट ३७ रन बनाइन् । महिरा […]

एसिया कप क्रिकेट खेल्न नेपाली राष्ट्रिय टोली बुधवार पाकिस्तान जाने

काठमाण्डौ । एसिया कप क्रिकेट खेल्न नेपाली राष्ट्रिय टोली पर्सि बुधवार पाकिस्तान जाने भएको छ। एसिया कपको लागि खेलाडीको अभ्यास र व्यवस्थापकीय सबै तयार पूरा गरेको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ । नेपाली टोलीले एक हप्ता पाकिस्तानमै अभ्यास गर्नेछ । नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक मोन्टी देशाई पनि हिजो भारतबाट नेपाल आइपुगेका छन् । […]

ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरे

काठमाडौं । नेपाली क्रिकेट टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेका छन् । शुक्रबार पत्रकार सम्मेलन गर्दै उनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेका हुन् । आफ्नो अन्तर्राष्ट्रिय क्रिकेट यात्रालाई बिराम लगाउने र फरक यात्रा सुरु गर्ने निर्णय गरेको उनले पत्रकार सम्मेलनमा सुनाए । उनले मनमुटु भारी बनाएर आफूले सन्न्यासको घोषणा गरेको पनि उल्लेख […]

बक्सिङ महासंघले एसियाली खेलकुदमा पदक जित्ने खेलाडीलाई नगद पुरस्कारसहित सम्मान गर्ने

काठमाण्डौ । नेपाल बक्सिङ महासङ्घले एसियाली खेलकुदमा पदक जित्ने खेलाडीलाई नगद पुरस्कारसहित सम्मान गर्ने घोषणा गरेको छ ।महासङ्घको नवनिर्वाचित कार्यसमिति बैठकले एसियन गेम्समा पदक जित्ने खेलाडी नगद पुरस्कारसहित सम्मान गर्ने घोषणा गरेको हो । बैठकले चीनमा हुने एसियन गेम्समा स्वर्ण पदक जित्ने खेलाडीलाई जनही १० लाख, रजत जित्नेलाई ५ लाख र काँस्य पदक जित्ने खेलाडीलाई […]

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.