दर्शकको कमीले विराट गोल्डकप खल्लो, बिहीबारको फाइनल रोचक हुने अपेक्षा

दर्शकको कमीले विराट गोल्डकप खल्लो, बिहीबारको फाइनल रोचक हुने अपेक्षा

विराटनगर । विराटनगरमा जारी प्रतिष्ठित सातौं संस्करणको विराट गोल्डकपमा दर्शकको कमी हुँदा रौनक बढ्न सकेको छैन । दर्शकको कमी महसुस भएपनि बिहीबार उपाधिका लागि आयोजक विराटनगर सिटी क्लब र भारतीय टोली लुका सकर क्लबबीच प्रतिस्पर्धा हुने भएको छ । साविक विजेता सशस्त्र प्रहरीलाई हराउँदै लुका सकारले आयोजकसँग भिड्ने भएको हो ।

मंगलबार शहिद रंगशालामा भएको दोस्रो सेमिफाइनल खेलमा एपीएफलाई पेनाल्टी सुट आउटमा ४–२ गोलले हराउँदै भारतको लुका सकर क्लब फाइनल प्रवेश गरेको हो ।

निर्धारित ९० र अतिरिक्त थप गरिएको ३० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेल पेनाल्टीमा गएको थियो । उपाधि विजेताले २० लाख १५ हजार नगद पुरस्कार प्राप्त गर्दा उप विजेता हुने टिमले १० लाख २५ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.