Live
| सोमबार, असोज ११, २०८३
EN
arya newro
BiraKhabar
पत्रपत्रिका, ब्रेकिङ्ग न्यूज

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

2026 Aug 13 8:09 PM 118

विज्ञापन

Birat Cancer Hospital
किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

२८ साउन, काठमाडौं । पक्राउ परेका पत्रकार किशोर श्रेष्ठलाई भेट्न जिल्ला प्रहरी परिसर पुगेका उनका कानुन व्यवसायीहरूलाई प्रहरीले भेटघाट गर्न नदिएको बताइएको छ।

अधिवक्ता टिकाराम भट्टराईसहितका वकिलहरू श्रेष्ठसँग भेट गर्न प्रहरी परिसर पुगेका थिए। तर प्रहरीले अहिले भेट्न नमिल्ने जानकारी दिएपछि उनीहरू फर्किएका थिए। श्रेष्ठकी श्रीमती तथा पत्रकारसम्बद्ध विभिन्न संघ–संगठनका प्रतिनिधिलाई पनि भेटघाटको अनुमति नदिइएको जनाइएको छ।

श्रेष्ठलाई भेट्न प्रेस चौतारीका अध्यक्ष गणेश पाण्डे, प्रेस सेन्टरका अध्यक्ष कमल गिरी, महासचिव मनोज घर्ती तथा नेपाल प्रेस युनियनका महासचिव दिलिप पौडेललगायत प्रहरी परिसर पुगेका थिए। तर उनीहरूले पनि श्रेष्ठसँग भेट गर्न नपाएको प्रेस सेन्टरका महासचिव घर्तीले जानकारी दिएका छन्।

घर्तीका अनुसार श्रेष्ठका वकिल र श्रीमतीलाई समेत भेट्न नदिइएको विषयमा उनीहरूले प्रहरीसमक्ष आपत्ति जनाएका छन्। साथै प्रेस स्वतन्त्रता र मानवअधिकारको सम्मान गर्न प्रहरीको ध्यानाकर्षण गराइएको उनले बताएका छन्।

प्रहरीले श्रेष्ठको निवासबाट उनका परिवारका सदस्यले प्रयोग गर्ने ल्यापटपसमेत नियन्त्रणमा लिएको घर्तीको भनाइ छ। पढाइ तथा लेखनका लागि प्रयोग भइरहेका ती उपकरण कम्तीमा परिवारलाई फिर्ता गर्न आग्रह गरिएको भए पनि प्रहरीले त्यसमा सहमति नजनाएको उनले बताए।

श्रेष्ठलाई प्रहरीले वैयक्तिक गोपनीयतासम्बन्धी ऐन, २०७५ विपरीत कसुर गरेको आरोपमा अघिल्लो दिन पक्राउ गरेको थियो। त्यसपछि प्रहरी टोलीले जनआस्था साप्ताहिकको कार्यालयमा समेत खानतलासी गरेको थियो।

जिल्ला प्रहरी परिसरमा रहेका श्रेष्ठलाई अनुसन्धानका लागि हिरासतमा राख्ने म्याद लिन सरकारी वकिलको कार्यालय हुँदै जिल्ला अदालतमा उपस्थित गराउने तयारी गरिएको छ।

श्रेष्ठको पक्राउ तथा जनआस्थाको कार्यालयमा भएको खानतलासीको नेपाल पत्रकार महासंघ र नेपाल मिडिया सोसाइटीलगायत संस्थाले विरोध गरेका छन्। उनीहरूले श्रेष्ठलाई बिनासर्त रिहा गर्न र प्रेस स्वतन्त्रताको सम्मान गर्न माग गरेका छन्।

यसै विषयलाई लिएर नेपाल पत्रकार महासंघले जिल्ला प्रहरी परिसर काठमाडौं अगाडि प्रदर्शन तथा धर्नासमेत आयोजना गरेको छ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

ग्रामथान अध्यक्ष नमोनारायणकै सामुन्ने उनकै भरौटेले धम्क्याएपछि पत्रकारहरूले गुहारे प्रशासन

May 10

वेब स्टोरिज

छुटाउनुभयो कि ?

›
वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला

नाइमा मोबिलिटी एक्स्पो २०२६’- मा टाटाको नयाँ पञ्च ईभी र टियागो ईभी सार्वजनिक  नाइमा एक्स्पोमा बुकिङ गर्दा नयाँ पञ्च ईभी ३२.९९ लाखमै, साथमा ११ वर्षको विशेष वारेन्टी

नाइमा मोबिलिटी एक्स्पो २०२६’- मा टाटाको नयाँ पञ्च ईभी र टियागो ईभी सार्वजनिक नाइमा एक्स्पोमा बुकिङ गर्दा नयाँ पञ्च ईभी ३२.९९ लाखमै, साथमा ११ वर्षको विशेष वारेन्टी

मोरङ उद्योग व्यापार संघका निवर्तमान अध्यक्ष रिजालले गरे– रास्वपा सभापतिसँग भेटघाट तथा छलफल

मोरङ उद्योग व्यापार संघका निवर्तमान अध्यक्ष रिजालले गरे– रास्वपा सभापतिसँग भेटघाट तथा छलफल