Live
| बिहिबार, असोज ७, २०८३
EN
arya newro
BiraKhabar
ट्रेन्डिङ समाचार, फल्यास न्यूज, ब्रेकिङ्ग न्यूज, विकास संचार

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

2026 Aug 8 5:16 PM 134

विज्ञापन

Birat Cancer Hospital
एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

विराटनगर । भ्रमण भनेपछि धेरैको मनमा रमाइलो, साथीभाइसँगको हाँसो, फोटो खिच्ने र नयाँ ठाउँ घुम्ने कल्पना आउँछ । तर कहिलेकाहीँ यात्रा केवल भ्रमणमा सीमित हुँदैन, त्यो जीवनभर सम्झिरहने अनुभव बन्छ । जहाँ प्रत्येक पाइला ज्ञानसँग जोडिन्छ, प्रत्येक दृश्यले प्रकृति प्रतिको प्रेम जगाउँछ र प्रत्येक भेटले समाज, संस्कृति तथा इतिहासलाई नजिकबाट बुझ्ने अवसर दिलाउँछ ।

विराटनगर–५ स्थित एभरेष्ट स्कुलका कक्षा १२ का विद्यार्थीहरूका लागि शनिबारको दिन यस्तै अविस्मरणीय बन्यो । विद्यालयले आयोजना गरेको हाइकिङ टोली मोरङको लेटाङ नगरपालिका–१ स्थित प्राकृतिक तथा ऐतिहासिक महत्व बोकेको राजारानी क्षेत्रमा पुग्यो । यात्रा केवल पहाड चढ्ने वा ताल हेर्नेमा सिमित भएन, प्रकृति, इतिहास, जैविक विविधता, धार्मिक सद्भाव र स्थानीय संस्कृतिको साक्षात्कार गराउने जीवन्त पाठशाला बन्यो ।शनिबार बिहानै लेटाङ–२ को किराँत चोकबाट सुरु भएको पदयात्राले चुरे पहाडको बाटो समात्यो । करिब डेढ घण्टाको उकालो हिँड्दा पसिना बग्यो, खुट्टा थाके, तर मन भने उत्साहले भरिएको थियो । हरियाली जंगल, चराहरूको चिरबिर, चिसो हावा र बाटोभरि फैलिएको प्राकृतिक सुन्दरताले यात्राको थकानलाई बिस्तारै बिर्साइदियो ।

राजारानी ताल पुग्नेबित्तिकै विद्यार्थीहरूको अनुहारमा देखिएको उत्साहले त्यो यात्राको वास्तविक अर्थ झल्काइरहेको थियो । तालको शान्त वातावरण, वरिपरिको घना वन, हरियालीले ढाकिएका डाँडाहरू र प्रकृतिको अनुपम सौन्दर्यले सबैलाई रोमाञ्चित बनायो ।

पानीमै उम्रिएर जीवन बिताइरहेका पानी सिमालीका रूख, राजारानीको अर्काे आकर्षण रह्यो । ती रूखमा झुम्मिएका ४६ प्रजातिका सुनाखरीले विद्यार्थीहरूलाई रोमाञ्चित बनायो । पुस्तकमा मात्र पढेका जैविक विविधता र वनस्पतिको संसारलाई आफ्नै आँखाले देख्ने अवसर पाउँदा सबैमा उत्साह थप्यो ।

त्यहाँ पुगेपछि उनीहरूले केवल वनस्पति मात्र देखेनन्, प्रकृतिको सन्तुलन, जैविक विविधताको महत्व र संरक्षणको आवश्यकता पनि बुझ्ने मौका पाए । प्रकृतिले आफैं सञ्चालन गरिरहेको विशाल प्रयोगशालामा पुगेजस्तो अनुभूति भएको विद्यार्थीले बताए ।

राजारानी सामुदायिक वनका अध्यक्ष सुजन मगरले त्यस क्षेत्रको इतिहास सुनाइरहँदा विद्यार्थीहरू गम्भीर भएर सुन्दै थिए । राजारानीलाई अजिङ्गरहरूको राजधानी मानिने, धिमाल समुदायको उद्गमस्थलका रूपमा लिइने तथा यस क्षेत्रको ऐतिहासिक र सांस्कृतिक महत्वबारे जानकारी दिँदा विद्यार्थीहरूले पुस्तकबाहिरको इतिहाससँग साक्षात्कार गर्ने अवसर पाए ।

विद्यार्थी निश्चल न्यौपानेले भन्नुभयो, ‘हामी हाइकिङ भनेर आएका थियौँ, तर यहाँ आएपछि यो त खुला विश्वविद्यालयजस्तै लाग्यो । प्रकृति, इतिहास र वातावरणबारे यति धेरै कुरा सिक्न पाइयो कि यो यात्रा कहिल्यै बिर्सन सक्दिनँ ।’ उहाँका अनुसार उकालो चढ्दाको थकान राजारानीको मनोरम दृश्यले एकैछिनमा हराइदियो। ‘कम्तीमा जीवनमा एकपटक त यहाँ आउनैपर्छ भन्ने महसुस भयो’, उहाँले भन्नुभयो ।


राजारानी भ्रमणको अर्काे विशेष आकर्षण बन्यो लेटाङ नगरपालिकाले निर्माण गरेको अन्तरधार्मिक पार्क । हिन्दु, बौद्ध, किराँत, इस्लाम र इसाई धर्मबीच सद्भाव र सहअस्तित्वको सन्देश दिने उद्देश्यले निर्माण गरिएको पार्कले विद्यार्थी, शिक्षक र सहभागी सबैको ध्यान तान्यो ।

पत्रकार पुष्पराज थपलियाका अनुसार यो पार्क केवल धार्मिक संरचना होइन, नेपाली समाजको विविधताभित्रको एकताको सशक्त प्रतीक हो । ‘नेपाल अनेक जातजाति, भाषा र धर्मको साझा घर हो । यस्ता संरचनाले हामी सबैलाई एउटै सूत्रमा बाँध्ने प्रेरणा दिन्छ’ उहाँले भन्नुभयो ।

भ्रमणको अर्काे उल्लेखनीय पक्ष थियो स्थानीय सरकारको सहभागिता । लेटाङ नगरपालिकाका प्रमुख भूपेन्द्र लावती र उपप्रमुख कृष्णकुमारी निरौला स्वयं उपस्थित भएर विद्यार्थीहरूलाई स्वागत गर्नुभयो । उहाँहरुले राजारानी क्षेत्रको प्राकृतिक, जैविक, ऐतिहासिक तथा पर्यटन महत्वबारे विस्तृत जानकारी गराउनुभयो ।

शिक्षक रिसभ पाण्डेले भन्नुभयो, ‘स्थानीय जनप्रतिनिधिहरू स्वयं उपस्थित भएर यस क्षेत्रबारे जानकारी दिनु अत्यन्त प्रेरणादायी थियो ।’

भ्रमणले साथीभाइ र शिक्षक–विद्यार्थीबीचको सम्बन्धलाई पनि अझ प्रगाढ बनाएको विद्यार्थी प्रमन ढकालको बुझाई रह्यो । उहाँका अनुसार कक्षाकोठामा सीमित सम्बन्धभन्दा बाहिर निस्किएर सबैसँग घुलमिल हुने, एकअर्कालाई बुझ्ने अवसर यो यात्राले प्रदान गर्यो ।

विद्यालयका प्रिन्सिपल टिकाराम पुरीले एभरेष्ट स्कुलले शैक्षिक भ्रमणलाई मनोरञ्जनमा मात्र सीमित नराखी सिकाइसँग जोड्ने प्रयास गर्दै आएको बताउनुभयो ।उहाँले लेटाङ नगरपालिकाले देखाएको आत्मीयता र सम्मानले आफूहरू अत्यन्त उत्साहित बनेको समेत बताउनुभयो । उहाँले राजारानी क्षेत्रको प्रचारप्रसार, व्यवस्थित पूर्वाधार र निर्माणाधीन सडक समयमै सम्पन्न हुन सके यस क्षेत्रले पर्यटनमा ठूलो फड्को मार्ने विश्वास व्यक्त गर्नुभयो ।

अन्तरधार्मिक पार्कको चर्चा गर्दै उहाँले भन्नुभयो,‘नेपाल विविधताको देश हो । सबै धर्म र संस्कृतिलाई सम्मान गर्दै एकताको सन्देश दिने यस्तो पार्क वास्तवमै दूरदृष्टिको उदाहरण हो । नयाँ पुस्ताले यस्ता स्थानबाट धेरै सिक्न सक्छ ।’

नगर प्रमुख भूपेन्द्र लावतीले राजारानी क्षेत्र साइबेरियाबाट आउने चराहरूको विश्रामस्थल भएको जानकारी दिनुभयो । यहाँ मयुर, अजिङ्गर, सुनाखरी तथा दुर्लभ वनस्पतिका कारण विभिन्न देशबाट अनुसन्धान टोलीहरू आउने गरेको उहाँले बताउनुभयो । उहाँका अनुसार जैविक विविधता, वनस्पति र वातावरणीय अध्ययनका लागि राजारानी अन्तर्राष्ट्रिय महत्वको गन्तव्य बन्दै गएको छ ।

साथै, दिगो शान्ति र धार्मिक सद्भाव कायम गर्ने उद्देश्यले अन्तरधार्मिक पार्कमा सबै धर्मका गुरुहरूको सहभागितामा नियमित कार्यक्रम सञ्चालन गर्ने योजना रहेको पनि उहाँले जानकारी दिनुभयो । हिन्दु, बौद्ध, इसाई, इस्लाम र किराँत धर्मका प्रतिनिधिहरूलाई एउटै मञ्चमा ल्याएर शान्ति, सहिष्णुता र सहअस्तित्वको सन्देश फैलाउने प्रयास नेपालकै लागि नौलो अभ्यास हुने उहाँको विश्वास छ ।

उपप्रमुख कृष्णकुमारी निरौलाले लेटाङ केवल प्राकृतिक सुन्दरताको भूमि मात्र नभई सुन्तला, कफी र चिया उत्पादनका लागि पनि परिचित रहेको बताउनुभयो । समला डाँडा, झर्नाहरू, राजारानी ताल र चुरे क्षेत्रले लेटाङलाई पूर्वी नेपालको आकर्षक पर्यटकीय गन्तव्य बनाएको उहाँको भनाइ छ ।

राजारानीको यो हाइकिङले विद्यार्थीहरूलाई एउटा महत्वपूर्ण सन्देश दियो—सिकाइ केवल कक्षाकोठाको चार पर्खालभित्र सीमित हुँदैन । प्रकृतिको काखमा पुगेर इतिहास सुन्न सकिन्छ, जैविक विविधता बुझ्न सकिन्छ, सामाजिक सद्भावको महत्व महसुस गर्न सकिन्छ र स्थानीय समुदायसँग जोडिँदा वास्तविक शिक्षाको अनुभूति गर्न सकिन्छ ।

एभरेष्ट स्कुलको यो शैक्षिक हाइकिङले सही योजना, स्थानीय समुदायको सहकार्य र सिकाइमुखी दृष्टिकोण भए एउटा साधारण भ्रमण पनि जीवनभर सम्झिने अनुभव बन्न सक्छ भन्ने उदाहरण प्रस्तुत गरेको छ । राजारानी पुगेका विद्यार्थीहरूका लागि शनिवार केवल घुमफिरको दिन थिएन । प्रकृतिसँग संवाद गर्ने, इतिहाससँग परिचित हुने, विविधतामा एकताको सन्देश बुझ्ने र जीवनका नयाँ पाठ सिक्ने अविस्मरणीय यात्रा बन्यो । त्यसैले राजारानी केवल एउटा पर्यटकीय गन्तव्य होइन, ज्ञान, अनुभव र प्रेरणाको खुला पाठशाला पनि हो । 

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

ग्रामथान अध्यक्ष नमोनारायणकै सामुन्ने उनकै भरौटेले धम्क्याएपछि पत्रकारहरूले गुहारे प्रशासन

May 10

वेब स्टोरिज

छुटाउनुभयो कि ?

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला

नाइमा मोबिलिटी एक्स्पो २०२६’- मा टाटाको नयाँ पञ्च ईभी र टियागो ईभी सार्वजनिक  नाइमा एक्स्पोमा बुकिङ गर्दा नयाँ पञ्च ईभी ३२.९९ लाखमै, साथमा ११ वर्षको विशेष वारेन्टी

नाइमा मोबिलिटी एक्स्पो २०२६’- मा टाटाको नयाँ पञ्च ईभी र टियागो ईभी सार्वजनिक नाइमा एक्स्पोमा बुकिङ गर्दा नयाँ पञ्च ईभी ३२.९९ लाखमै, साथमा ११ वर्षको विशेष वारेन्टी

मोरङ उद्योग व्यापार संघका निवर्तमान अध्यक्ष रिजालले गरे– रास्वपा सभापतिसँग भेटघाट तथा छलफल

मोरङ उद्योग व्यापार संघका निवर्तमान अध्यक्ष रिजालले गरे– रास्वपा सभापतिसँग भेटघाट तथा छलफल