Live
| शुक्रबार, साउन २९, २०८३
EN
arya newro
BiraKhabar
अपराध, पत्रपत्रिका, ब्रेकिङ्ग न्यूज

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

2026 Aug 13 6:41 PM 8

विज्ञापन

Birat Cancer Hospital
मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

२८ साउन, काठमाडौं । नेपाल मिडिया सोसाइटीले जनआस्था साप्ताहिकका प्रधान सम्पादक तथा वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई तत्काल र नि:शर्त रिहा गर्न माग गरेको छ।

सोसाइटीले श्रेष्ठले प्रकाशित गरेको समाचारलाई लिएर कुनै गुनासो वा कानुनी प्रश्न भए त्यसको समाधान प्रचलित कानुन र प्रेससम्बन्धी स्थापित प्रक्रियाबाट खोजिनुपर्ने बताएको छ। समाचार प्रकाशन गरेकै कारण पत्रकारलाई पक्राउ गर्नु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको भावनाविपरीत हुने उसको भनाइ छ।

सोसाइटीका महासचिव बोधराज त्रिपाठीद्वारा जारी विज्ञप्तिमा समाचारप्रति असहमति वा आपत्ति भए कानुनी बाटो तथा प्रेस काउन्सिलमार्फत उपलब्ध प्रक्रियाको प्रयोग गर्नुपर्ने उल्लेख गरिएको छ। पत्रकारलाई पक्राउ गरेर समस्याको समाधान खोज्नु उचित नभएको सोसाइटीको धारणा छ।

नेपालको संविधानले प्रत्याभूत गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक र स्वतन्त्र पत्रकारितालाई लोकतान्त्रिक व्यवस्थाका महत्वपूर्ण आधारका रूपमा उल्लेख गर्दै सोसाइटीले समाचार प्रकाशनकै कारण पत्रकारलाई त्रसित बनाउने गतिविधिले स्वतन्त्र पत्रकारिताको वातावरणमा नकारात्मक प्रभाव पार्न सक्ने जनाएको छ।

सञ्चारमाध्यम र पत्रकारले प्रचलित कानुन पालना गर्नुपर्ने विषयमा आफू स्पष्ट रहेको पनि सोसाइटीले जनाएको छ। तर पत्रकारिता वा प्रकाशित सामग्रीसँग सम्बन्धित विषयमा कानुनी उपचार खोज्दा प्रेस स्वतन्त्रताको संवैधानिक मूल्य, पत्रकारको व्यावसायिक अधिकार र प्रेससम्बन्धी स्थापित मान्यताको सम्मान गरिनुपर्नेमा उसले जोड दिएको छ।

स्वतन्त्र पत्रकारितामाथि हुने दबाब, हस्तक्षेप तथा दमनविरुद्ध निरन्तर खबरदारी गर्ने प्रतिबद्धता पनि नेपाल मिडिया सोसाइटीले जनाएको छ।

नेपाल प्रहरीले यसअघि पत्रकार श्रेष्ठलाई पक्राउ गरी उनीविरुद्ध वैयक्तिक गोपनीयतासम्बन्धी ऐन, २०७५ विपरीत कसुर गरेको आरोपमा अनुसन्धान भइरहेको जनाएको छ। त्यसपछि प्रहरी टोलीले जनआस्था साप्ताहिकको कार्यालयमा खानतलासीसमेत गरेको थियो।

श्रेष्ठको पक्राउ र कार्यालयमा गरिएको खानतलासीको नेपाल पत्रकार महासंघले पनि विरोध गरेको छ। महासंघको नेतृत्वमा पत्रकारहरूले श्रेष्ठको नि:शर्त रिहाइको माग गर्दै जिल्ला प्रहरी परिसर काठमाडौं अगाडि प्रदर्शन तथा धर्नासमेत दिएका छन्।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4
9

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13

वेब स्टोरिज

छुटाउनुभयो कि ?

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न

बिराट मेडिकल कलेजमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न

बिराट मेडिकल कलेजमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न