ताप्लेजुङ गोल्डकप: जुट विकास फुटबल एकेडेमी सेमिफाइनलमा

ताप्लेजुङ गोल्डकप: जुट विकास फुटबल एकेडेमी सेमिफाइनलमा

ताप्लेजुङ । ताप्लेजुङमा बिहीबारदेखि सुरु भएको ताप्लेजुङ गोल्डकपको पहिलो खेलमा इटहरीको जुट विकास फुटबल एकेडेमी सेमिफाइनलमा प्रवेश गरेको छ । घरेलु टिम मानाभारा युथ स्पोर्टिङ क्लबलाई ट्राइबेकरमा ५–४ गोल अन्तरले पराजित गर्दै फुटबल एकेडेमी सेमिफाइनलमा प्रवेश गरेको हो । दुवै टिमले निर्धारित समयमा एक\ एकको बराबरी खेलेका थिए ।

खेलको पहिलो हाफमा इटहरीका रोहण कार्कीले एक गोल गरेर अग्रता लिए पनि दोस्रो हाफको खेलमा मानाभारा युथ स्पोर्टिङ क्लबका खेलाडी लोहन पतंवाले एक गोल फर्काउँदै बराबरी गर्नुभएको थियो ।

अर्को खेलमा रेड हर्ष फुटबल क्लब इलाम र गोर्खा स्पोर्टिङ क्लब दमकबीच सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुनेछ । लाखे जात्राका अवसरमा आयोजित प्रतियोगितामा दार्जेलिङको युनाईटेड खर्साङ क्लबसहित ८ टिम सहभागी छन् । सदरमुकामस्थित भानुजन माध्यमिक विद्यालयको खेल मैदानमा भइरहेको प्रतियोगिताको फुङलिङ नगरप्रमुख अमीर मादेनले उद्घाटन गर्नुभएको थियो ।

विसं २०२९ देखि लाखे जात्राका समयमा आयोजना हुँदै आएको फुटबल प्रतियोगिता विगत तीन वर्षदेखि कोभिड–१९ को महामारी लगायतका कारण रोकिएको थियो । यसअघि पाथीभरा गोल्डकपको नाममा सञ्चालन हुँदै आएको प्रतियोगिता यस पटक ताप्लेजुङ गोल्डकपका रुपमा सञ्चालन भएको हो ।

भदौ २० गते सम्पन्न हुने प्रतियोगिताको विजेताले तीन लाख ११ हजार एक सय ११ सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ भने उपविजेताले एक लाख ११ हजार एक सय ११ सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने लाखेजात्रा खेल सञ्चालन समितिका अध्यक्ष देवराज गुरुङले जानकारी दिनुभयो ।

लाखेजात्रा सँगैको खेलकुद प्रतियोगितामार्फत जिल्लाको पर्यटन प्रवर्द्धन गर्ने, बजारलाई चलायमान बनाउने, नयाँ प्रतिभाको सिर्जना गर्ने, अग्रजको सम्मान र इतिहासलाई बचाइ राख्ने उद्देश्यका साथ प्रतियोगिता सञ्चालन गर्न सम्पूर्ण रुपले जुटेको अध्यक्ष गुरुङले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.