Live
| बिहिबार, भदौ १०, २०८३
EN
arya newro
BiraKhabar
ब्रेकिङ्ग न्यूज

बाढीले ताप्लेजुङ-पाँचथरका चार जलविद्युत् आयोजना बन्द, ५५ मेगावाट उत्पादन ठप्प

2026 May 24 7:18 PM 114

विज्ञापन

Birat Cancer Hospital
बाढीले ताप्लेजुङ-पाँचथरका चार जलविद्युत् आयोजना बन्द, ५५ मेगावाट उत्पादन ठप्प

अविरल वर्षापछि आएको बाढीका कारण ताप्लेजुङ र पाँचथर क्षेत्रमा सञ्चालनमा रहेका चार जलविद्युत् आयोजना बन्द भएका छन्। काबेली र इन्द्रावती खोलामा आएको बाढीले आयोजनाका बाँध, इन्टेक, पाइपलाइन, विद्युत्गृह तथा अन्य संरचनामा क्षति पुर्‍याएपछि करिब ५५ मेगावाट विद्युत् उत्पादन पूर्ण रूपमा ठप्प भएको हो।

शुक्रबार राति आएको बाढीले काबेली खोलाबाट उत्पादन हुँदै आएका २५ मेगावाट क्षमताको आयोजना र १० मेगावाट क्षमताको काबेली ‘बी–१’ क्यासकेड जलविद्युत् आयोजना प्रभावित भएका छन्। बाढीले बाँध क्षेत्रमा ढुंगा, माटो, लेदो र काठ थुपारेपछि पानी प्रवाह र उत्पादन प्रणाली अवरुद्ध भएको जनाइएको छ। आयोजनाका इन्टेकलगायतका संरचनामा पनि क्षति पुगेकाले उत्पादन पुनः सुरु गर्न केही समय लाग्न सक्ने बताइएको छ।

त्यसैगरी, रिडी हाइड्रोपावर लिमिटेडद्वारा सञ्चालित ९.९ मेगावाट क्षमताको इँवाखोला जलविद्युत् आयोजना र इँवा हाइड्रोपावरले इन्द्रावती खोलाबाट सञ्चालन गर्दै आएको ९.७ मेगावाट क्षमताको आयोजना पनि बन्द भएका छन्। बाढीले ती आयोजनाका बाँधस्थल, पाइपलाइन र विद्युत्गृह क्षेत्रमा असर पुर्‍याएको छ।

बन्द भएका आयोजनाबाट उत्पादित विद्युत् पाँचथरस्थित अमरपुर सव–स्टेशनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिँदै आएको थियो। उत्पादन रोकिएसँगै त्यस क्षेत्रबाट राष्ट्रिय प्रसारण लाइनमा आपूर्ति हुँदै आएको विद्युत् प्रभावित भएको छ।

https://biratkhabar.com/uploads/ads/ad_69b65a7e4ddcf_1773558398.gif

सम्बन्धित कम्पनीहरूले बाढीबाट भएको क्षतिको विस्तृत विवरण संकलन तथा मर्मत कार्य सुरु गरिएको जनाएका छन्। क्षतिको अवस्था मूल्यांकन गरेपछि मात्र उत्पादन पुनः सञ्चालन हुने समयबारे स्पष्ट जानकारी दिन सकिने बताइएको छ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
9

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11

वेब स्टोरिज

छुटाउनुभयो कि ?

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न