Live
| सोमबार, भदौ २१, २०८३
EN
arya newro
BiraKhabar
फल्यास न्यूज, ब्रेकिङ्ग न्यूज, समाचार, समाज

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला

2026 Sep 7 1:44 AM 26

विज्ञापन

Birat Cancer Hospital
रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला

काठमाडौं । ढुङ्गे–त्रिशूली खण्डमा मर्मत तथा सफाइको काम भइरहेको छ । विदुर–बेत्रावती सडकखण्डको १० किलोमिटरमध्ये ८ किलोमिटर सडक सञ्चालनमा आएको प्राधिकरणले जनाएको छ । बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला परेको प्राधिकरणले जनाएको छ ।

तीमध्ये ९८ शवको सनाखत गरी परिवारलाई बुझाइएको छ ।रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढीपछि १२औँ दिनसम्म पनि खोज, उद्धार तथा राहत कार्य जारी रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।अपर त्रिशूली–१ को अडिट–३ बाट इन्फ्रारेड (आईआर) तथा थर्मल ड्रोनमार्फत गरिएको खोजीमा जीवित व्यक्तिको संकेत नदेखिएपछि चिनियाँ टोली फर्किएको प्राधिकरणले जनाएको छ ।

खोज तथा उद्धारका लागि नेपाली सेनाका ग्राउन्ड फोर्स र पेट्रोल टोली विभिन्न स्थानमा परिचालन गरिएको छ । सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका तालिमप्राप्त कुकुरसहितका केनाइन टोली पनि खोजीमा खटिएका छन्। नेपाल प्रहरीले ड्रोनमार्फत बाढी प्रभावित खोला किनारको अवस्था अवलोकन, निरीक्षण तथा विवरण संकलन गरिरहेको छ ।

विदेशी पर्यटकको उद्धार तथा उनीहरूका बेपत्ता आफन्तको खोजी र सहजीकरणका लागि पर्यटक प्रहरीसमेत परिचालन गरिएको छ ।

प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, प्राविधिक टोली तथा विदेशी विज्ञहरू खोज तथा उद्धार कार्यमा परिचालित छन् । विभिन्न जलविद्युत आयोजनाका सुरुङमा समेत खोजी कार्यलाई निरन्तरता दिइएको छ ।

त्रिशूली–३ ‘ए’ को सुरुङमा १६० मिटर, त्रिशूली–३ ‘बी’ मा हेलिकोप्टरमार्फत एक्साभेटर पु¥याएर ३० मिटर, रसुवागढीमा २७५ मिटर, लाङटाङमा १५० मिटर र चिलिमेमा १७० मिटरसम्म खोजी गरिएको प्राधिकरणले जनाएको छ । अपर त्रिशूली–१ मा टनेल हेडदेखि टेलसम्म खोजी कार्य जारी छ ।

प्रभावित क्षेत्रमा यातायात सहज बनाउन विभिन्न स्थानमा सडक मर्मत तथा सफाइको काम भइरहेको छ । देवीघाटको तादी खोलामा अस्थायी पुल जडानको काम जारी छ भने गल्छी–देवीघाट सडकखण्डको ठूली खोला नजिक सडकमा जम्मा भएको लेदो हटाउने काम भइरहेको छ ।

देवीघाट–ढुङ्गे सडकखण्ड पूर्ण रूपमा सञ्चालनमा आएको छ । ढुङ्गे–त्रिशूली खण्डमा मर्मत तथा सफाइको काम भइरहेको छ । विदुर–बेत्रावती सडकखण्डको १० किलोमिटरमध्ये ८ किलोमिटर सडक सञ्चालनमा आएको प्राधिकरणले जनाएको छ । बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला परेको प्राधिकरणले जनाएको छ । तीमध्ये ९८ शवको सनाखत गरी परिवारलाई बुझाइएको छ ।

शव पहिचानमा सहजता ल्याउन सबै शवको डीएनए नमुना संकलन भइरहेको छ । साथै सम्पर्कविहीन व्यक्तिका नजिकका परिवारका सदस्यलाई पनि डीएनए नमुना उपलब्ध गराउन आग्रह गरिएको छ । सम्बन्धित जिल्ला प्रहरी कार्यालयमार्फत परिवारका सदस्यको डीएनए नमुना संकलनको व्यवस्था गरिएको प्राधिकरणले जनाएको छ ।

प्रभावित क्षेत्रमा अत्यावश्यक सेवा पुनः सञ्चालन गरी जनजीवन सामान्य बनाउने प्रयास भइरहेको छ । प्राधिकरणका अनुसार प्रभावित क्षेत्रको सञ्चार सेवा लगभग सुचारु भइसकेको छ भने विद्युत् सेवा पनि धेरै स्थानमा पुनः सञ्चालनमा आएको छ ।

खोज, उद्धार तथा राहत कार्यको अवस्थाबारे समीक्षा गर्न भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री र स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्रीको उपस्थितिमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको ३६औँ बैठकसमेत बसेको छ ।

त्यसैगरी विषयगत सरकारी निकायका क्लस्टर लिड तथा रसुवा बाढीपछिको खोज, उद्धार र राहत समन्वयका लागि गठित परिचालित टोलीबीच संयुक्त बैठक पनि सम्पन्न भएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले प्रभावित क्षेत्रमा जनजीवन सामान्य बनाउन छिट्टै सफलता प्राप्त हुने विश्वास व्यक्त गर्दै थप जानकारीका लागि नियमित रूपमा जारी गरिने बुलेटिन तथा स्थिति प्रतिवेदन हेर्न आग्रह गरेको छ ।


विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2

वेब स्टोरिज

छुटाउनुभयो कि ?

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

नाइमा मोबिलिटी एक्स्पो २०२६’- मा टाटाको नयाँ पञ्च ईभी र टियागो ईभी सार्वजनिक  नाइमा एक्स्पोमा बुकिङ गर्दा नयाँ पञ्च ईभी ३२.९९ लाखमै, साथमा ११ वर्षको विशेष वारेन्टी

नाइमा मोबिलिटी एक्स्पो २०२६’- मा टाटाको नयाँ पञ्च ईभी र टियागो ईभी सार्वजनिक नाइमा एक्स्पोमा बुकिङ गर्दा नयाँ पञ्च ईभी ३२.९९ लाखमै, साथमा ११ वर्षको विशेष वारेन्टी

मोरङ उद्योग व्यापार संघका निवर्तमान अध्यक्ष रिजालले गरे– रास्वपा सभापतिसँग भेटघाट तथा छलफल

मोरङ उद्योग व्यापार संघका निवर्तमान अध्यक्ष रिजालले गरे– रास्वपा सभापतिसँग भेटघाट तथा छलफल

बिराटनगरकये विष्णुमाया पुस्ताकालयले मनायो पुस्तकालय दिवस

बिराटनगरकये विष्णुमाया पुस्ताकालयले मनायो पुस्तकालय दिवस

सिमान्तकृत समुदायको अधिकार परिणाममुख बनाउन नारामा हैन पारामा जोड

सिमान्तकृत समुदायको अधिकार परिणाममुख बनाउन नारामा हैन पारामा जोड

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलले रसुवा लगायत बाढी पीडितलाई बिराट ग्रुपको ७२ लाख सहयोग

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलले रसुवा लगायत बाढी पीडितलाई बिराट ग्रुपको ७२ लाख सहयोग

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्