मोरङ, कार्तिक । मोरङको जहदा गाउँपालिका-१ भुटाहा चोकबाट १०० ग्राम ८०० मिलिग्राम ब्राउन सुगर सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जहदा गाउँपालिका-२ का १९ बर्षीय प्रवेश कुमार राजवंशी रहेका छन् । कार्तिक १५ गते दिउँसो ३ बजे इलाका प्रहरी कार्यालय रानी र लागू औषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले शंकास्पद अवस्थामा हिडिरहेको पैदल यात्री राजवंशीलाई चेकजाँच गर्दा निजको साथबाट र घरबाट समेत गरी १०० ग्राम ८०० मिलिग्राम ब्राउन सुगर फेला पारी नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ । यसै गरी मोरङ र सुनसरीबाट लागू औषध सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । कार्तिक १५ गते सुनसरीको ईनरुवा नगरपालिका-४ बसचोकबाट जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी पोष्ट ईनरुवा बसपार्कले पैदल यात्री उदयपुरको बेलका-४ का नबिन राई र सुनिल राईलाई १७ ग्राम ३५ मिलिग्राम ब्राउन सुगर सहित र मोरङको सुन्दरहरैचा नगरपालिका-१२ बाट इलाका प्रहरी कार्यालय बेलबारीले सोहि स्थानका दिपक खवासलाई १९० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो । झापाको शिवसताक्षी नगरपालिका-९ यलम्बर चोकबाट सोहि स्थानका बादल भन्ने हेन्जिङ जबेगूलाई इलाका प्रहरी कार्यालय झिलझिलेले १ ग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ । पक्राउ परेका उनिहरको थप अनुसन्धान भईरहेको छ ।
२ राउण्ड हावाई फायर गरी लागू औषध गाँजा बेचबिखनमा संलग्न ५ जना पक्राउ
सुनसरीको धरान उप-महानगरपालिका-२० च्यान डाँडाबाट २ राउण्ड हावाई फायर गरी लागू औषध गाँजा बेचबिखनमा संलग्न ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । कार्तिक १६ गते बिहान ३ बजे बिशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीलाई बा. १ च ५०३८ र को. १ च ८१८२ नम्बरको स्कार्पियो गाडीमा गाँजा लोड गर्दै गरेको समुहले प्रहरीलाई देख्नसाथ भाग्न खोजे पछी प्रहरीले पेस्तोलबाट २ राउण्ड हावाई फायर गरी चालक सप्तरी डाक्नेश्वरी नगरपालिका-१० का २४ बर्षीय रामसागर कुमार यादव, छिन्नमस्ता गाउँपालिका-६ का ५९ बर्षीय राज कुमार साह, राजगढ गाउँपालिका-१ का ४५ बर्षीय राजेन्द्र प्रसाद मण्डल, धरान-११ का २१ बर्षीय अमृत बिशुङखे र भारत बिहारका ३८ बर्षीय सन्तोष ठाकुरलाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएको उक्त गाडीबाट २०९ किलो ४२ ग्राम गाँजा बरामद भएको छ भने बेचबिखानमा संलग्न पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।
