आइसीसी वुमन्स टी-२० : मलेसियासँग पराजित भएपनि नेपालले हङकङसँग फाइनल खेल्ने

आइसीसी वुमन्स टी-२० : मलेसियासँग पराजित भएपनि नेपालले हङकङसँग फाइनल खेल्ने

काठमाडौं । आइसीसी वुमन्स टी-२० एसिया क्षेत्र छनोटअघिको चारदेशीय सिरिजको आफ्नो तेस्रो खेलमा नेपाल मलेसियासँग ६ विकेटले पराजित भएको छ । मलेसियाको बायोमास स्पोर्टस् एण्ड इभेन्ट कम्प्लेक्समा जितका लागि पाएको ८५ रनको लक्ष्य मलेसियाले १६।२ ओभरमा ४ विकेट गुमाएर भेट्टाएको हो ।

मलेसियालाई जिताउन ओपनर ऐन्ना हमिजा हसिमले नट आउट ३७ रन बनाइन् । महिरा इज्जती इस्मालीले २१ रन जोडिन् । बलिङतर्फ नेपालका रुबिना क्षेत्री, सीता राना मगर र पूजा महतो समान १ विकेट लिए । यसअघि पहिला ब्याटिङ गरेको नेपालले निर्धारित १८ ओभरमा ७ विकेट गुमाउँदै ८३ रन बनाएको थियो । नेपालको ब्याटिङको बीचमा वर्षाका कारण खेल रोकिएपपछि १८ ओभरमा घटाइएको खेलमा मलेसियाले ८५ रन बनाउनु पर्ने लक्ष्य पाएको थियो ।

नेपालका लागि कप्तान रुबिना क्षेत्रीले सर्वाधिक २३ रन बनाइन् । उनले २ चौका र १ छक्का प्रहार गरेकी हुन् ।
यस्तै इन्दु बर्माले २० रन बनाइन् । ओपनिङमा आएकी काजल श्रेष्ठले २१ बलमा १ चौका सहित १८ रन बनाइन् । दोस्रो विकेटका लागि काजल र इन्दु बर्माले २५ रनको साझेदारी बनाए ।

त्यसपछि आएकी सीता राना मगर १३ बलमा ९ रन बनाउँदै क्याच आउट भइन् । इन्दु बर्माले ३३ बलमा २० रन बनाउँदै चौथो विकेटका लागि कप्तान रुबिना क्षेत्रीसँग ३० रनको साझेदारी बनाइन् ।नेपालले पहिलो खेलमा हङकङलाई ६ विकेट र दोस्रो खेलमा कुवेतलाई ३८ रनले पराजित गरेको थियो ।

आज मलेसियासँगको फराकिलो हारको बाबजुत पनि नेपाल रनरेटका आधारमा शिर्ष स्थानमा रहँदै फाइनल प्रवेश गरेको हो । मलेसिया भने जितका बाबजुत पनि बाहिरिएको हो ।नेपालले शनिबार दोस्रो स्थानमा रहेको हङकङसँग फाइनल खेल्नेछ ।

नेपाल ३ खेलमा २ मा जित र १ मा हारसहित ४ अंकका साथ शीर्ष स्थानमा रह्यो । हङकङ ३ खेलमा २ मा जित र १ मा हारसहित ४ अंकका साथ दोस्रो स्थानमा रहँदै फाइनलमा स्थान बनायो ।

नेपालको नेटरनरेट ०।८५३ र हङकङको ०।१९२ छ । मलेसियाको ३ खेलमा ४ अंक भए पनि नेटरनरेटका कारण फाइनलमा पुग्न सकेन । मलेसियाको नेटरनरेट ०।००७ मात्रै रह्यो ।यो चारदेशीय शृंखलापछि नेपालले मलेसियामा नै आइसीसी वुमन्स टी(२० एसिया क्षेत्र छनोट खेल्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.