Live
| शुक्रबार, असोज १, २०८३
EN
arya newro
BiraKhabar
ट्रेन्डिङ समाचार, फल्यास न्यूज, ब्रेकिङ्ग न्यूज, स्वास्थ्य

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

2026 Aug 3 5:46 PM 265

विज्ञापन

Birat Cancer Hospital
बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

विराटनगर। बिराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गतको बिराट क्यान्सर इन्स्टिच्युटले पूर्वी नेपालमै पहिलो पटक थोरासिक अन्कोसर्जरी (फोक्सो तथा छातीसम्बन्धी क्यान्सरको शल्यक्रिया) सेवा सुरु गरेको छ। यससँगै फोक्सोको क्यान्सरका जटिल शल्यक्रियाका लागि काठमाडौं वा विदेश धाउनुपर्ने बाध्यता हट्ने हस्पिटलले जनाएको छ।


यस सेवाको नेतृत्व जीआई-एचपिबी अन्कोसर्जन, ब्रेस्ट अन्कोसर्जन तथा साइटोरिडक्टिभ एण्ड हाइपेक सर्जन डा. शिवराज शर्माले गर्नुहुनेछ। उहाँले भारतको टाटा मेडिकल सेन्टर, कोलकाताअन्तर्गतको थोरासिक अन्कोसर्जरी विभाग र चीनको सांघाई पल्मोनरी अस्पतालबाट युनिपोर्टल भ्याट्स एण्ड र्‍याट्स सम्बन्धी प्रतिष्ठित फेलोसिप तालिम सफलतापूर्वक सम्पन्न गरी बिराट क्यान्सर इन्स्टिच्युटमा पुनः आफ्नो सेवा सुरु गर्नुभएको हो। हस्पिटलमा वरिष्ठ फोक्सो एवं श्वासप्रश्वास तथा निद्रा रोग विशेषज्ञका रुपमा प्रा. डा. पुरु कोइराला र डा. रेजिना शाही रहनुभएको छ ।  फेलोसिपबाट प्राप्त आधुनिक ज्ञान, सीप र अन्तर्राष्ट्रिय अनुभवका आधारमा अब बिसिआईमा फोक्सोको क्यान्सरसँगै छातीसम्बन्धी विभिन्न क्यान्सरका जटिल शल्यक्रिया विशेषज्ञ सेवासहित उपलब्ध रहेको छ। टिममा अन्को सर्जन डा. जगरनाथ चौधरी, अन्को एनेस्थेसियोलोजिस्ट डा. रुजन बम र अन्को-फिजियोथेरापिस्ट अस्मिता श्रेष्ठ रहनुभएको छ।


बिराट क्यान्सर इन्स्टिच्युटमा यसअघि नै सर्जिकल अन्कोलोजी, मेडिकल अन्कोलोजी तथा हेमाटोलोजी, क्लिनिकल अन्कोलोजी, रेडिएसन अन्कोलोजी, किमोथेरापी र न्युक्लियर मेडिसिन,,इन्टरभेन्सनल रेडियोलोजी,लगायतका सेवा सञ्चालनमा रहेका छन्। थोरासिक अन्कोसर्जरी सेवा थपिएसँगै संस्थाले पूर्वी नेपालका बिरामीलाई अझ व्यापक र समग्र क्यान्सर उपचार उपलब्ध गराउने दिशामा अर्को महत्वपूर्ण उपलब्धि हासिल गरेको छ। फोक्सोको क्यान्सरको शल्यक्रिया दूरबिन (भ्याट्स) प्रविधिबाट गरिने र निकट भविष्यमा रोबोटिक सर्जरी समेत सुरु गर्ने डा. शर्माले बताउनुभयो। यसैगरी श्वासप्रश्वास नलीनजिकको गिर्खा पत्ता लगाउन इबस (EBUS) जाँच सेवा पनि उपलब्ध रहेको छ। यहाँ क्यान्सरसम्बन्धी अनुभवी चिकित्सकहरूको टिम रहेकाले अब पूर्वी नेपालका बिरामीले जटिल शल्यक्रियाका लागि बाहिर जानुपर्ने बाध्यता हट्ने हस्पिटलको विश्वास छ।

अस्पताल प्रशासनका अनुसार बिराट क्यान्सर इन्स्टिच्युटलाई नै रोज्नुपर्नुको कारण प्रस्ट छ। अन्तर्राष्ट्रिय स्तरको फेलोसिप तालिम लिएका अन्कोसर्जनदेखि अन्को एनेस्थेसियोलोजिस्ट र अन्को-फिजियोथेरापिस्टसम्मको समर्पित टिम एकै ठाउँमा उपलब्ध हुनु यहाँको सबैभन्दा ठूलो विशेषता हो। साथै, सर्जिकल, मेडिकल, क्लिनिकल तथा रेडिएसन अन्कोलोजी, किमोथेरापी, न्युक्लियर मेडिसिन र अब थोरासिक अन्कोसर्जरीसमेत एकै संस्थामा उपलब्ध हुँदा बिरामीलाई उपचारका लागि यता र त्यता धाउनुपर्ने झन्झट पर्दैन। हस्पिटलमा फोक्सोको क्यान्सर, छातीको ट्युमर, खाद्यनली, पेट, पित्तनली र मलद्वारसम्बन्धी लगायत शल्यक्रिया गरिन्छ।

दूरबिन (भ्याट्स) प्रविधिबाट हुने शल्यक्रिया र निकट भविष्यमा थपिने रोबोटिक सर्जरी सुविधाले ठूला सहरका अस्पतालमा मात्र पाइने आधुनिक उपचार अब पूर्वी नेपालमै सुलभ बनाएको छ। इबस जस्ता जाँच सेवाले फोक्सो तथा श्वासप्रश्वास नलीनजिकको गिर्खा प्रारम्भिक अवस्थामै पत्ता लगाउन सघाउने भएकाले उपचार सफलताको सम्भावना पनि बढ्ने चिकित्सकहरूको भनाइ छ। यसबाहेक, काठमाडौं वा विदेश धाउनु नपर्दा बिरामी र तिनका परिवारको यात्रा खर्च, समय र मानसिक तनाव समेत घट्ने हस्पिटलको दाबी छ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2

वेब स्टोरिज

छुटाउनुभयो कि ?

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला

नाइमा मोबिलिटी एक्स्पो २०२६’- मा टाटाको नयाँ पञ्च ईभी र टियागो ईभी सार्वजनिक  नाइमा एक्स्पोमा बुकिङ गर्दा नयाँ पञ्च ईभी ३२.९९ लाखमै, साथमा ११ वर्षको विशेष वारेन्टी

नाइमा मोबिलिटी एक्स्पो २०२६’- मा टाटाको नयाँ पञ्च ईभी र टियागो ईभी सार्वजनिक नाइमा एक्स्पोमा बुकिङ गर्दा नयाँ पञ्च ईभी ३२.९९ लाखमै, साथमा ११ वर्षको विशेष वारेन्टी

मोरङ उद्योग व्यापार संघका निवर्तमान अध्यक्ष रिजालले गरे– रास्वपा सभापतिसँग भेटघाट तथा छलफल

मोरङ उद्योग व्यापार संघका निवर्तमान अध्यक्ष रिजालले गरे– रास्वपा सभापतिसँग भेटघाट तथा छलफल