सीमा वारपार व्यापारका समस्याबारे मोरङ व्यापार संघ र भारतीय पक्षबीच छलफल

सीमा वारपार व्यापारका समस्याबारे मोरङ व्यापार संघ र भारतीय पक्षबीच छलफल

विराटनगर । मोरङ व्यापार संघले सीमा वारपार व्यापारका समस्याबारे भारत सरकारको राजस्व विभागका प्रतिनिधिसँग छलफल गरेको छ ।
सीमा नाका जोगबनीमा आएका केन्द्रीय अप्रत्यक्ष कर तथा भन्सार बोर्डका सदस्य सञ्जयकुमार अग्रवालसहितको टोलीसँग संघका प्रतिनिधिले भेटघाट गरेका हुन् । अग्रवालसहित पटना भन्सार क्षेत्रका मुख्य आयुक्त अजय सक्सेना र पटना भन्सारका प्रधान आयुक्त श्री पीके कटियारको टोलीलाई एकीकृत जाँच चौकी जोगबनीमा स्वागत गरी भेटघाट गरेको संघले जनाएको छ ।

संघका वरिष्ठ उपाध्यक्ष अनुपम राठी, वाणिज्य उपाध्यक्ष अनिलकुमार साह, सदस्य अमित सारडा र श्याम राठीे टोलीमा सहभागी थिए । संघका उपाध्यक्ष अनुपम राठीले मोरङ–सुनसरी आर्थिक कोरिडोरका लागि हाल समस्या देखिएका बिषयबस्तुहरुमाथि आवश्यक व्यवस्था गर्नु पर्ने भएको हुनाले त्यसतर्फ ध्यान दिन आग्रह गरे ।

रेलमार्गबाट आई.सी.पी., जोगबनीसम्म बल्क कार्गो र कन्टेनरहरुको आवतजावतको व्यवस्था गरिनुपर्ने, नेपालका कृषि उत्पादन निर्यात गर्न आइ।सी।पी।, जोगबनीमा पीएफए टेस्ट ल्याब प्रयोगशाला र खाद्य क्वारेन्टाईन कार्यालय स्थापना गरी पोर्ट हेल्थ अफिसर नियुक्त गरिनु पर्ने, हाल जुट निर्यातमा प्रत्येक ट्रक पिच्छे अनिवार्य गरिएको ओजो सर्टिफिकेशनलाई सहज गरिनुपर्ने लगायतका सुझाव राठीले अवगत गराए । कार्यक्रममा आइ.सी.पी., जोगबनीका व्यवस्थापक रत्नाकर यादवले आई.सी.पी., जोगबनीका गतिविधिहरुबारे नेपालका प्रतिनिधिहरुलाई अवगत गराएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.