Live
| शनिबार, असोज १६, २०८३
EN
arya newro
BiraKhabar
खेलकुद, मनोरञ्जन, समाचार, स्वास्थ्य

अरनिकोमा वादविवाद प्रतियोगिता, समीक्षा पौडेलले जितिन् पहिलो स्थान

2026 Oct 2 4:58 PM 8

विज्ञापन

Birat Cancer Hospital
अरनिकोमा वादविवाद प्रतियोगिता, समीक्षा पौडेलले जितिन् पहिलो स्थान

विराटनगर ÷ विराटनगरस्थित अरनिको आवासीय माध्यमिक विद्यालयमा संविधान दिवसको अवसर पारेर आयोजित वादविवाद प्रतियोगितामा कक्षा १२ की छात्रा समीक्षा पौडेल प्रथम भएकी छन् ।

‘वर्तमान संविधानले परिकल्पना गरेको नेपालको संघीयता वरदान कि अभिशाप’ विषयमा आयोजित प्रतियोगितामा उत्कृष्ट तर्क प्रस्तुत गर्दै कुलानन्द यादव दोस्रो, प्रिन्स कार्की तेस्रो र आशुतोष गुप्ता सान्त्वना स्थानमा परेका छन् ।

प्रतियोगिताको निर्णायकमा कवि तथा पत्रकार मीनकुमार नवोदित र पत्रकार विजयहरि खतिवडा रहेका थिए । सम्बोधन, विषयवस्तुको प्रस्तुति, तर्क क्षमता, मौलिकता, खण्डन क्षमता तथा समय व्यवस्थापनलगायतका आधारमा मूल्यांकन गरी विजेता तथा प्रभावका विषयमा पक्ष र विपक्षमा आफ्ना तर्क प्रस्तुत गरेका थिए । प्रतियोगिताले विद्यार्थीमा विषयवस्तुको अध्ययनसँगै तर्क गर्ने, आफ्ना विचार स्पष्ट रूपमा राख्ने र फरक मतको खण्डन गर्ने क्षमताको विकासमा सहयोग पुगेको आयोज छनोट गरिएको निर्णायक नवोदितले बताए ।

प्रतियोगितामा विद्यार्थीले नेपालको संघीय शासन प्रणालीका अवसर, चुनौती, उपलब्धि तथा प्रभावका विषयमा पक्ष र विपक्षमा आफ्ना तर्क प्रस्तुत गरेका थिए । प्रतियोगिताले विद्यार्थीमा विषयवस्तुको अध्ययनसँगै तर्क गर्ने, आफ्ना विचार स्पष्ट रूपमा राख्ने र फरक मतको खण्डन गर्ने क्षमताको विकासमा सहयोग पुगेको आयोजकको भनाइ छ ।

कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका नवोदितले विद्यालयले विद्यार्थीभित्र लुकेर रहेका प्रतिभा प्रस्फुटन गराउन अतिरिक्त क्रियाकलापलाई प्राथमिकता दिएको बताए । उनका अनुसार यस्ता कार्यक्रमले विद्यार्थीलाई पाठ्यपुस्तकको ज्ञानभन्दा बाहिर रहेर समसामयिक विषयमा अध्ययन र विश्लेषण गर्ने अवसर प्रदान गर्छ ।

प्रतियोगिताका विजेतालाई विद्यालयका निर्देशक भरतराज दाहाल, डा। भविन्द्र निरौला, निर्णायकद्वय नवोदित र खतिवडा तथा अतिरिक्त क्रियाकलाप संयोजक विमल भट्टराईलगायतले ट्रफी र प्रमाणपत्र प्रदान गरे ।विद्यालयका निर्देशक दाहालले पाठ्यक्रममा आधारित अध्ययनसँगै विद्यार्थीको रुचि र क्षमताअनुसार अतिरिक्त क्रियाकलापलाई पनि विद्यालयले प्राथमिकतामा राख्दै आएको बताए । विद्यार्थीको सिर्जनात्मक क्षमता र नेतृत्व विकासका लागि यस्ता कार्यक्रम नियमित रूपमा सञ्चालन गरिँदै आएको उनको भनाइ छ ।

अतिरिक्त क्रियाकलाप संयोजक भट्टराईका अनुसार विद्यालयमा यसअघि कविता र वक्तृत्वकला प्रतियोगिता सम्पन्न भइसकेका छन् । विद्यार्थीलाई सिर्जनशील र सक्रिय बनाउन कविता, वादविवाद, वक्तृत्वकला, हाजिरीजवाफ, गायन, नृत्य तथा खेलकुदलगायतका कार्यक्रम सञ्चालन हुँदै आएका छन् ।

विद्यार्थी सचिन साह र आँचल यादवले सञ्चालन गरेको कार्यक्रममा छात्र आमोस ताजपुरियाले गीत प्रस्तुत गरेका थिए ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

ग्रामथान अध्यक्ष नमोनारायणकै सामुन्ने उनकै भरौटेले धम्क्याएपछि पत्रकारहरूले गुहारे प्रशासन

May 10

वेब स्टोरिज

छुटाउनुभयो कि ?

›
सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला