एसिया कप क्रिकेट: नेपाल पाकिस्तानसँग २ सय ३८ रनले पराजित

एसिया कप क्रिकेट: नेपाल पाकिस्तानसँग २ सय ३८ रनले पराजित

काठमाडौँ  । एसिया कप क्रिकेटमा नेपाल पाकिस्तानसँग २ सय ३८ रनले पराजित भएको छ । पाकिस्तानको मुल्तानमा बुधबार सम्पन्न खेलमा पाकिस्तानले दिएको ३ सय ४३ रनको विशाल लक्ष्य पछ्याएको नेपाल २३ ओभर ४ बलमा १ सय ४ रन बनाउँदै अल आउट भएसँगै पराजित भएको हो ।नेपालका लागि सोमपाल कामीले सर्वाधिक २८ रन बनाए भने आरिफ शेखले २६ रन जोडे । अन्तिम विकेटका रुपमा ललित राजवंशी सदाब खानको बलमा एलबीडब्लू आउट भए । उनले कुनै रन जोड्न सकेनन् ।

त्यसअघि २३ ओभर २ बलमा कुशल मल्ल पनि सदाब खानको बलमा इफ्तिकार अहमदबाट क्याच आउट भए । खेलको २१ ओभर बलमा नेपालका सन्दीप लामिछाने सदाब खानकै बलमा डक आउट भएका थिए ।त्यसअघि खेलको २१ ओभर ३ बलमा गुल्शन झा २३ बलमा १३ रन बनाउँदै आउट भएका थिए । उनलाई पनि सदाब खानले नै आउट गरे । उनी खानको बलमा फखर जमानबाट क्याच आउट भएका थिए भने खेलको २० ओभर ५ बलमा नेपालका दीपेन्द्रसिंह ऐरी ११ बलमा ३ रन बनाएर आउट भए ।

उनी मोहम्मद नवाजको बलमा आउट भएका थिए । खेलको १६ ओभर ६ बलमा सोमपाल कामी ४६ बलमा २८ रन बनाउँदै आउट भए । उनी हारिस रउफको बलमा विकेटकिपर मोहम्मद रिजवानबाट क्याच आउट भए । त्यसअघि खेलको १४ ओभर ४ बलमा नेपालका आरिफ शेख ३८ बलमा २६ रन बनाउँदै हारिस रउफको बलमा बोल्ड भए ।

१ ओभर ४ बलमा आशिफलाई नसीम शाहले आउट गरेका थिए । उनले ५ बलमा ५ रन बनाए । कुशल भुर्तेल दोस्रो इनिङको पाचौँ एवम् उनको स्थानमा मैदान प्रवेश गरेका कप्तान रोहित पौडेल छैटौँ बलमा आउट भएका थिए । भुर्तेलले ८ रन बनाए भने कप्तान पौडेल डक आउट भए । दुबैको विकेट सहीन शाह अफ्रिदीले लिए ।

भुर्तेललाई विकेटकिपर मोहम्मद रिजवानले क्याच आउट गराए भने कप्तान पौडेल एलबीडब्लू आउट भए । पाकिस्तानका सदाब खानले ४ तथा हारिस रउफ र सहीन शाह अफ्रिदीले समान दुई विकेट लिए । त्यस्तै, नसीम शाह र मोहम्मद नवाजले समान एक विकेट लिए । टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३ सय ४२ रन बनाएको थियो ।

पाकिस्तानका लागि कप्तान बाबर आजमले १ सय ५१ रन बनाए भने इफ्तिकार अहमदले अविजिति एक सय ९ रन बनाए । त्यसैगरी, मोहम्मद रिजवानले ४४, फखर जमानले १४ तथा आगा सलमान र इमाम उल हकले समान ५ रन जोडे भने सदाब खानले ४ रन बनाए । नेपालका सोमपाल कामीले २ तथा सन्दीप लामिछाने र करण केसीले एक विकेट लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.