Live
| सोमबार, असोज १८, २०८३
EN
arya newro
BiraKhabar
ब्रेकिङ्ग न्यूज, राजनीति

राष्ट्रिय सभाको क्यालेन्डरबाटै गायब भयो अध्यादेशको कार्यसूची

2026 May 21 8:48 PM 340

विज्ञापन

Birat Cancer Hospital
राष्ट्रिय सभाको क्यालेन्डरबाटै गायब भयो अध्यादेशको कार्यसूची
✦ संक्षेपमा
  • • राष्ट्रिय सभाको क्यालेन्डरबाट हट्यो अध्यादेशको कार्यसूची
  • • अध्यादेश अगाडि बढाउने तयारी रोकियो, क्यालेन्डरमै समावेश भएन
  • • राष्ट्रिय सभामा अध्यादेशको एजेण्डा गायब, सरकारको तयारी अपुग

काठमाडौं । राष्ट्रिय सभाको संसदीय क्यालेन्डरबाट अध्यादेश अगाडि बढाउने सम्भावित कार्यसूची हटाइएको छ। पछिल्लो अद्यावधिक क्यालेन्डरअनुसार जेठ १५ गतेसम्म कुनै पनि बैठकमा अध्यादेशसम्बन्धी विषय समावेश गरिएको छैन।

गत वैशाख २४ गते अद्यावधिक गरिएको राष्ट्रिय सभाको सम्भावित कार्यसूचीमा अध्यादेशहरू निर्णयार्थ प्रस्तुत गर्ने विषय राखिएको थियो। त्यसअनुसार बिहीबार बैठक बसेको भए सरकारले संसद् अधिवेशन नरहेका बेला ल्याएका अध्यादेश स्वीकृत गर्ने प्रक्रिया अगाडि बढ्ने अपेक्षा गरिएको थियो।

तर, जेठ ५ गते अद्यावधिक गरिएको नयाँ क्यालेन्डरमा बिहीबारका लागि बैठक नै राखिएको छैन। त्यससँगै अध्यादेश निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची पनि हटाइएको देखिन्छ।

नेपाली कांग्रेसका सांसद कृष्णबहादुर रोकायाले पहिले तय भएका बैठकहरू स्थगित भएसँगै अध्यादेशसम्बन्धी कार्यसूची पनि स्थगित भएको बताए। राष्ट्रिय सभाका सचिव तुलबहादुर कंडेलले भने सरकारले आवश्यक तयारी पूरा नगरेकाले अध्यादेशको विषय तत्काल अगाडि नबढेको बताएका छन्।

सरकारले संसद् अधिवेशन नरहेका बेला आठ वटा अध्यादेश ल्याएको थियो। ती अध्यादेश संघीय संसद्का दुवै सदन प्रतिनिधिसभा र राष्ट्रिय सभामा गत वैशाख २८ गते पेश भइसकेका छन्। अब संविधानको धारा ११४ अनुसार दुवै सदनले स्वीकार नगरेमा ती अध्यादेश स्वतः निष्क्रिय हुनेछन्।

राष्ट्रिय सभामा सत्तारूढ दलको स्पष्ट बहुमत नरहेका कारण अध्यादेश पारित हुने विषय थप पेचिलो बनेको छ। विपक्षी दलहरूले ‘अध्यादेश अस्वीकृत गरियोस्’ भन्ने सूचना समेत दर्ता गराएका छन्। नेकपा एमालेले आठै वटा अध्यादेश अस्वीकार गर्न माग गर्दै सूचना दिएको छ भने अन्य दलहरूले पनि केही अध्यादेशविरुद्ध असहमति जनाएका छन्।

प्रतिनिधिसभाको असार १५ गतेसम्मको क्यालेन्डरमा समेत अध्यादेश अगाडि बढाउने विषय समावेश छैन। यसले अध्यादेश कहिले र कसरी अगाडि बढ्छ भन्ने विषय सरकारको निर्णय र तयारीमा निर्भर रहने देखिएको छ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

ग्रामथान अध्यक्ष नमोनारायणकै सामुन्ने उनकै भरौटेले धम्क्याएपछि पत्रकारहरूले गुहारे प्रशासन

May 10

वेब स्टोरिज

छुटाउनुभयो कि ?

›
सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला