खेलकुद, समाचार
फिफा महिला विश्वकपमा कोलम्बिया र फिलिपिन्स विजयी, स्विट्जरल्यान्ड र नर्वेको बराबरी

काठमाडौं । फिफा महिला विश्व कप फुटबल २०२३ मा कोलम्बियाले दक्षिण कोरियालाई हराएको छ ।आज मङ्गलवार अस्ट्रेलियाको अलिनाज स्टेडियममा भएको खेलमा कोलम्बियाले दक्षिण कोरियालाई २–० गोलले हरायो । कोलम्बियाका लागि क्याटालिना उस्मेले खेलको ३० औँ र लिन्डा केसेडाले ३९ औँ मिनेटमा गोल गरिन् । यो जितसँगै समूह ‘एच’ मा रहेको कोलम्बियाले ३ अङ्क जोडेको छ […]

फिफा महिला विश्वकप फुटबलमा आज तीन खेल

काठमाडौं । फिफा महिला विश्वकप फुटबलमा आज तीन खेल हुँदैछन् । आज कोलम्बिया र दक्षिण कोरिया, न्युजिल्यान्ड र फिलिपिन्स तथा स्वीट्जरल्यान्ड र नर्वेबीच प्रतिस्पर्धा हुनेछ । नेपाली समयअनुसार बिहान पौने ८ बजे सुरु हुने पहिलो खेलमा समूह एचमा रहेको कोलम्बिया र दक्षिण कोरियाबीच प्रतिस्पर्धा हुनेछ । यस्तै न्युजिल्यान्ड र फिलिपिन्सको खेल बिहान सवा ११ बजे […]

क्रिकेटमा नेपालको अर्को जितः युएईलाई तीन विकेटले हरायो

कोलोम्बो । एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले संयुक्त अरब इमिरेट्स ९युएई० को ‘ए’ टोलीलाई तीन विकेटले पराजित गरेको छ । श्रीलंकाको कोलोम्बोस्थित पी सारा ओभल क्रिकेट मैदानमा बुधवार भएको खेलमा युएईले दिएको एक सय ६८ रनको लक्ष्य नेपालले २३ ओभरमा सात विकेट गुमाउँदै पूरा गर्यो । नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ७१ […]

एसीसी इमर्जिङ कप क्रिकेट: समूह चरणबाट बाहिरिएको नेपालले अन्तिम खेल युएईसँग खेल्ने

काठमाडौं । लगातार दुई खेलमा पराजित भएसँगै नेपाल एसीसी इमर्जिङ टिम्स कप क्रिकेटको समूह चरणबारै बाहिरिएको छ ।अघिल्लो खेलमा पाकिस्तानसँग पराजित भएको नेपाल सोमबार भएको दोस्रो खेलमा भारत ‘ए’ सँग ९ विकेटले पराजित भएको हो । योसँगै नेपाल इमर्जिङ कमबाट बाहिरिएको छ । नेपालले दिएको १ सय ६८ रनको लक्ष्य भारत ‘ए’ ले २२ ओभर […]

राष्ट्रिय भलिबल क्लब लिग : पुरुषतर्फको उपाधि हेल्प नेपाललाई

काठमाण्डाै । सातौँ प्रधानमन्त्री कप एनभीए भलिबल क्लब लिगको पुरुषतर्फको उपाधि हेल्प नेपाल क्लबले जितेको छ ।राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हल त्रिपुरेश्वरमा भएको खेलमा नेपाल पुलिस क्लबलाई ३–१ को सेटमा हराउँदै हेल्प नेपाल च्याम्पियन बनेको हो । पहिलो सेट हेल्प नेपालले जितेकोमा दोस्रो सेट भने फराकिलो अन्तरले गुमायो । तर तेस्रो सेट जित्दै हेल्प नेपाल च्याम्पियन […]

नेपाली महिला फुटबल टोली बंगलादेश प्रस्थान, २ वटा मैत्रीपूर्ण खेल हुने

काठमाण्डौ । नेपाली राष्ट्रिय महिला फुटबल टोली बङ्गलादेशसँगको दुई मैत्रीपूर्ण खेलका लागि आज मङ्गलवार त्यसतर्फ प्रस्थान गरेको छ । यही असार २८ र ३१ गते हुने दुई मैत्रीपूर्ण खेलका लागि ३१ सदस्यीय नेपाली टोली आज बङ्गलादेश प्रस्थान गरेको हो । नेपालले यस मैत्रीपूर्ण खेललाई चीनको होङझाउमा आयोजना हुने एसियाली खेलकुद प्रतियोगिताको तयारीका रूपमा लिएको छ […]

यू-१६ क्रिकेटमा नेपालले मलेसियालाई २२१ रनले हरायो,नेपालको ह्याट्रिक

काठमाडौं । ब्याटिङ र बलिङ दुवैमा उत्कृष्ट प्रदर्शन गर्दै नेपालले लगातार तेस्रो पल्ट एसीसी यू(१६ इस्ट जोन कप क्रिकेटको उपाधि जितेको छ । आज मंगलबार भएको फाइनलमा घरेलु टोली मलेसियालाई २२१ रनको फराकिलो अन्तरले हराएको हो । एसियाली क्रिकेट काउन्सिलले यसअघि एसीसी यू(१६ इस्टर्न रिजनको नाममा प्रतियोगिता आयोजजा गरेको थियो र नेपालले २०१७ र २०१९ […]

नेपाल एसीसी यू–१६ पूर्वी क्षेत्रीय कप क्रिकेटको फाइनलमा

काठमाडौं । नेपाल एसीसी यू–१६ पूर्वी क्षेत्रीय कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । सिङ्गापुरलाई ९७ रनले पराजित गर्दै नेपालले उपाधि भिडन्त पक्का गरेको हो । नेपालले अब मङ्गलबार फाइनलमा मलेसियासित खेल्नेछ । मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गर्दै नेपालले निर्धारित ५० ओभरको खेलमा ३५ ओभरमा नौ विकेटको क्षतिमा एक सय […]

विश्वकप क्रिकेट छनोट प्ले अफ: युएईमाथि नेपालको जित

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत प्ले अफ खेलमा नेपालले युएईलाई पराजित गरेको छ । विश्वकप छनोटअन्तर्गत सातौँ स्थानका लागि आज भएको प्ले अफ सेमिफाइनलमा नेपाललले युएईलाई ३ विकेटले हराएको हो । जिम्बाब्वेको हरारेमा भएको खेलमा जितका लागि युएईले दिएको १८२ रनको लक्ष्य नेपालले ४४औँ ओभरमा पूरा गरेको हो । एक समय १०६ रनमा ७ विकेट […]

बंगलादेशलाई हराउँदै कुवेत साफ च्याम्पियनसिप फुटबलको फाइनलमा

काठमाडौं । कुवेत साफ च्याम्पियनसिप फुटबलको फाइनलमा पुगेको छ । भारतको बेङ्ग्लोरमा भएको खेलमा बङ्ग्लादेशलाई १–० गोलले हराउँदै कुवेत उपाधि नजिकै पुगेको हो । कुवेतका लागि अतिरिक्त समयको २२औँ मिनेटमा अब्दुल्लाह अल बुलोसीले गोल गरे । निर्धारित ९० मिनेटमा कुनै पनि टोलीले गोल गर्न नसकेपछि खेल अतिरिक्त समयमा पुगेको हो । कुवेतले अब उपाधिको लागि […]

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.