Live
| बिहिबार, जेठ ७, २०८३
EN
arya newro
BiraKhabar
अपराध, ब्रेकिङ्ग न्यूज

विराटनगरको मेनरोडस्थित एनआईसी एसिया बैंकको एटिएम तोडफोड

2026 May 21 8:29 PM 8

विज्ञापन

Birat Cancer Hospital
विराटनगरको मेनरोडस्थित एनआईसी एसिया बैंकको एटिएम तोडफोड

विराटनगर । विराटनगरको मेनरोडस्थित जैन भवन छेउमा रहेको एनआईसी एसिया बैंकको एटिएममा तोडफोड गरिएको छ। गएराति अज्ञात समूहले एटिएम रहेको बाहिरी कोठामा प्रवेश गरी मेसिनमा क्षति पुर्‍याएको हो।

बैंकका अनुसार एटिएममा चोरी गर्ने उद्देश्यले तोडफोड गरिएको देखिएको छ। घटनाबारे प्रहरीलाई जानकारी गराइसकिएको बैंकले जनाएको छ।

तोडफोड भए पनि एटिएमभित्र रहेको रकम भने सुरक्षित रहेको बताइएको छ। वडा प्रहरी कार्यालयबाट करिब दुई–तीन सय मिटर दक्षिणतर्फ रहेको उक्त एटिएममा कसले तोडफोड गरी रकम चोरीको प्रयास गरेको हो भन्ने अझै खुल्न सकेको छैन।

यसअघि पनि विराटनगरका विभिन्न एटिएमबाट रकम चोरी गर्ने प्रयास भएका घटनाहरू सार्वजनिक हुँदै आएका छन्। तर, त्यस्ता घटनामा संलग्न व्यक्तिहरूको पहिचान हुन सकेको छैन।

बैंक तथा वित्तीय संस्था केन्द्रित क्षेत्रहरूको सुरक्षा व्यवस्था अझ कडा बनाउनुपर्ने माग यसअघि पनि बैंकरहरूले उठाउँदै आएका छन्।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
4

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
7

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
8

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4
9

निर्वाचन परिणाम आउन थाले: धेरै क्षेत्रमा नयाँ दलहरूको अग्रता

Mar 6

वेब स्टोरिज

छुटाउनुभयो कि ?