Live
| शुक्रबार, असोज १, २०८३
EN
arya newro
BiraKhabar
मोफसल, विकास संचार, समाचार, समाज

भोटेकोशी बाढीपीडितका लागि प्याब्सन झापाको ७५ लाख सहयोग एक साताभित्र १ करोड पुर्‍याउने तयारी

2026 Sep 18 2:40 PM 4

विज्ञापन

Birat Cancer Hospital
भोटेकोशी बाढीपीडितका लागि प्याब्सन झापाको ७५ लाख सहयोग  एक साताभित्र १ करोड पुर्‍याउने तयारी

झापा / भोटेकोशी बाढीबाट प्रभावितका लागि झापाका निजी विद्यालय, शिक्षक, विद्यार्थी, अभिभावक र सञ्चालकले ७५ लाख ५३ हजार ९ सय ४७ रुपैयाँ जुटाएका छन्। निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) झापाको पहलमा सङ्कलित उक्त रकम प्याब्सन केन्द्रीय समितिमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पठाइएको छ। प्याब्सन नेपालको आह्वानपछि झापामा आबद्ध १३९ विद्यालयमार्फत राहत रकम सङ्कलन गरिएको हो। विद्यालय सञ्चालकसँगै शिक्षक, विद्यार्थी र अभिभावकको सहभागितामा सङ्कलित रकम बिहीबार प्याब्सन झापाको कार्यालयमा आयोजित कार्यक्रममा केन्द्रीय समितिका प्रतिनिधिलाई हस्तान्तरण गरिएको हो।

प्याब्सन झापाका अध्यक्ष छत्रबहादुर कार्कीले केन्द्रीय सल्लाहकार नारायणप्रसाद घिमिरे, निवर्तमान केन्द्रीय सल्लाहकार गोविन्द लम्साल, केन्द्रीय सदस्य श्रवण पोखरेल र कोशी प्रदेश उपाध्यक्ष इशुभ पाण्डेलाई रकम हस्तान्तरण गरे।

कार्कीका अनुसार केही विद्यालयले अझै सहयोग रकम उपलब्ध गराउन बाँकी छ। त्यसैले अभियानलाई निरन्तरता दिँदै एक साताभित्र थप रकम सङ्कलन गरेर सहयोग रकम १ करोड रुपैयाँ पुर्‍याउने तयारी गरिएको छ। ‘पहिलो चरणमा सङ्कलित रकम केन्द्रीय समितिको खातामार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पठाएका छौं,’ कार्कीले भने, ‘केही विद्यालयले अझै रकम दिने प्रतिबद्धता जनाएका छन्। त्यसबाट थप रकम सङ्कलन गरी एक करोड रुपैयाँ पुर्‍याएर हस्तान्तरण गर्नेछौं।’

उनले विपद्का बेला निजी विद्यालय क्षेत्रले सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग जुटाएको बताए। बाढीबाट प्रभावित परिवारलाई तत्काल राहतसँगै पुनःस्थापनाका लागि सहयोग आवश्यक रहेकाले विद्यालय परिवारलाई अभियानमा जोडिएको उनको भनाइ छ।

रकम ग्रहण गर्दै प्याब्सनका केन्द्रीय सल्लाहकार नारायणप्रसाद घिमिरेले विपद्को समयमा शैक्षिक क्षेत्रबाट भएको सहयोगले सामाजिक उत्तरदायित्वको उदाहरण प्रस्तुत गरेको बताए। उनले झापाका विद्यालय परिवारबाट सङ्कलित रकमलाई राहत कार्यमा परिचालन गर्ने प्रक्रियामा केन्द्रीय समितिले समन्वय गर्ने जानकारी दिए।

कार्यक्रममा प्याब्सनका निवर्तमान केन्द्रीय सदस्य एलपी उप्रेती, कोशी प्रदेश सचिव तथा प्याब्सन झापाका सल्लाहकार गौरीमान फागो, जिल्ला पदाधिकारीलगायतको उपस्थिति थियो। कार्यक्रमको सञ्चालन प्याब्सन झापाका सचिव लक्ष्मीप्रसाद उप्रेतीले गरेका थिए।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2

वेब स्टोरिज

छुटाउनुभयो कि ?

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला

नाइमा मोबिलिटी एक्स्पो २०२६’- मा टाटाको नयाँ पञ्च ईभी र टियागो ईभी सार्वजनिक  नाइमा एक्स्पोमा बुकिङ गर्दा नयाँ पञ्च ईभी ३२.९९ लाखमै, साथमा ११ वर्षको विशेष वारेन्टी

नाइमा मोबिलिटी एक्स्पो २०२६’- मा टाटाको नयाँ पञ्च ईभी र टियागो ईभी सार्वजनिक नाइमा एक्स्पोमा बुकिङ गर्दा नयाँ पञ्च ईभी ३२.९९ लाखमै, साथमा ११ वर्षको विशेष वारेन्टी

मोरङ उद्योग व्यापार संघका निवर्तमान अध्यक्ष रिजालले गरे– रास्वपा सभापतिसँग भेटघाट तथा छलफल

मोरङ उद्योग व्यापार संघका निवर्तमान अध्यक्ष रिजालले गरे– रास्वपा सभापतिसँग भेटघाट तथा छलफल