कोशी नामाकरण विवाद : मंगलबार दिनभरि विराटनगर तनावग्रत

कोशी नामाकरण विवाद : मंगलबार दिनभरि विराटनगर तनावग्रत

विराटनगर । कोशी प्रदेश नामकरणको विरोधमा रहेको समूह र प्रहरीबीच झडप हुँदा मंगलबार दिनभरि विराटनगर तनावग्रत भएको छ । प्रदेशसभाले प्रदेशको नाम कोशी राखेको विरोधमा पहिचानका आधारमा नामकरण गर्नुपर्ने माग गर्ने प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा विराटनगर तनावग्रस्त भएको हो ।

पहिचान पक्षधर विभिन्न संघसंस्थाको संयुक्त समितिको प्रदर्शन नियन्त्रणका लागि प्रहरीले अश्रुग्यास र लाठीचार्ज गरेको छ । प्रदर्शनकारीले पनि प्रहरीतर्फ ढुंगा हाने । चैत ५ गते आन्दोलनका क्रममा घाइते भएका पदम लिम्बूको उपचारका क्रममा १० चैतमा मृत्यु भएपछि आन्दोलन झन् चर्किएको छ ।

मंगलबार  दिउँसो प्रदर्शनकारी मुख्यमन्त्री कार्यालयतर्फ जाँदै गर्दा प्रहरीले लखेटेको थियो । प्रदर्शनका क्रममा विराटनगरको रोडशेष चोकमा दुई पक्षबीच झडप  भयो ।  प्रदर्शनकारीलाई लखेट्न प्रहरीले १७ राउण्ड हवाई फायर गर्यो । ४४ सेल अश्रुग्यास प्रहार गर्यो । झडपमा प्रहरी र आन्दोलनकारी दुवैतर्फ गरी २० भन्दा बढी घाइते भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.