राजनीति, समाचार
गठबन्धन भत्काउने कुनै योजना नभएको एमाले महासचिव पोखरेलको भनाइ

दाङ । एमाले महासचिव शंकर पोखरेलले १० दलीय सत्ता गठबन्धन भत्काउने एमालेको कुनै योजना नरहेको प्रष्ट पार्नु भएको छ । प्रेस चौतारी दाङले घोराहीमा गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले सरकार बनाउने र भत्काउनेमा मात्रै ध्यान जाँदा अस्थिरता मौलाएको भन्दै एमाले तत्काल गठबन्धन भत्काउन नलाग्ने बताउनु भयो । उहाँले भन्नुभयो , ‘हामी अहिलेको १० दलीय गठबन्धन […]

सत्ता साझेदार दलबीच मन्त्रालय बाँडफाँडको लगभग टुंगो लाग्यो

काठमाडौं । सत्ता गठबन्धनमा आबद्ध दलहरूले मन्त्रालय बाँडफाँडको टुंगो लगाएको भनिए पनि अझै पूर्ण निर्णयमा नपुगेको देखिएको छ । बुधबार दिनभरि बसेर गरिएको निर्णयलाई बिहीबारमात्रै पूर्णता दिइने खबर सार्वजनिक भएकाृे छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधवार बसेको गठबन्धन दलहरूको बैठकले मन्त्रालय बाँडफाँट गरेको बैठकमा सहभागी जनता समाजवाद पार्टी (जसपा) का नेता राजेन्द्र श्रेष्ठले पत्रकारलाई जानकारी […]

युट्युब, फेसबुक र टिकटकसँग नआत्तिनूस् : अध्यक्ष ओली

बुटवल । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले युट्युब, फेसबुक, टिकटकलगायतका सामाजिक सञ्जालबाट नआत्तिन सञ्चारमाध्यामहरूलाई आग्रह गर्नुभएको छ । बुटवलमा बुधवार आयोजित लुम्बिनी सामुदायिक टेलिभिजनको १७ औँ वार्षिक साधारण सभामा बोल्दै अध्यक्ष ओलीले यस्तो बताउनु भएको हो । उहाँले समाचारका स्रोतहरू टेलिभिजनसहितका सञ्चारमाध्यमहरू नै भएकाले युट्युब, फेसबुकलगायतका सामाजिक सञ्जालबाट आत्तिन आवश्यक नरहेको भनाइ राख्नु भयो […]

प्रधानमन्त्री प्रचण्डको हावादारी गफलाई बालेनले पत्याएनन्

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार ५ वर्ष नै टिक्ने दाबी गर्नुभएको छ । न्यायिक समितिको पहिलो राष्ट्रिय सम्मेलनलाई बुधवार सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । प्रधानमन्त्री प्रचण्डले काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाहले सरकार फेरबदल भइरहँदा पालिकालाई पनि काम गर्न कठिनाइ हुने गरेको कुराको जवाफ दिँदै सरकार पाँच वर्ष नै टिक्नेमा ढुक्क […]

दर्शकको कमीले विराट गोल्डकप खल्लो, बिहीबारको फाइनल रोचक हुने अपेक्षा

विराटनगर । विराटनगरमा जारी प्रतिष्ठित सातौं संस्करणको विराट गोल्डकपमा दर्शकको कमी हुँदा रौनक बढ्न सकेको छैन । दर्शकको कमी महसुस भएपनि बिहीबार उपाधिका लागि आयोजक विराटनगर सिटी क्लब र भारतीय टोली लुका सकर क्लबबीच प्रतिस्पर्धा हुने भएको छ । साविक विजेता सशस्त्र प्रहरीलाई हराउँदै लुका सकारले आयोजकसँग भिड्ने भएको हो । मंगलबार शहिद रंगशालामा भएको […]

मिटरब्याज साहुलाई नेताको समर्थन, पीडितहरु बिरामी पर्न थाले 

काठमाडौं । मिटरब्याज साहुलाई नेतालाइ च्यापेकै कारणले आफ्नो माग हुन नसकेको पीडितहरुले बताएका छन् । काठमाडौंमा आएर आन्दोलन गर्दा पनि अझै पनि माग पूरा हुनेमा उनीहरु सशंकित छन् । न्याय माग्न महोत्तरीको बर्दिवासबाट हिँडेरै काठमाण्डौ आएका मिटरब्याज पीडितहरु बिरामी पर्न थालेका छन् । ११ दिन पैदल हिँडेर आएका उनीहरु थकित भएका छन् । धेरैजसो चिसोका […]

सत्ता साझेदार दलको पदमै लुछाचुँडी,भागबन्डाका लागि आज पनि बैठक

काठमाडौं । सत्ता साझेदार दलहरूबीच मन्त्रालय भागबन्डाको विषय मिलाउन आज बुधबार पनि बैठक बस्ने भएको छ । हिजो मंगलबार बैठक बसेपनि टुंगोमा पुगेन । बैठक भत्ता पचाउनका लागि मात्रै बैठक बस्दा देशको  स्थिति अधोगतीतर्फ गइरहेको छ । पदमा लुछाचुँडी गर्ने  बैठकको कुनै अर्थ नहुने केही राजनीतिक विश्लेषकहरु बताउँछन् । भागबन्डा टुंगो लगाउन भनेर प्रधानमन्त्री निवास […]

सरकारले मिटरब्याजीलाई कारवाही गर्ने गरी कानुन संशोधन गर्ने

काठमाडौं । सरकारले मिटरब्याज लगाउनेहरूलाई कारबाही गर्ने गरी कानुन संशोधन गर्ने निर्णय गरेको छ । मिटरब्याजीलाई कारबाही गर्ने गरी कानुन बनाउने मंगलबार बसेको मन्त्रिपरिषद बैठकले निर्णय गरेको हो । केही दिनदेखि काठमाडौंमै आएर आन्दोलन गरिरहेका मिटरब्याज पीडितहरूका समस्या बुझ्न उनीहरूसँग वार्ता गर्न सरकारले समिति पनि गठन गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गृह मन्त्रालयका सहसचिव […]

कोशी नामाकरण विवाद : मंगलबार दिनभरि विराटनगर तनावग्रत

विराटनगर । कोशी प्रदेश नामकरणको विरोधमा रहेको समूह र प्रहरीबीच झडप हुँदा मंगलबार दिनभरि विराटनगर तनावग्रत भएको छ । प्रदेशसभाले प्रदेशको नाम कोशी राखेको विरोधमा पहिचानका आधारमा नामकरण गर्नुपर्ने माग गर्ने प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा विराटनगर तनावग्रस्त भएको हो । पहिचान पक्षधर विभिन्न संघसंस्थाको संयुक्त समितिको प्रदर्शन नियन्त्रणका लागि प्रहरीले अश्रुग्यास र लाठीचार्ज गरेको […]

सीमा वारपार व्यापारका समस्याबारे मोरङ व्यापार संघ र भारतीय पक्षबीच छलफल

विराटनगर । मोरङ व्यापार संघले सीमा वारपार व्यापारका समस्याबारे भारत सरकारको राजस्व विभागका प्रतिनिधिसँग छलफल गरेको छ । सीमा नाका जोगबनीमा आएका केन्द्रीय अप्रत्यक्ष कर तथा भन्सार बोर्डका सदस्य सञ्जयकुमार अग्रवालसहितको टोलीसँग संघका प्रतिनिधिले भेटघाट गरेका हुन् । अग्रवालसहित पटना भन्सार क्षेत्रका मुख्य आयुक्त अजय सक्सेना र पटना भन्सारका प्रधान आयुक्त श्री पीके कटियारको टोलीलाई […]

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.